२०८३ असार १४

स्वास्थ्य

बाँकेका अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

बाँकेका अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।  Advertisement उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्य नेपाल नगरपालिका–४ का ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिका–१ का ४० वर्षीया महिलाको मृत्यु भएको छ ।  यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके राप्ती सोनारी गाउँपालिका–७ का ५० वर्षीया महिला र दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ८३ वर्षीय पुरुषको पनि उपचारको क्रममा गएराती मृत्यु भएको छ । योसँगै बाँकेका २९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका २८६ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । साभार:...
यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु

यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ ।  यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो । Advertisement यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई/तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् ।  मृतकको शवलाई आइतबार घर ल्याइएको छ । मृतकका दुई छोरा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो । साभार: रातोपाटी ...
धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने

धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने

देश, समाचार, स्वास्थ्य
धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।  Advertisement उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं प्रदेश विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै प्रमुख राईले १८ वर्षमाथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै स्रोतबाट खोप लगाउने योजना बनाएको राईले बताए ।  एक लाख नागरिकको पहिलो र दोस्रो मात्राको खोप लगाउनका लागि दुई लाख मात्रा खोप धरानमा आवश्यक पर्ने भएको भन्...
लुम्बिनीका अस्पतालहरुमा तत्काल स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउन निर्देशन

लुम्बिनीका अस्पतालहरुमा तत्काल स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउन निर्देशन

देश, समाचार, स्वास्थ्य
लुम्बिनी प्रदेश सरकारले श्रोत अस्पतालहरुलाई एचडीयू, आईसीयू र भेन्टिलेटर विस्तारको लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको छ । स्रोत सुनिश्चितता भएका अस्पतालहरुले अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्दै आवश्यक सहजीकरण तथा अनुगमनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिएको छ । Advertisement मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य सामग्रीको खरिदका लागि संघ तथा प्रदेश स्वास्थ्स्य मन्त्रालयसँग समन्वय गरी सम्बन्धित अस्पतालहरुले तत्काल खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।  बैठकले राप्ती प्रादेशिक अस्पतालमा पीसीआर ल्याब स्थापन गर्ने निर्णय गरेको छ । यसैगरी राप्ती स्वास्थ्य ...
भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन समितिले तयार पार्‍यो प्रतिवेदन

भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन समितिले तयार पार्‍यो प्रतिवेदन

देश, समाचार, स्वास्थ्य
भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन गर्न गठित समितिले आइतबार आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ। बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत् डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए। घटना छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो। उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो। यो अवधिमा आफूहरूले सबै सरोकारवालाहरूसँग छलफल गरिसकेको र प्रतिवेदन तयारी पारिसकेको हुँदा आइतबार नै प्रतिवेदन बुझाउने तयारी रहेको समितिका एक सदस्य तथा भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रशाद श्रेष्ठले बताए। Advertisement ‘हामीले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट, घटनाका प्रत्यक्...
बारपाकका ७२२ एन्टिजेन परीक्षणमा ५८ जनामा कोरोना पुष्टी

बारपाकका ७२२ एन्टिजेन परीक्षणमा ५८ जनामा कोरोना पुष्टी

देश, समाचार, सामाजिक, स्वास्थ्य
१४ जेठ, गोरखा । बारपाकमा शुत्रबार ७ शय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार कोरोना पुष्टी हुनेमा ४० महिला र १८ पुरुष रहेका छन् । ‘३ शय ९८ जना महिला र ३ शय २४ जना पुरुषको एन्टिजेन परीक्षण गर्‍यौं’ उनले भने, ‘उनीहरुमध्ये ५८ जनामा कोरोना देखियो ।’ संक्रमितमध्ये तीन जनामा अक्सिजन लेवल कम देखिएको छ । उनीहरुलाई शनिबार ‘फलो अप’ का लागि बोलाइएको दानीले बताए । Advertisement ‘भोलि पनि परीक्षण जारी रहन्छ, फलो अप गर्न आउँदा अक्सिजन लेवल घटेको पाइएमा उहाँहरुलाई थप उपचारका लागी गोरखा अस्पताल पठाउछौं,’ उनले भने । परीक्षणका लागि आएका अन्य बिरामीलाइ आवश्यक उपचारसहित औषधी उपलब्ध गराइएको उनले बताए । ज्वरो र रुघाखोकीका बिरामी बढेपछि गण्डकी स्वा...
‘अब अक्सिजनको समस्या छैन, अस्पतालले खाली सिलिण्डर ल्याए दुई घण्टामा भरेर दिन्छौं’

‘अब अक्सिजनको समस्या छैन, अस्पतालले खाली सिलिण्डर ल्याए दुई घण्टामा भरेर दिन्छौं’

देश, स्वास्थ्य
दुई साताअघि अक्सिजनको हाहाकार भएका बेला काठमाडौंको बालाजुस्थित शंकर ग्यास उद्योगका सञ्चालक शंकर अग्रवालले आफूलाई सरकारले पाँच वटा लिक्विड अक्सिजन बोक्ने ट्यांकर जुटाइदिए देशभर अक्सिजन अभाव हुन नदिने दाबी गरेका थिए। त्यो बेला शंकरसँग जम्मा तीनटा ट्यांकर थियो। त्यसमा पनि दुई वटा मात्र १५ हजार टन क्षमताको ट्यांकर थियो। तर ती दुईटा ट्यांकरले ल्याएको लिक्विड अक्सिजनले अस्पतालको माग धान्न सकेन। जसले गर्दा अस्पतालहरूमा अक्सिजनको अभाव हुने क्रम चलिरह्यो।  अग्रवालका अनुसार ट्यांकर भारतबाट ल्याउनुपर्ने तर भारत नै त्यो बेला अक्सिजनको हाहाकारसँग जुधिरहेका कारण भारतमै पनि ट्यांकरको अभाव थियो। त्यस्तो अवस्थामा ट्यांकर जुटाउन सरकार तहबाटै पहल हुनुपर्ने उनको भनाइ थियो। नभन्दै सरकारले पहलकदमी गरेका कारण दुईटा ट्यांकर जुट्न सकेको अग्रवाल बताउँछन्।  ‘ट्यांकर रहेको कम्पनीलाई ...
भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या ४४ दिनयताकै कम

भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या ४४ दिनयताकै कम

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
१४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या ४४ दिनयताकै सबैभन्दा कम देखिएको छ ।' भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका एक लाख ८६ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् । Advertisement उक्त अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ६६० जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ७५ लाख ५५ हजार नाघेको छ । त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ३ लाख १८ हजार ८९५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै ३३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै केरला र कर्नाटकमा नयाँ संक्रमितको संख्या २४ हजारभन्दा धेरै छ । महाराष्ट्रमा पनि २१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोनाका सक्रिय स...
काठमाडौंका सिडिओ भन्छन्- अत्यावश्यक सामान अभाव हुन दिँदैनौ

काठमाडौंका सिडिओ भन्छन्- अत्यावश्यक सामान अभाव हुन दिँदैनौ

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबार देखि काठमाण्डौ उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेण्टल स्टोर पनि बन्द गर्ने गरि निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो । बिहिबार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरूसँग छलफल गरि आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरि व्यवस्था मिलाउन निर्देशन दिएको हो । ...
कोरोनाविरुद्वको खोप सहयोग गर्न चीनलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

कोरोनाविरुद्वको खोप सहयोग गर्न चीनलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

देश, समाचार, स्वास्थ्य
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन् । नेकपा एमालेका महासचिवसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओसँग खोप सहयोगका लागि आग्रह गरेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुबीच आज आयोजित भिडियो बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । Advertisement ‘नेपालीहरुको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ’, उनले भने– दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।’ खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि अन्तर्राष्ट्रिय समुदाय...