२०८१ बैशाख ७

स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा पेस हुने 




काठमाडौं । सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ । 



Advertisement



आज बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । योसँगै औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेस हुने भएको छ । 

त्यस्तै, मानव अंग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश २०७९ पनि स्वीकृत गर्ने आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

Copy link
Powered by Social Snap