२०८३ असार १४

स्वास्थ्य

चौतर्फी आलोचनापछि कर्णाली प्रदेश अस्पतालले भन्यो – जटिल खालका बिरामी मात्र अस्पताल आउनुहोला

चौतर्फी आलोचनापछि कर्णाली प्रदेश अस्पतालले भन्यो – जटिल खालका बिरामी मात्र अस्पताल आउनुहोला

देश, समाचार, सामाजिक, स्वास्थ्य
चौतर्फी आलोचना भएपछि कोरोनाका नयाँ बिरामीलाई भर्ना नलिने भन्दै विज्ञप्ति निकालेको प्रदेश अस्पताल सुर्खेतले २४ घण्टा नबित्दै कोरोनाका जटिल खालका बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोध गरेको छ । आजै एक विज्ञप्ति जारी गर्दै  कोरोनाका जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो । Advertisement उक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस अस्पतालमा संकटको घडिमा स्वास्थ्य संस्थाहरु र त्यहाँ कार्यरत सबै तहका स्वास्थ्यकर्मीहरु अत्यन्त जिम्मेवार र संवेदनशील भइ अझ मेहनतका साथ काम गर्नु पर्ने अवस्था रहेको साथै अस्पतालमा रहेका सीमित श्रोत साधनबाट अधिकतम तवरले स्वास्थ्य उपचारको काम भईरहेको वास्तविकतालाई मध्यनजर गरी स्थानीय स्वास्थ्य संस्थाहरूबाट सम्भव हुनेसम्मको उपचार त्यहीँबाट गर्न र सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गर्न अनुरोध गर्दछौँ ।’ ...
प्रदेश १ मा कोरोनाको कहर : १० दिनमा १०३ जनाको मृत्यु

प्रदेश १ मा कोरोनाको कहर : १० दिनमा १०३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
विराटनगर । गत शुक्रबार सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ४१ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक ल्याबमा पठायो । आइतबार प्राप्त रिपोर्टमा ४१ मध्ये ४० जनामा कोरोना संक्रमण देखिएको उल्लेख थियो । ‘रिपोर्ट हेरेर अचम्मित भयौं,’ इटहरी अस्पतालका इमर्जेन्सी विभाग संयोजक रामकुमार धमलाले भने, ‘पीसीआर परीक्षणका लागि संकलित स्वाब शत प्रतिशतजस्तै पोजेटिभ रिजल्ट आयो ।’ इटहरी उपमहानगरपालिकाको नगरस्तरीय आइसोलेसन संयोजकसमेत रहेका धमलाले त्यसपछिका दिनमा प्रायः पीसीआरका लागि पठाइएको स्वाबको रिजल्ट शत प्रतिशत पोजेटिभ आउने क्रम जारी रहेको बताए ।  Advertisement इटहरी क्षेत्रमा गएको दुई हप्तामा संक्रमण दर उच्च भएको बताउँदै धमलाले दोश्रो लहर सुरु भएसँगै इटहरी क्षेत्रमा मात्र संक्रमित हुनेको संख्या ७१३ जना पुगेको बताए । कुल ...
भिटामिन ‘डी’को जथाभावी प्रयोग, पत्थरीदेखि मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी

भिटामिन ‘डी’को जथाभावी प्रयोग, पत्थरीदेखि मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी

स्वास्थ्य
काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र प्रयोग भइरहेको छ । तर, चिकित्सकको सल्लाहबिना जथाभावी भिटामिन डीको प्रयोग गर्दा यसले हड्डी दुखाउनेदेखि मिर्गौला ड्यामेज गर्नेसम्मको असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् । भिटामिन सी र भिटामिन डी दुबैले इम्युनिटी बढाउने भए पनि शरीरमा यसको मात्रा बढी भएको अवस्थामा यसले झनै घातक असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् । शरीरमा भिटामिन सीको मात्रा बढी हुँदा दिसा–पसिाबबाट बाहिर जाने भएकाले केही असर नगर्ने तर भिटामिन डीको मात्रा बढी भएमा शरीरमा नै बसिरहने भएकाले यसले मिर्गौला बिगार्नेदेखि हड्डी दुखाउनेसम्म असर गर्ने चिकित्सकको भनाइ छ । वीर अ...
मैले त कोरोना जितेँ, तपाईं पनि हिम्मत राख्नुस्

मैले त कोरोना जितेँ, तपाईं पनि हिम्मत राख्नुस्

SYM शुद्ध सकारात्मकता, विचार, विचार, स्वास्थ्य
मिर्गौला प्रत्यारोपण र चारवटा शल्यक्रिया गराएका हरिनारायण शर्माको कोरोना अनुभव नमस्कार! मैले मिर्गौला प्रत्यारोपण गरेको १४ वर्ष पूरा भएर १५ वर्ष लाग्यो। तीन वटा मेजर र ट्युमरको पनि शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेको छु। कोरोना पोजेटिभ भएर आठ दिनको अस्पताल बसाइपछि भर्खरै डिस्चार्ज भएर घर फर्किएँ। म निको हुँदैछु। अहिले मेरो स्वास्थ्य अवस्था राम्रो छ। घरमै आराम गरेर बसिरहेको छु। मैले उपचारमा देखेका, भोगेका केही अनुभव यहाँहरू समक्ष बाँड्दैछु। निरन्तर सावधानी र सुरक्षा उपाय अपनाउँदा अपनाउँदै पनि हामी स-परिवार (म, मेरी श्रीमती र दुई छोरा) वैशाख पहिलो सातादेखि नै कोरोना संक्रमित भयौं। अहिले सबैले स्वास्थ्य लाभ गरिरहेका छौं। परिवारको माया, ममता आशीर्वाद र ऊर्जाले यो जीवन प्रतिकूल समयमा पनि रिचार्ज भइरहेको छ। र आफ्नै अनुकूल चलिरहेको छ। हस्पिटल बसाइ र आफैंले भोगेका कत...
आयुर्वेदिक विधिबाट फोक्सोलाई कसरी मजबुत बनाउने

आयुर्वेदिक विधिबाट फोक्सोलाई कसरी मजबुत बनाउने

स्वास्थ्य
काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) संक्रमितमध्ये धेरैजसो होम आइसोलेशनमा छन् । अस्पतालहरुमा अक्सिजन र बेडको अभावबारे जताततै चर्चा चलिरहेको छ । होम आइसोलेशनमा बसेका सामान्य लक्षण देखिएका र लक्षण नदेखिएका संक्रमित मानसिक दबाबमा छन् । कतै अक्सिजन आवश्यक पर्ने त होइन भन्ने चिन्ता स्वाभाविक रुपमा उनीहरुमा देखिन्छ । चिकित्सकहरुका अनुसार कोरोना संक्रमितमध्ये सबैलाई अक्सिजन, आइसियू र भेन्टिलेटरको आवश्यकता पर्दैन । कोरोना संक्रमितमध्ये करिब तीन प्रतिशतलाई मात्रै अस्पतालमा भर्ना गर्न जरुरी हुने डा.बासुदेव उपाध्याय बताउँछन् । होम आइसोलेशनमा बस्ने संक्रमितको शरीरमा अक्सिजनको अवस्था कस्तो छ भन्नेबारे घरमै बसेर सामान्य तरिकाबाट पनि थाहा पाउन सकिने उनले बताए । घरमा पल्सअक्सिमिटर राखेर नियमित शरीरमा अक्सिजनको मात्रा आफैले नाप्न सकिने उनी बताउँछन् । यद्यपि पल्सअक्सिमिटर नभएको खण्डमा यो...
हेटौँडा अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु

हेटौँडा अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
मकवानपुर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मकवानपुरका २ जनाको मृत्यु भएको छ । हेटौँडा अस्पतालमा उपचाररत हेटौँडा ७ का ८७ वर्षीय पुरुष र हेटौँडा–४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए । Advertisement हेटौँडा अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौँडा–४ का ६० वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको थियो । त्यस्तै हेटौँडा–७ का ८७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।  उनीहरु केही दिनअघि संक्रमणका कारण विरामी भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुलाई आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । मृतकको शव व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ । यससँगै मकवानपुरका ५१ जनाको संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साभार: रातोपाटी...
चितवनमा पाँच सङ्क्रमितको मृत्यु

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् ।  भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।  Advertisement यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका ४१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । तनहुँको व्यास नगरपालिका– १ का उनी यही वैशाख २६ गते निमोनियाको समस्या भई उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचारकक्षमा आज बिहा...
शनिबार ओमानको मस्कटबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

शनिबार ओमानको मस्कटबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

देश, समाचार, सामाजिक, स्वास्थ्य
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।  गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको  जनाइएको छ । निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए ।  Advertisement उनका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ । एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै न...
मकवानपुरमा १ सय ८२ जना कोरोना संक्रमित थपिए

मकवानपुरमा १ सय ८२ जना कोरोना संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
मकवानपुरमा बुधबार थप १ सय ८२ जना कोरोनाका संक्रमण पुष्टि भएको छ ।  Advertisement कूल २ सय ७० जनाको स्वाबको नमुना परिक्षण गर्दा ८३ जना महिला र ९९ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।  संक्रमण पुष्टि हुनेमा जिल्ला बाहिरका ६ जनासहित, मकवानपुरगढी गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३ जना, बागमती गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका १ जना र हेटौंडा उपमहानगरपालिकाका १ सय ६७ जना रहेका छन् ।  त्यस्तै संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ मा सबैभन्दा धेरै ३० जना रहेका छन् । हेटौँडा–१ का ७ जना, हेटौँडा–२ का १३ जना, हेटौँडा–३ मा २ जना, हेटौँडा–५ का २४ जना, हेटौँडा–६ का ६ जना, हेटौँडा–७ का ७ जना हेटौँडा–८ का १९ जना, हेटौँडा–९ का २६ जना, हेटौँ...

पोखरामा सय बेडको कोरोना अस्पताल निर्माण शुरु

देश, समाचार, सामाजिक, स्वास्थ्य
 पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाको भवनमा सय बेडको कोरोना आइसोलेसन अस्पताल निर्माण थालेको छ । महानगरले पोखरा क्षेत्रमा पछिल्लो समयमा कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि शिशुवा अस्पतालको मातहत रहने गरी उक्त भवनमा १ सय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो ।  आइसोलेसन वार्ड बनाउन महानगरले अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि २५ लाख रुपैंयामा बोलपत्र आव्हान गरेको छ । भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाँको अर्को बोलपत्र प्रकाशित गरेको छ । साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरकै २७ नम्बर वडा कार्यालय बस्दै आएको छ ।  Advertisement वडा कार्यालयलाई अन्यत्र सारेर महानगरले जेठको दोश्रो हप्ताभित्र संचालन गर्ने गरी निर्माण कार्यलाई अघि बढाएको हो ।  सय बेड राख्न मिल्ने खालको भवन भएकाले महानगरले तत्काल काम...