२०८१ जेष्ठ ४

एन्टिजेन परीक्षणमार्फत कोरोना संक्रमित को उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षणबाट कोरोनाभाइरस (कोभिड—१९) पुष्टि भएकाहरुलाई उपचार गर्न निर्देशन दिएको छ । एन्टिजेन परीक्षणबाट पोजेटिभ नतिजा आएकालाई अरु संक्रमित सरह स्वास्थ्य उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले आइतवार आग्रह गरे ।


Advertisement


निर्देशिकामा एन्टिजेन परीक्षणमार्फत पोजेटिभ नतिजा आउनेलाई संक्रमित मानिने उल्लेख गरिएको छ । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ नतिजा आएका व्यक्तिलाई संक्रमित मानी अनुसन्धान र उपचार गर्न समेत निर्देशन मन्त्रालयले दिइएको छ ।

 यस्तै कोभिड—१९ संकट व्यवस्थापन केन्द्र, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै अस्पताललाई   मन्त्रालयले निर्देशन दिइसकेको उनको भनाइ छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap