२०८३ असार १५

स्वास्थ्य

२४ घण्टामा थपिए १४२ संक्रमित, एकको मृत्यु

२४ घण्टामा थपिए १४२ संक्रमित, एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर १४२ जना संक्रमित थपिएका छन् । ३ हजार ५९७ पीसीआर परीक्षण गर्दा ५२ जना महिला र ९० जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । आज थपिएका संक्रमितमध्ये ५५ जना काठमाडौँ उपत्यकाका रहेका छन् । यसमा २५ जना मuहिला र ३० जना पुरुष रहेका छन् । Advertisement पछिल्लो २४ घण्टामा थप २०६ जना निको भएका छन् । हालसम्म नेपालमा २ लाख ६७ हजार ६५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९८.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप १ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको कूल संख्या २ हजार ३१ रहेको छ । हाल संस्थागत आइसोलेसनमा ८८१ जना रहेका छन् भने आईसीयूमा ६१ र भेन्टिलेटरमा १७ जना रहेका छन् । भोजपुर, कालिकोट, रुकुम ...
भाइरसको पहेली – निरन्तर रुप बदल्दै, सम्भवत: कहिले काहीँ खतरनाक पनि बन्दै !

भाइरसको पहेली – निरन्तर रुप बदल्दै, सम्भवत: कहिले काहीँ खतरनाक पनि बन्दै !

देश, विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
बेलायतमा फेला परेको रुप बदलिएको भाइरसले खोपलाई प्रतिरोध गर्न सक्ने आशंका बेलायती अधिकारीहरुले गरेका छन् । यही रुप बदलिएको भाइरसको कारण यतिखेर पोर्तुगल युरोपकै सबैभन्दा बढी मृत्युदर देखिएको छ भने अस्पतालहरुमा ठाउँ उपलब्ध हुन छाडेको छ । Advertisement तीब्ररुपमा फैलिइरहेको कोरोनाभाइरसको यो बदलिएको रुप पहिलो पटक बेलायतमा देखापरेको थियो । त्यो रुप बदलिएको भाइरसले नै पनि निरन्तर रुपमा आफूलाई बदलिइरहेको कारण यसलाई भ्याक्सिनले पनि रोकथाम गर्न मुश्किल पर्ने कुरा सोमबार बेलायतका जनस्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यतिखेर बेलायतमा म्युटेन्ट भएको यही कोरोनाभाइरस संसारभयिर खतरनाक ढंगले फैलिएर गइरहेको छ । बी.१.१.७  नाम दिइएको यो रुप बदलिएको कोरोनाभाइरस पहिलो पटक गत डिसेम्बरमा बेलायतमा देखापरेको थियो । अनुसन्धानकर्ताहरुका अनुसार देखापरेको दुई महिनामा नै यो ...
देशभर १ लाख १३ हजारभन्दा बढीले लगाए कोरोना खोप

देशभर १ लाख १३ हजारभन्दा बढीले लगाए कोरोना खोप

देश, समाचार, स्वास्थ्य
१९ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको छैटौं दिन सोमबारसम्म देशभर १ लाख १३ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १७५ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् । Advertisement प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा ६ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । साभार: रातोपाटी ...
आज ८८ हजारले लगाए कोरोनाको खोप

आज ८८ हजारले लगाए कोरोनाको खोप

देश, समाचार, स्वास्थ्य
कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको छ ।  भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।  Advertisement मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित...
चीनको साहयता : तीन लाख खोप उपलब्ध गराउने

चीनको साहयता : तीन लाख खोप उपलब्ध गराउने

देश, समाचार, स्वास्थ्य
नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।  अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।  Advertisement विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।  साभार: रातोपाटी ...
काठमाडौंमा वर्डफ्लु

काठमाडौंमा वर्डफ्लु

देश, समाचार, स्वास्थ्य
काठमाडौं । सरकारले बर्डफ्लुुका लािग सतर्कता अपनाइए पनि काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौको तारकेश्वर नगरपालिका वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएकोे पशु सेवा विभागले जनाएको छ । पक्षीजन्य वस्तु मर्न थालेपछि त्यहाँ परिक्षण गरेपछि वर्डफ्लु पुष्टि भएको विभागले जनाएको  छ। बर्ड फ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बटई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण नसंक्रमण गरेर रोग पूर्ण रुपमा नियन्त्रण गरिएको विभागले जनाएको छ ।  Advertisement रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिइ तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशुसेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरिएको विभागले जनाएको छ । रोग देखिएको क्षेत्रमा र...
खोप अभियानको ३ दिन : आज मात्र ४६ हजारले लगाए खोप

खोप अभियानको ३ दिन : आज मात्र ४६ हजारले लगाए खोप

देश, समाचार, सामाजिक, स्वास्थ्य
१६ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको तेस्रो दिन शुक्रबारसम्म देशभर ४६ हजार भन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १६९ खोप केन्द्रबाट कुल ४६ हजार १७९ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरहरुले खोप लगाएको जानकारी दिएका हुन् । Advertisement प्रदेश १ मा ७ हजार ३६९, प्रदेश २ मा ४ हजार ६५०, वाग्मती प्रदेश मा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बिनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. गौतमले शुक्रबारसम्म खोप लगाएका व्यक्तिहरुमा सामान्य असरहरु देखिएको तथ्यांक प्राप्त भएपनि चिकित्सकहरुको प्रतिवेदन अनुसार ती सबै व्य...
देशभर २८ हजार ७३२ जनाले लगाए खोप

देशभर २८ हजार ७३२ जनाले लगाए खोप

देश, समाचार, सामाजिक, स्वास्थ्य
१५ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लामा कुल २८ हजार ७३२ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएको जानकारी दिएका हुन् । Advertisement प्रदेश १ मा ३ हजार ८४७, प्रदेश २ मा २ हजार १७४, वाग्मती प्रदेश मा ११ हजार ४६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३०३, कर्णाली प्रदेशमा १ हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४१७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताए । बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थ...
स्वास्थ्यचौकी ‘पिउन’ ले चलाउँदै

स्वास्थ्यचौकी ‘पिउन’ ले चलाउँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ माघ, सिमकोट । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका-६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ । मङ्सिर १५ गते यतादेखि कर्मचारी कोही नहुँदा कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो । एचए एक, अनमी दुई, अहेब दुई र कार्यालय सहयोगी एक गरेर सात जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मी कोही पनि नभएको यहाँका स्थानीयवासीले गुनासो गरेका छन् । Advertisement कार्यालय सहयोगी रोकायाले सिटोमलबाहेक अन्य औषधि नचिनेका कारण सेवा लिन पुगेका बिरामीले दुई महिनादेखि रित्तो हात घर फिर्ता हुनुपरेको बताइएको छ । बराइगाउँका स्थानीयवासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे एक घण्टा...
रहेनन् कांग्रेस नेता भक्तिप्रसाद तिमिल्सिना, कोरोना सङ्क्रमणबाट निधन

रहेनन् कांग्रेस नेता भक्तिप्रसाद तिमिल्सिना, कोरोना सङ्क्रमणबाट निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।  Advertisement कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उहाँको निधन भएको हो ।  कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । विसं २००१ माघ २५ गते उनको जन्म भएको थियो ।  उनले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गरेका थिए । सभापति श्रेष्ठका अनुसार तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर  पार्टीमा क्रियाशील थिए । उनी रेडियो देवघाटको अध्यक्ष  सम...