२०८३ असार १५

स्वास्थ्य

अक्सिजन अभावले बन्द भयो पल्मोनरी रिहाविलिटेशन सेवाअक्सिजन अभावले बन्द भयो पल्मोनरी रिहाविलिटेशन सेवा

अक्सिजन अभावले बन्द भयो पल्मोनरी रिहाविलिटेशन सेवाअक्सिजन अभावले बन्द भयो पल्मोनरी रिहाविलिटेशन सेवा

देश, समाचार, सामाजिक, स्वास्थ्य
अक्सिजन अभावका कारण काठमाडौंस्थित साहारा फिजियो थेरापी अस्पताल एण्ड ट्रेनिङ सेन्टरले पल्मोनरी रिहाविलिटेशन सेवा बन्द भएको जानकारी दिएको छ । उक्त अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै अक्सिजन अभावका कारण सो सेवा अनिश्चित कालका लागि बन्द गर्नुपरेको जनाएको हो । Advertisement ‘नेपाल सरकारले विभिन्न अस्पताललाई अक्सिजनको कोटा वितरण गरेको तर यस अस्पताललाई एउटा सिलिन्डर पनि उपलव्ध नगराएको हुँदा सेवा बन्द गर्न बाध्य भएका छौ’, अस्पतालका प्रवन्ध निर्देशक डा. हरि लम्सालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अस्पतालले कोभिड -१९ संक्रमण भएका वा संक्रमणबाट मुक्त भएका व्यक्तिको फोक्सोको कार्यक्षमता अत्यन्त कमजोर हुने भन्दै फोक्सोको कार्यक्षमता बृद्धि गर्न औषधीमात्र पर्याप्त नभइ त्यसका लागि फिजियोथेरापी तथा पल्मोनरी रिहाविलिटेशनको महत्वपुर्ण भुमिका रहने पनि प्रस्ट...
चितवनमा कोरोनाभाइरसबाट ८ जनाको मृत्यु

चितवनमा कोरोनाभाइरसबाट ८ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवनका अस्पतालहरुमा कोरोना संक्रमणबाट  ८ जनाले ज्यान गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो ।  मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएका उनमा २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।  Advertisement सोही अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–७ का ७३ वर्षीय सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएकी उनमा २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क...
हुम्लामा जेठ ४ सम्म निषेधाज्ञा थप

हुम्लामा जेठ ४ सम्म निषेधाज्ञा थप

देश, समाचार, सामाजिक, स्वास्थ्य
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि  निषेधाज्ञाको समयावधि थप बढाइएको छ । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय आगामी जेठ ४ गतेसम्मका लागि बढाएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । Advertisement विमानस्थलका सामग्री ७२ घण्टापछि पाइने हवाई माध्यमबाट बाँके र सुर्खेतबाट ल्याइएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री सम्बन्धित निकाय र व्यक्तिले ७२ घण्टापछि मात्रै बुझ्न पाउने भएको छ । पहिलो चरणका निषेधाज्ञामा सिमकोट विमानस्थलमै थुपारेर राखिएका सामग्री स्वास्थ्य मापदण्डअनुसार मात्रै लिन पाइने निर्णय जिप्रकाले गरेको हो । साभार: रातोपाटी ...
कोरोनाका जटिल नयाँ बिरामी भर्ना लिन असमर्थ छौँ : मेडिसिटी अस्पताल

कोरोनाका जटिल नयाँ बिरामी भर्ना लिन असमर्थ छौँ : मेडिसिटी अस्पताल

देश, समाचार, सामाजिक, स्वास्थ्य
ललितपुर । ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । अस्पतालमा अहिले १२० भन्दाबढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको  उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. राज राणाले जानकारी दिए । Advertisement चालीसभन्दा बढी  भेन्टिलेटरसहित सघन उपचार कक्षमा रहेको उक्त अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको जनाएको छ । प्रत्येक दिन ४ सय पचासदेखि ५ सय आवश्यक पर्नेमा १ सय सिलिन्डर मात्र अक्सिजन प्राप्त हुने गरेको जानकारी अस्पतालले दिँदै यस्तो परिस्थितिमा उपचार गर्न कठिनाई हुने भएकाले सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायसँग अपील गरेको छ ।  अक्सिजनको सहज आपूर्तिको सुनिश्चित नभएसम्म कोभिडका जटिल  बिरामीको नयाँ भर्ना लिन ...
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा ३१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १६, कैलाली १०, बझाङ्ग २, अछाम १, बैतडी १ र डडेल्धुराका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेशमा ३१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए । Advertisement उनका अनुसार ३७३ जनाको एन्टिजेन परीक्षण गर्दा ८७ जनामा पोजेटिभ रिपोर्ट आएको र तीमध्ये १९ जनाको मृत्यु भएको छ । १ हजार ३ सय ५० जनाको पिसिआर परीक्षण हुँदा ७ सय ३१ जनाको रिपोर्ट पोजेटिभ आएको र त्यसमध्ये १२ जनाको मृत्यु भएको उनले बताए । साभार: रातोपाटी ...
काठमाडौँको निषेधाज्ञामा थप कडाइ : के–के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौँको निषेधाज्ञामा थप कडाइ : के–के गर्न पाइन्छ, के पाइँदैन ?

देश, समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञाको समय थपेसँगै केही नयाँ निर्णय गरिएको छ ।  यसअघि १५ जनासम्म भेला भएर ब्याङ्क्वेट र होटलमा विवाह गर्न पाउने नियम परिवर्तन गरिएको छ । घरमा १० जनाभन्दा धेरै भेला हुन नपाउने काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा सहभागी भएका ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार बैङ्क्वेट र होटलमा हुने विवाहमा पूर्ण प्रतिबन्ध लगाइएको हो । घरमा आयोजन गरिने वैवाहिक कार्यक्रममा चाहिँ १० जनाभन्दा कम मानिस मात्रै उपस्थित भएर विवाह गर्न पाउँछन् ।  राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेक अन्य विकास, निर्माणका काममा रोक लगाउने निर्णय गरिएको छ । सहायक प्रजिअ बस्नेतले भने–‘निजी निर्माण कार्यमा पनि रोक लगाउने निर्णय गरिएको छ ।  Advertisement कालिमाटी र बल्खुको तरकारी...
उपत्यकाका यी अस्पतालले अक्सिजन पाउने, कसले कति ? (सूचीसहित)

उपत्यकाका यी अस्पतालले अक्सिजन पाउने, कसले कति ? (सूचीसहित)

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले(सिसीएमसी) ले कोरोनाभाइरस संक्रमितको उपचार गर्ने अस्पतालहरूका लागि अक्सिजनको कोटा तोकेको छ ।  सरकारले कोभिड र ननकोभिड बिरामीको उपचार गर्ने ७७ वटा अस्पतालका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको हो । Advertisement सिसिएमसीले सम्पूर्ण अक्सिजन उद्योगहरुलाई तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर पहिले आपूर्ति गरिरहेका अस्पतालहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।  यस्तै अक्सिजन विवरणमा आवश्यकताका आधारमा भविष्यमा थपघट हुनसक्ने भएकाले उद्योगहरुलाई समन्वय गर्न सिसिएमसी सचिवालयले अनुरोध गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयमा आइतबार बसेको कोभिड—१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले यसमा व्यवस्थापनको जिम्मा सीसीएमसीलाई दिने निर्णय गरेको थियो ।  अक्सिजन चाहिने बिरामीको संख्या बढेपछि ...
सेती अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा  उपचारको क्रममा  उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी ३ कैलालीका ६२ वर्षीय महिला, दोधारा चाँदनी ७ कञ्चनपुरका ३३ वर्षीय पुरुष, धनगढी ३ कैलाली ८७ वर्षीय महिला, धनगढी १० का ३७ वर्षीय पुरुष, धनगढी १८ का ४२ वर्षीय पुरुष र बर्दगोरिया ४ कैलालीका ५२ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । त्यस्तै ५ सय ६४ नमुनाको परीक्षण गर्दा  २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा धनगढीका  १ सय ४ पुरुष, ६६ महिला रहेका छन् । Advertisement अन्य जिल्लाका ७५ पुरुष र ६२ महिलामा कोरोना पुष्टि भएको उनले बताए । २ सय ६८ जनामा  नेगेटिभ रिपोर्ट आएको छ । अहिले अस्पतालका भेन्टीलेटरमा ५...
काठमाडौं उपत्यकामा थप १५ दिनको निषेधाज्ञा जारी गर्ने सिडिओहरूको तयारी

काठमाडौं उपत्यकामा थप १५ दिनको निषेधाज्ञा जारी गर्ने सिडिओहरूको तयारी

SYM शुद्ध सकारात्मकता, समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा थप दुई हप्ता निषेधाज्ञाको समय लम्बिने भएको छ। जिल्ला समन्वय समिति, स्थानीय निकाय, स्वास्थ्य संस्थाका प्रमुखलगायतको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले उपत्यकामा थप पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो। यो निष्कर्षको आधारमा काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्नेछन्। Advertisement ‘सो छलफलबाट हामी निषेधाज्ञाको समय तोकेर आदेश जारी गर्छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘कम्तीमा पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने डिसिसिएमसीको निष्कर्ष छ।’ कोरोना महामारीको दोस्रो चरण न्यून नभएसम्म काठमाडौंमा हालकै आदेशको निरन्तरता हुनुपर्ने डिसिएमसीको निष्कर्ष रहेको पराजुलीले बताए। डिसिसिएमसीको बैठक आइतबार बसेको थियो। सोमबार पनि ...
कोरोना लागेका व्यक्तिसँग कति दिन अगाडि सम्पर्क भए जोखिम?

कोरोना लागेका व्यक्तिसँग कति दिन अगाडि सम्पर्क भए जोखिम?

स्वास्थ्य
मानिलिउँ, तपाईंको अफिसमा सँगै काम गर्ने साथीलाई कोरोना पोजेटिभ देखियो। तपाईं कुनै न कुनै रूपमा त्यो साथीको सम्पर्कमा आउनुभएको थियो। यस्तो अवस्थामा के तपाईंलाई पनि भाइरस सरेको हुन सक्छ? कोरोना भएका व्यक्तिसँग कति दिन अगाडि वा कति समयसम्म सम्पर्कमा रहेका व्यक्ति जोखिममा पर्छन्? अब मानिलिउँ, तपाईंलाई संक्रमणको शंका लाग्यो वा परीक्षण गराउँदा पोजेटिभ नै देखियो। यस्तो अवस्थामा होम आइसोलेसनमै बस्न चाहनुहुन्छ भने तपाईंले के–के कुरामा ध्यान दिनुपर्छ? अहिले हामी निषेधाज्ञाबीच पनि तरकारी वा अन्य सरसामग्री किन्न बिहान–बेलुकी पसल गइरहेका छौं। यसरी पसल गएर तरकारी, फलफूल वा अन्य खिद्रीमिद्री किन्दा त्यो सामानबाटै कोरोना सर्छ कि सर्दैन? कोरोना महामारी बेला यस्ता प्रश्नमा सर्वसाधारणलाई ठूलो चासो हुन्छ। पोहोर सांसद गगन थापाले फेसबुक संवादका क्रममा यस्तै प्रश्न सरूवारोग विशेषज्ञ ड...