२०८३ असार १४

स्वास्थ्य

नेपाललाई थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

SYM शुद्ध सकारात्मकता, देश, समाचार, स्वास्थ्य
चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन्।   राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्। चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो। बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन वार्ता गरेकी थिइन्। Advertisement राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच  झन्डै पौने घन्टा कुरा भएको थियो।  कुराकानीका क्रममा राष्ट्रपति भण्डारी नेपाल  सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन्।...
खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीले गरिन् भारतीय समकक्षीलाई अनुरोध

खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीले गरिन् भारतीय समकक्षीलाई अनुरोध

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिने पहल गरिदिन अनुरोध गरेकी छन्। मंगलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए। पत्राचारमा भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद समेत दिएको उनले बताए। Advertisement 'कोरोना दोस्रो लहरले नेपाललाई पनि आक्रान्त बनाएको छ। यसलाई रोक्ने प्रभावकारी उपाय खोप नै भएकाले खोप उपलब्ध गराउने पहलका लागि कूटनीतिक माध्यमबाट पत्राचार गरी राष्ट्रपतिले आग्रह गर्नुभएको हो,' उनले भने। नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ। राष्ट्रपतिले भने त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी हुन्। भारतले यसअघि १० लाख खोप अनुदान दिएको...
मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौती थप पाँच दिन

मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौती थप पाँच दिन

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् । दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्न नगरले अत्यावश्यकबाहेकका सेवा १० दिनका लागि सिल गरेको जनाएको हो । “औषधि र इन्धनबाहेकका सम्पूर्ण सेवा १० दिनलाई बन्द गरेका हौँ”, नगरप्रमुख टोकबहादुर तामाङले भने । नगरमा हाल ११८ पुरुषसहित १६९ सङ्क्रिय सङ्क्रमित रहेका छन् । Advertisement जिल्लामा सबैभन्दा बढी सक्रिय सङ्क्रमित रहेकाले बनेपाले यही जेठ ४ गतेबाट गरेको सिलको समयावधि आजदेखि दोस्रोपटक पाँच दिन थपेको हो । नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । बनेपा ...
दोस्रो डोज लगाउन छुटेकालाई आजदेखि खोप लगाइँदै

दोस्रो डोज लगाउन छुटेकालाई आजदेखि खोप लगाइँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
गत फागुन २३ गते भन्दा अगाडि पहिलो प्राथमिकतामा परेर कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लिन छुट भएकालाई आज (बुधबार) देखि खोप लगाइँदै छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले मंगलबार यसबारे निर्णय गरेको हो । निर्णयअनुसार अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई दोस्रो डोज दिन लागिएको जानकारी दिएको छ । Advertisement बुधबार सुरक्षाकर्मीलाई मात्रै र बिहिबार र शुक्रबार गरी दुई दिन स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाईकर्मी, पत्रकार, कूटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीलगायतलाई मात्रै खोप लगाइनेछ । आज महानगरीय प्रहरीवृत्त, जाउलाखेल, ललितपुरमा बिहान १० बजेदेखि खोप लगाइँदैछ भने बिहिबार ...
काठमाडौंमा निषेधाज्ञा एक साता थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने

काठमाडौंमा निषेधाज्ञा एक साता थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने

देश, समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।  भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईका अनुसार थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन।  'सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ,’ उनले भने।  भट्टराईले निषेधाज्ञा कार्यान्वयनमा पनि थप कडाइ गरिने बताए। 'निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार कारबाही पनि हुन्छ,’ सिडिओ भट्टराईले भने।  केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्‍याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई सिडिओले एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएक...
दुई दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न काठमाडौं उपत्यकाका सिडिओको आग्रह

दुई दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न काठमाडौं उपत्यकाका सिडिओको आग्रह

देश, समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्‍ने खाद्यान्न किनेर राख्न अनुरोध गरेको छ। मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको छ। सो निषेधाज्ञालाई अझ प्रभावकारी बनाउन भन्दै प्रशासनले किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेको छ। सागसब्जी, माछामासु, दूधलगायत बिहान ९ बजेसम्म बेच्न अनुमति दिइएको छ। तर त्यसपछि तरकारी पसल पनि खोल्न नपाइने गरी प्रशासनले कडा पारेको हो। यसरी किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरू पनि खोल्न नपाइने भनेपछि अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएको भन्दै सिडिओहरूले आज र भोलिमा एक सातालाई पुग्ने खाद्य सामाग्री किनेर राख्न अनुरोध गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। ...
बिरामी बोक्न अटोलाई ‘एम्बुलेन्स’ बनाएका हज्जु भन्छन्- आशिर्वाद नै कमाइभन्दा ठूलो

बिरामी बोक्न अटोलाई ‘एम्बुलेन्स’ बनाएका हज्जु भन्छन्- आशिर्वाद नै कमाइभन्दा ठूलो

देश, स्वास्थ्य
२७ वर्षका हज्जु अलीको सुर्खेतको वीरेन्द्रनगरमा आफ्नै मोबाइल पसल छ। त्यतिमात्र होइन उनले अटो रिक्सा किनेर भाडामा चलाउन दिएका छन्। कोरोना महामारीको दोस्रो लहरपछि वैशाख १४ देखि सुर्खेत प्रशासनले निषेधाज्ञा जारी गर्‍यो, यता उनको पसल बन्द भयो। मान्छे घरभित्रै बस्न थालेपछि अटो रिक्सा चल्ने कुरै भएन। हज्जु लकडाउनको केहीपछि चिनजानका एक बिरामीका आफन्तलाई पुर्‍याउन अटोरिक्सा लिएर कर्णाली प्रदेश अस्पताल पुगेका थिए। केहीबेर रोकिए। उनले अस्पतालबाट घर हिँडेका र अस्पताल पुर्‍याउन बिरामी र उनीहरूका आफन्तले अटो रिक्सालाई पैसा तिरेको देखे। बिरामी र बिरामीका आफन्तले रिक्साचालकसँग बार्गेनिङ गरेको दृष्यले उनको मन खायो। कतिको त खल्तीमै रिक्साले मागेजति पैसा पनि हुन्नथ्यो। उनीहरू मायालाग्दो गरी चालकलाई हेर्थे। कोभिड-१९ को संक्रमण फैलिरहेका बेला संक्रमितलाई अस्पताल लैजान...
हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा उपचारका क्रममा हेटौंडा अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना महिला र एक जना पुरुषको मंगलबार विहान मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । Advertisement उनका अनुसार, मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१४ का ६० वर्षिय पुरुषको आज विहान ४ः४५ बजे, हेटौंडा–९ की ५२ वर्षकी महिलाको ९ः३० बजे र भीमफेदी गाउँपालिकाकी ८६ वर्षकी महिलाको विहान १०ः४५ बजे मृत्यु भएको हो । केही दिन अघि संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पतालको कोभिड–१९ उपचार कक्षको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको डा. काफ्लेले बताए । योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा ५० जना कोरोना...
सोलुखुम्बुको विकट गाउँमा कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीयवासी हर्षित

सोलुखुम्बुको विकट गाउँमा कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीयवासी हर्षित

देश, समाचार, सामाजिक, स्वास्थ्य
गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् ।  गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका हुन् ।  Advertisement कोरोना सङ्क्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताए ।  पैतालीस वर्षीया खत्रीसमेतलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहिबार सोही अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाइ छ ।  नर्सीङ नेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिना खत्रीले उपचारमा काठमाडौँ जाने योजना बनाएको भए पनि गाउँमै उपचार सम्भव भएको प्रतिखुशी व्यक्त गरे । “यस्तो महामारी छ, कसरी जानुभन्ने चिन्ता थियो ।” उनले भने, “खर्चसँगै समयको बचत र कम त्रासमा उपचार हुनु हामीजस्ता ग्राम...
गोरखामा ढिस्कोले पुरेर दुई पुरुषको मृत्यु

गोरखामा ढिस्कोले पुरेर दुई पुरुषको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सिरानचोक गाउँपालिका–१ भीरसिंहमा आज माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङका घरको परिसर निर्माण गर्ने क्रममा ३५ वर्षीय भीमबहादुर गुरुङ र ४८ वर्षीय काले गुरुङको सो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  प्रकाश दाहालले जानकारी दिए । Advertisement घटनालगत्तै स्थानीयवासी र प्रहरीसहितको टोलीले उद्धार गरी जौबारी स्वास्थ्यचौकीमा पुर्याए पनि चिकित्सकले साँझ करीब ७ बजे दुवैलाई मृत घोषणा गरे । भीरसिंहका दुवैको शव परीक्षणका लागि अहिले स्वास्थ्यचौकीमा राखिएको छ । साभार: रातोपाटी ...