कोरोना कहर : थप ६ को मृत्यु
२१ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।
काठमाडौंका २ जना, झापा, रुपन्देही, सुर्खेत र कैलालीका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएका छन् ।
Advertisement
बिर्तामोड नगरपालिका–८ झापाकी ४५ वर्षकी महिलाको शनिबार राति १२ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंसिर १९ गते संक्रमण पुष्टि भएकी उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।काठमाडौंकी ८१ वर्षकी महिलाको मंसिर २० गते मृत्यु भएको छ । मंसिर ९ गते संक्रमण पुष्टि भएकी उनी १३ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा मिर्गौला, मधुमेह र उच्च रक्तचापको रोग थियो ।काठमाडौंका ७७ वर्षका पुरुषको मंसिर १९ गते मृतयु भएको छ मंसिर १० गते संक्रमण पुष्टि भएका उनी १४ गते अस्पताल भर्ना भएका थिए । उनमा मधुम...








