२०८३ असार १४

स्वास्थ्य

फेसबुकबाट पैसा उठाएर युवाले दिए अस्पताललाई अक्सिजन सिलिन्डर

फेसबुकबाट पैसा उठाएर युवाले दिए अस्पताललाई अक्सिजन सिलिन्डर

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
सामाजिक सञ्जालमार्फत् अभियान चलाएर चार जनाले युवाले जिल्ला अस्पताल सल्यानलाई २० थान अक्सिजन सिलिन्डर दिएका छन्। कोरोना संक्रमित अक्सिजन नपाएर छटपटाउन थालेपछि वैशाख अन्तिम सातादेखि  उनीहरूले फेसबुकमार्फत् ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान चलाएका थिए। जसबाट एक सातामै पाँच लाखभन्दा बढी रकम संकलन भएपछि २० थान सिलिन्डर  किनेर अस्पताललाई  दिएको अभियन्ता गोविन्द (आभास) शर्माले जानकारी दिए। ठूलोखाले अक्सिजन सिलिन्डर  २० वटा आइतबार उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीको उपस्थितिमा अस्पताल प्रशासनलाई दिएको शर्माले बताए। Advertisement ‘अक्सिजनको अभावमा अस्पतालमा बिरामी छटपटाइरहेको खबर सुन्दा हामी चुप लागेर बस्न सकेनौं,’ शर्माले भने, ‘बिरामीका आफन्तको पुकारलाई केन्द्रमा राखेर हामीले थालनी गरेको अभियानमा देश बिदेशब...
काठमाडौंका यी ठाउँमा लगाउन सकिन्छ भेरोसेलको दोस्रो डोज

काठमाडौंका यी ठाउँमा लगाउन सकिन्छ भेरोसेलको दोस्रो डोज

स्वास्थ्य
सरकारले कोरोना भाइरसविरूद्ध दोस्रो डोजको भेरोसेल खोप आइतबारदेखि लगाउन सुरू गरेको छ। बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै पहिलो डोज खोप लगाएकाले आफूलाई पायक पर्ने नजिकका केन्द्रमा गएर खोप लगाउन भनेको छ। पहिलो डोज खोप लगाएको कार्ड साथै लिएर जानुपर्नेछ। खोप लगाएको मिति अनुसार छुट्टाछुट्टै दिन तोकिएको छ। गत चैत २५, २६, २७ र २८ गते भेरोसेलको पहिलो खोप लगाएकाहरूले जेठ २ मा खोप लगाइसकेका छन्। चैत २९ र ३० गते खोप लगाएकाले आज खोप लगाउनुपर्नेछ। चैत ३१ र वैशाख २ मा खोप लगाएकोले जेठ ४ गते मंगलबार खोप लगाउनुपर्नेछ भने गत वैशाख ३ र ४ मा खोप लगाएकोले जेठ ५ मा खोप लगाउनुपर्ने सूचनामा उल्लेख छ। Advertisement वैशाख ५ र ६ मा खोप लगाएकाले जेठ ६ गते खोप लगाउनुपर्नेछ। साथै वैशाख ७, ८, ९ र १० गते खोप लगाएकाहरूले जेठ ७ गते खोप लगाउन...
कैलालीमा एक महिनामा २ सय कोरोना संक्रमितको मृत्यु

कैलालीमा एक महिनामा २ सय कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला पनि दोस्रो लहरका कारण नराम्ररी प्रभावित बनेको छ ।  Advertisement जिल्लामा आवश्यक मात्रामा अक्सिजनको पूर्ति नहुँदा मृत्यु हुने सङ्क्रमित बढेको देखिन्छ । कैलालीमा दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण  वैशाख १ देखि ३१ गतेसम्म महिला तीन हजार ३७३ तथा पुरुष सात हजार १६८ गरी जम्मा १० हजार ४४१ जनामा कोरोना सङ्क्रमण देखिएकामा हालसम्म दुई हजार ७४ महिला तथा चार हजार ८६३ पुरुष गरी छ हजार ९३७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । जिल्लाका १३ स्थानीय तहमध्ये तीन गाउँपालिका महोन्याल, चुरे र कैलारी बाहेकका र अन्य जिल्लाबाट पठाइएका गरी उपचारका लागि कैलाली आएका ३९ सहित यस अवधि...
कोरोना रोकथाम तथा नियन्त्रणका लागि ४ अर्ब बजेट सुनिश्चित

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ४ अर्ब बजेट सुनिश्चित

SYM शुद्ध सकारात्मकता, देश, स्वास्थ्य
कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ। अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो। Advertisement यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप स्रोत सुनिश्चित गरिएको अर्थमन्त्रालयले जानकारी दिएको छ। ...
गण्डकीमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु

गण्डकीमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या यो हालसम्मकै धेरै हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित विभिन्न अस्पतालमा भर्ना भएका २८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताए । उनका अनुसार कोरोना संक्रमणबाट मुत्यु हुनेहरुमा सबैभन्दा बढी स्याङजाका रहेका छन् । पछिल्लो २४ घन्टामा स्याङजाका ७, कास्की ६, तनहुँ ३, लमजुङ २,नवलपरासीका २ सहित काठमाडौं, रुपन्देही, मुस्ताङ, बागलुङ, गोरखा, दाङ, म्याग्दीका एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३३ देखि ९१ वर्ष उमेर समूहका रहेका छन् ।  Advertisement पोखरा महानगरपालिका ९ की ४३ वर्षीया कोरोना संक्रमित महिलाका मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । त्यस्तै पोखरा १४ का ८४ वर्षीय पुरुष,मुस्ताङको मुक...
गुल्मीमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

गुल्मीमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
गुल्मीमा आइतबार एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार जिल्लाको कालिगण्डकी गाउँपालिका–५ का ५१ वर्षीय पुरुषको आइतबार बिहान स्याङ्जाको कालिगण्डकी अस्पतालमा मृत्यु भएको छ । Advertisement त्यस्तै रेसुङ्गा नगरपालिका–२ की ७५ वर्षीय महिलाको गुल्मी अस्पतालमै मृत्यु भएको छ । सत्यवती गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । सोही अस्पतालमा धुर्कोट गाउँपालिका–२ का ३३ वर्षीय पुरुष र इस्मा गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको उक्त अस्पतालबाट जारी सूचनामा उल्लेख छ । यस्तै, रेसुङ्गा नगरपालिका–१ की ६६ वर्षीय महिला र सोही नगरपालिका– का ६४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ भने मालिका गाउँपालिका–५ का ५१ वर्षीय पुरुषको सैनिक अस्पाल...
लुम्बिनी प्रदेशमा ९ सङ्क्रमितको मृत्यु

लुम्बिनी प्रदेशमा ९ सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
राँझा । लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । यीमध्ये सात बाँके र दुई दाङका छन् । बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक–एक गरी सातको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१५ निवासी ६७ वर्षीय पुरुष, मधुवन नगरपालिका–९ बर्दिया निवासी ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ५० वर्षीय पुरुष, रुण्टीगढी गाउँपालिका रोल्पा निवासी ३५ वर्षीय पुरुष र बढैयाताल–२ निवासी ८७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो । Advertisement यसैगरी ...
कोरोनाबारे १२२ नागरिक अगुवाको ध्यानाकर्षण

कोरोनाबारे १२२ नागरिक अगुवाको ध्यानाकर्षण

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नागरिक अगुवाहरुले कोरोना भाइरस (कोभिड १९) महामारीबाट मुलुकको अवस्था भयावह बन्दै गएको भन्दै सर्वसाधारणको जीवन रक्षा गर्न अपिल गरेका छन् ।  १२२ वटा नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकार लगायत संवैधानिक निकायहरुको जवाफदेहिता माग गरेका हुन् । संयुक्त विज्ञप्तिमा कोभिड १९ को दोश्रो लहरबाट हजारौं नागरिकहरुका साथै नेपालमा बसोबास गर्ने व्यक्तिहरु आक्रान्त भैरहेको बताउँदै पछिल्लो परिस्थितिले सबैलाई शोकाकुल, निराश र हतास बनाएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छः ‘यस्तो गम्भीर स्वास्थ्य संकटको अवस्थामा नागरिकले एकातिर स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना हुन पाइरहेका छन् भने अर्कोतिर जीवनका लागि अत्यावश्यक अक्सिजनको अभावले गर्दा नागरिकको मृत्यु भैरहेको छ । यस्तो अवस्थामा सरकारको मुख्य दायित्व नागरिकलाई आधारभूत स्वास्थ्य उपचारको व्यवस्था गर्नु हो ।’ ...
सेनाले गर्‍यो द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

सेनाले गर्‍यो द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङ कर्पाेरेशन लिमिटेड र  प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग शुक्रबार ठेक्का सम्झौता भएको हो । पहिलो प्याकेज करीब रु २१ अर्ब ६१ करोड र दोस्रो रु २८ अर्ब ५३ करोड बराबरको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटा–छोटा दुई सुरुङ हुने छन् । Advertisement सम्झौतापत्रमा द्रुतमार्गतर्फबाट आयोजना प्रमुख एवं सहायकरथी विकास पोखरेल तथा निर्माण कम्पनीका तर्फबाट प्याकेज एकका लागि कार्यकारी निर्देशक सु यान र प्याकेज २ का  प्रोजेक्ट प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरे । सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक नियम...
६७३ अक्सिजन सिलिन्डर अत्यावश्यक क्षेत्रमा वितरण

६७३ अक्सिजन सिलिन्डर अत्यावश्यक क्षेत्रमा वितरण

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर सङ्कलन गरी अत्यावश्यक क्षेत्रमा वितरण गरिएको छ । सङ्कलित सिलिन्डरमध्ये ३२६ भरिएका र ३४७ खाली छन् ।  प्रहरीले आज सङ्कलन गरेका ६७३ र यसअघिको स्टक ९४ गरी जम्मा ७६७ सिलिन्डरमध्ये शनिबार ५८५ कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी रहेका १८२ सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । Advertisement आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, प...