२०८३ असार १५

स्वास्थ्य

एक पुरुष मृत अवस्थामा फेला : हेटौडा

एक पुरुष मृत अवस्थामा फेला : हेटौडा

देश, समाचार, सामाजिक, स्वास्थ्य
हेटौँडा उपमहानगरपालिका–११ थानाभ-याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन । Advertisement बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ । साभार: रातोपाटी ...
टिपरको ठक्करले एक जनाको मृत्यु

टिपरको ठक्करले एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
टिपरको ठक्करबाट सुर्खेतको छिञ्चुमा एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट बिहान नेपालगञ्ज जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा वीरेन्द्रनगर–११ की २३ वर्षीय ताराकुमारी आलेको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई छिञ्चु बजारको पेट्रोल पम्प अगाडि ठक्कर दिएको थियो ।  Advertisement जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाइकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही गम्भीर घाइते भएका छन् भने पछाडि बस्ने अर्की गम्भीर घाइते आलेलाई उपचारका क्रममा ल्याउँदै गर्दा बाटामै  अपराह्न मृत्यु भएको हो ।  घाइते शाहीको उपचार भइरहेको तथा टिपरसहित चालकलाई नियन्त...
धुर्मुस-सुन्तलीलेको नमूना बस्तीमा चिसोबाट तीनको मृत्यु

धुर्मुस-सुन्तलीलेको नमूना बस्तीमा चिसोबाट तीनको मृत्यु

देश, समाचार, स्वास्थ्य
हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ ।  बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । Advertisement पत्रकारको एक समूह आज मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात भएको खुलासा भएको हो ।  ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो ।  उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो ।  साथै नवजात शिशुको ...
सातै प्रदेशमा कोभिड खोप भण्डारणको तयारी

सातै प्रदेशमा कोभिड खोप भण्डारणको तयारी

देश, समाचार, स्वास्थ्य
काठमाडौं । सरकारले सातै प्रदेशमा कोभिड भण्डारको तयारी थालेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सातै प्रदेशमा खोप भण्डारणको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले खोपको अनुगमन कार्यका लागि उच्चस्तिरिय खोप अनुगमन समिति गठन गर्ने निर्णय समेत गरेको छ । Advertisement त्यस्तै कोभिड-१९ भाइरसको नयाँ स्वरुपको जोखिम बढेपछि अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापन गर्न भन्दै पर्यटन मन्त्रालयलाई पत्र पठाउने निर्णय समेत बैठकले गरेको छ  । अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापनमा ध्यान दिन भन्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । बैठकले आगामी असार मसान्तभित्र सम्मका लागि कोभिड—१९ को अर्को र्यापिट एक्सन प्लान तयार गरी स्वीकृतिक...
कोरोना संक्रमित वृद्धको मृत्यु : बाँकेमा

कोरोना संक्रमित वृद्धको मृत्यु : बाँकेमा

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० पुस, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा १५ पुसमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । Advertisement क्यान्सरका समेत बिरामी रहेका उनी पुस १८ गते अस्पतालमा भर्ना भएका थिए । रोगको प्रकृति अनुसार उनको उपचार गरिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । Credit: OnlineKhabar ...
एन्टिजेन परीक्षणमार्फत कोरोना संक्रमित को उपचार

एन्टिजेन परीक्षणमार्फत कोरोना संक्रमित को उपचार

देश, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षणबाट कोरोनाभाइरस (कोभिड—१९) पुष्टि भएकाहरुलाई उपचार गर्न निर्देशन दिएको छ । एन्टिजेन परीक्षणबाट पोजेटिभ नतिजा आएकालाई अरु संक्रमित सरह स्वास्थ्य उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले आइतवार आग्रह गरे । Advertisement निर्देशिकामा एन्टिजेन परीक्षणमार्फत पोजेटिभ नतिजा आउनेलाई संक्रमित मानिने उल्लेख गरिएको छ । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ नतिजा आएका व्यक्तिलाई संक्रमित मानी अनुसन्धान र उपचार गर्न समेत निर्देशन मन्त्रालयले दिइएको छ ।  यस्तै कोभिड—१९ संकट व्यवस्थापन केन्द्र, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै अस्पताललाई   मन्त्रालयले निर्देशन दिइसकेको उनको भनाइ छ ।  साभार: रातोपाटी ...
५ हजार नमुना परीक्षण : ४२६ जनामा संक्रमण पुष्टि

५ हजार नमुना परीक्षण : ४२६ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
१८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा संक्रमण पुष्टि भएको छ । Advertisement यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार १०७ जना संक्रमणमुक्त भएका छन् भने १८६४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ६ हजार ४८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८९० जना होम आइसोलेसनमा छन् भने २३४ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । Credit: OnlineKhabar ...
५११० मा गरिएको परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि

५११० मा गरिएको परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
१५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । Advertisement पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै कास्कीमा ५०, रुपन्देहीमा १९, चितवनमा १६ र पाल्पामा १० जनामा संक्रमण दे...
२४ घण्टामा थप ७०८ जनामा संक्रमण पुष्टि

२४ घण्टामा थप ७०८ जनामा संक्रमण पुष्टि

देश, समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । यो अवधिमा थप ७३१ जना निको भएका छन् । नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ रहेको छ ।  Advertisement पछिल्लो २४ घण्टामा थप ८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८४० रहेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ । साभार: रातोपाटी ...
२४ घण्टामा ५०० भन्दा कम कोरोना संक्रमित

२४ घण्टामा ५०० भन्दा कम कोरोना संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
परीक्षण दायरा घटाइँदा पछिल्लो समय कोरोना संक्रमित पनि घट्दो क्रममा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना ५०० भन्दा कम कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा देखिएको छ ।  Advertisement मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिँदा महिला १७९ र महिला ३०२ जना गरी मात्र ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै ७३१ जना कोरोना संक्रमण मुक्त हुँदा ६ जनाको मृत्यु समेत भएको छ ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १८१ पुगेको छ भने निको हुनेको कुल संख्या २ लाख ४९ हजार ८६३ जना रहेको छ । हालसम्म १८२५ जना मृतकको संख्या पुगेको पनि मन्त्रालयले जनाएको छ ।  यस्तै देशभर हाल ६ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन् भने हाल देशभर कोरोना निको हुने दर ९६.८ प्रतिशत रहेको ...