२०८१ बैशाख ६

निको हुने दर ९१ प्रतिशत भएपनि २४ घण्टामा १७९० संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ७२१ र पुरुष १०६९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा प्रदेश १ मा २४९, प्रदेश २ मा ३७, बागमती प्रदेशमा १०७८, गण्डकी प्रदेशमा १४८, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा ७६ जना रहेका छन् । 

यस्तै काठमाडौं उपत्यकामा ९४७ संक्रमित थपिएका छन् । संक्रमितमा महिला ४१० र पुरुष ५३७ जना रहेका छन् ।


Advertisement


यस्तै पछिल्लो २४ घण्टामा २७९१ जना संक्रमणमुक्त हुँदा २४ जनाको ज्यान समेत गएको छ । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । 

यससँगै अब देशभर सक्रिय संक्रमित १७ हजार ८५९ रहेका छन् भने निको हुने दर ९१ प्रतिशत रहेको छ । 

यस्तै देशभर मृत्यु हुनेको कुल संख्या ९१ प्रतिशत पुगेको छ भने क्वारेन्टिनमा ६२७ जना रहेका छन् । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap