२०८३ असार १६

स्वास्थ्य

मर्ने डरले  रातभरि आँखा बन्द गरिनँ

मर्ने डरले रातभरि आँखा बन्द गरिनँ

अन्तर्वार्ता, देश, नेपाली चलचित्र, मनोरञ्जन / कला, समाचार, स्वास्थ्य
चर्चित हाँस्य कलाकार मनोज गजुरेल ११ दिनको आइसियू उपचारपछि कोरोनामुक्त भएर अहिले घरमा आराम गरिरहेका छन्। संक्रमणमुक्त भए पनि तन्दुरूस्त नभएकाले उनी अहिले पनि चिकित्सकको  नियमित परामर्शमा छन्।  फोक्सो र छालाको बीचमा भरिएको हावालाई पाइपबाट निकाल्नु परेकाले त्यसको दुखाइ अझैं उनले खेपिरहेका छन्। जसले गर्दा अरूबेला जस्तो उनी छरितो ढंगले हिँडडुल गर्न र बोल्न सकेका छैनन्।  मंगलबार भक्तपुर बालकोटस्थित उनको घर पुग्दा गजुरेलको मुहारमा चमक थिएन। उहीँ जोसले बोल्न त खोज्थे तर सक्दैनथे।  बेलैमा अस्पताल पुग्न सकेको भए आफू यस्तो अवस्थाबाट गुज्रिनु नपर्ने गजुरेल बताउँछन्। उनले संक्रमण पुष्टि भएको एक साता आफू घरमै बसेको सुनाए। 'सुरूका एक साता त घरमै 'होम आइसोलेसन' मा बसें। पछि सास फेर्न गाह्रो भएपछि मात्र अस्पताल पुगें,' उनले भने।  घरमै बसिरहेका उन...
निको हुने दर ९१ प्रतिशत भएपनि २४ घण्टामा १७९० संक्रमित

निको हुने दर ९१ प्रतिशत भएपनि २४ घण्टामा १७९० संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
देशभर पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ७२१ र पुरुष १०६९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा प्रदेश १ मा २४९, प्रदेश २ मा ३७, बागमती प्रदेशमा १०७८, गण्डकी प्रदेशमा १४८, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा ७६ जना रहेका छन् ।  यस्तै काठमाडौं उपत्यकामा ९४७ संक्रमित थपिएका छन् । संक्रमितमा महिला ४१० र पुरुष ५३७ जना रहेका छन् । Advertisement यस्तै पछिल्लो २४ घण्टामा २७९१ जना संक्रमणमुक्त हुँदा २४ जनाको ज्यान समेत गएको छ ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ ।  यससँगै अब देशभर सक्रिय संक्रमित १७ हजार ८५९ रहेका छन् भने निको हुने दर ९१ प्रतिशत रहेको छ ।  यस्तै दे...
सशस्त्र प्रहरीका इन्सपेक्टरको कोरोनाका कारण मृत्यु

सशस्त्र प्रहरीका इन्सपेक्टरको कोरोनाका कारण मृत्यु

देश, समाचार, स्वास्थ्य
काठमाडौँ । सोमबार राति कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन बुढाथोकीको मृत्यु भएको छ । २७ असोजमा संक्रमण पुष्टि भएपछि बुढाथोकीको भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार राती सवा ११ बजे मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले पुष्टि गरे । Advertisement तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकी सशस्त्र प्रहरीमा २०६८ सालमा सेवा प्रवेश गरेका थिए । हाल उनको दरबन्दी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा थियो । हालसम्म सशस्त्र प्रहरीका तीनजना कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको प्रवक्ता अर्यालले रातोपाटीलाई जानकारी दिए । यस्तै १६८ जना सक्रिय संक्रमित रहेका छन् ।  साभार: रातोपाटी ...
त्रिशूलीले बन्द गर्यो स्वाब संकलन

त्रिशूलीले बन्द गर्यो स्वाब संकलन

देश, समाचार, सामाजिक, स्वास्थ्य
त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अब देखि नलिने भएको छ ।  अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए । Advertisement उनका अनुसार अस्पताल प्रशासन, स्वास्थ्य कार्यालय नुवाकोट र विदुर नगरपालिकाबीच भएको बैठकको निर्णयअनुसार हरेक साता सोमबार र बिहीबार सङ्कलन गरिँदै आएको स्वाब अबदेखि अनिश्चित समयसम्म बन्द गरिएको हो । अस्पतालले स्वाब सङ्कलन मापदण्ड बनाई यसअघि स्वाब सङ्कलन गर्ने क्रममा बढ्दो सङ्ख्या र हुने गरेको ‘अव्यवस्थित भीड’ रोक्न चुनौती देखिएकाले भाइरसको सङ्क्रमण अस्पतालभित्रै फैलने जोखिमले स्वाब सङ्कलन बन्द...
जुम्लामा विशेष कोभिड अस्पताल बनाइने योजना

जुम्लामा विशेष कोभिड अस्पताल बनाइने योजना

देश, समाचार, सामाजिक, स्वास्थ्य
जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना सङ्क्रमित र अन्य बिरामी उपचार गर्न एउटै अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला) भएपछि कोभिड अस्पताल छुट्टै बनाउनुपर्ने अवस्था आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । जिल्ला खेलकूद विकास समितिको कभर्ड हलनजिक रहेको पूर्वाधार विकास कार्यालयको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको उहाँले जानकारी दिए । Advertisement अस्थायी कोभिड अस्पतालका लागि आवश्यक भवन खोजी गर्न गठित समितिले पेस गरेको प्रतिवेदनको आधारमा पूर्वाधार विकास कार्यालय रहेको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको हो । ...
इलाम : २५ वर्षीय युवाको कोरोनाका कारण निधन

इलाम : २५ वर्षीय युवाको कोरोनाका कारण निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोभिड–१९ बाट ईलामका एक पुरुषको निधन भएको छ । इलाम–१ का २५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । Advertisement फोक्सोसम्बन्धी दीर्घ रोग रहेका उनलाई उनलाई गत ५ गते संक्रमण पुष्टि भइ अस्पताल भर्ना गरिएको थियो । त्यस्तै, प्रतिष्ठानमा मोरङ*का ६७ वर्षीय पुरुषको पनि आज विहान उपचारको क्रममा निधन भएको छ । डाइबिटिजको समस्या रहेका उनलाई कार्तिक २६ गते संक्रमण पुष्टि भइ गत १ गते अस्पताल भर्ना गरिएको थियो । साभार: रातोपाटी ...
जनस्वास्थ्य अधिकृत बने कोरोनाको सिकार

जनस्वास्थ्य अधिकृत बने कोरोनाको सिकार

देश, समाचार, सामाजिक, स्वास्थ्य
७ मंसिर, बिराटनगर । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो । Advertisement ५० वर्षीय देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर क्लिनिकल्ली कोरोना डेथ भनिएको छ ।’ जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको यादवले जानकारी दिए । Credit: OnlineKhabar ...
७ शिक्षक संक्रमित, मंसिर १५ सम्म विद्यालय बन्द  : गोरखा

७ शिक्षक संक्रमित, मंसिर १५ सम्म विद्यालय बन्द : गोरखा

देश, शिक्षा, समाचार, स्वास्थ्य
६ मंसिर, गोरखा । सात जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि गोरखा नगरपालिकाका सबै विद्यालय मंसिर १५ सम्म बन्द रहने भएका छन् । नगरपालिकाले प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन विद्यालयहरुलाई अनुमति दिएको थियो । त्यसअनुसार दसैंपछि विद्यालयहरु खुले । तर सात शिक्षक र केही अभिभावकमा कोरोना संक्रमण देखियो । नगरपालिकाले कात्तिक २४ देखि मंसिर ६ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गर्‍यो । Advertisement सक्रिय संक्रमितको संख्या ६५ पुगेपछि मंसिर १५ सम्म शैक्षिक संस्था बन्द राख्ने नयाँ निर्णय भएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्क्रिनिङ गरी स्थिति सामान्य अवस्थामा ल्याउन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । ‘संक्रमण फैलन थालेपछि कात्त...
थप कोरोना संक्रमितको मृत्यु : रुपन्देही

थप कोरोना संक्रमितको मृत्यु : रुपन्देही

देश, समाचार, सामाजिक, स्वास्थ्य
६ मंसिर,बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सियारी गाउँपालिका-४ की ६५ वषर्ीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । Advertisement उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलेलले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १०३ पुगेको छ । Credit: OnlineKhabar ...
८१४४ परीक्षणमा १६७४ जनामा संक्रमण पुष्टि

८१४४ परीक्षणमा १६७४ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । Advertisement यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साभार: रातोपाटी ...