२०८३ असार १४

स्वास्थ्य

पोखरामा लागू औषधसहित दुई व्यक्ति पक्राउ

पोखरामा लागू औषधसहित दुई व्यक्ति पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरामा अवैध लागु औषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । पोखरा–११ तुलसी मार्गमा चेक जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीको टोलीले अपाचे मोटरसाइकलसहित दुई जनालाई खैरो रङको झोलाभित्र लुकाई राखेको ५३५ ग्राम गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । Advertisement प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा –११ रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र रामेछाप रामपुर गाउँपालिका –५ घर भइ हाल पोखरा –५ जिरो किमी बस्ने वर्ष ३३ का चन्द्र बहादुर तामाङ रहेका छन् । पक्राउ परेका विरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
फुटबल टिमका २० जनालाई कोरोना संक्रमण

फुटबल टिमका २० जनालाई कोरोना संक्रमण

खेलकुद, देश, समाचार, स्वास्थ्य
१७ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको छ । Advertisement एन्फा प्रवक्ता किरण राईले प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको बताए । ‘खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने । राईले संक्रमण देखिएकाहरुमा पुन: कोरोना परीक्षण गरिएको र बिहीबार नै रिपोर्ट आउने पनि बताए । कोरोना संक्रमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् । आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साता पछिलाई सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो । साफ च्याम्पियनका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइ...
कोरानाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता

कोरानाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता

देश, समाचार, स्वास्थ्य
१६ असार, चितवन । कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि कारागारमा उच्च सतर्कता अपनाइएको हो । Advertisement कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको हो । उनले भने, ‘अहिले समस्या छैन, समस्या आउँछ कि भनेर सावधानी अपनाएका छौं।’ थुनुवालाई पहिले टेलिफोन सेवा उपलब्ध गराइएको भए पनि अहिले त्यो सुविधासमेत कटौती गरिएको उहाँले बताउनुभयो । कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएकाले पनि सावधानी अपनाउनु परेको उहाँले जानकारी दिनुभयो । कारागारमा अहिले ६७४ कैदीबन्दी छन् । कारागारमा रहेका कैदीबन्दीमा विभिन...
पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
१५ असार, वीरगञ्ज । पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो । Advertisement रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने असरतोमी खेतमा काम गर्दै थिइन् । चट्याङ लागेर देवरवानामा ४० वर्षीय राजबंशी महरा गम्भीर घाइते भएकोले उपचारका लागि वीरगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकरी दिए । चट्याङ लागेर जिराभवानीम तीन जना सामान्य घाइते छन् । Credit: OnlineKhabar ...
थप २,४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

थप २,४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३,८५३ जना संक्रमणमुक्त भएका छन् । कुन जिल्लामा कति संक्रमित थपिए ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३५५, झापामा १९३, मोरङमा ११६, ललितपुरमा ११२, सुनसरीमा ९४, चितवनमा ८०, कास्कीमा ७९, नवलपरासी पूरुवमा ६०, मकवामनपुरमा ४९, भक्तपुरमा ४७, धादिङमा ३८, नुवाकोटमा ३२, काभ्रेपलाञ्चोकमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै धनुषा, महोत्तरीमा १६/१६ जना, धनकुटामा १४, गुल्मी...
मालु कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात, तीनजना पक्राउ

मालु कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात, तीनजना पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ असार, दोलखा। दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि गयराति हातपात भएको छ । राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए । Advertisement गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार अस्पताल परिसरमा प्रवेश गरी कोभिडबाहेक अन्य बिरामीको समेत उपचार गर्नका लागि दवाव दिँदै चिकित्सकमाथि हातपात भएको थियो । बन्द ढोका नाघेर प्रवेश गरेका ती युवालाई अस्पतालमा कोरोनाका बिरामी रहेको कारण भित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफूले कोभिड बिरामीभन्दा छुट्टै परीक्षण गराउने बताउँदा पनि एक्कासि आफूमाथि हातपात गरेको डा. कार्कीले बताए । चार युवाले आफूहरुम...
साहसी स्वास्थ्य कर्मी प्रतिमा : दुर्गम गाउँमा सेवा दिन सधैँ अग्रसर

साहसी स्वास्थ्य कर्मी प्रतिमा : दुर्गम गाउँमा सेवा दिन सधैँ अग्रसर

अन्तर्वार्ता, देश, समाचार, स्वास्थ्य
सुर्खेत । सुर्खेतको चिङगाड गाँउपालिकाको पाम्का स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा कोइरालाको बीरेन्द्रनगरमा जन्म भयो। अनमी पढेपछि उनको कर्म स्वास्थ क्षेत्र बन्यो सुर्खेत। सुर्खेतका विभिन्न अस्पतालमा उनले काम सुरु गरेको १७ वर्ष भयो। प्रदेश अस्पताल, हुदै धेरै अस्पताल तथा स्वास्थ्य चौकीमा काम उनले काम गरिन् । यो अवधिमा प्रतिमाले कैयौ मानिसको ज्यान जोगाईनन्, हजारौ कुपोषित बालबालिकाको उपचार पनि गरिन। लामो समयसम्म पोषण पुर्नस्थापन गृहमा कामगर्दा आफुले उपचार गरेका धेरै बालबालिका कुपोषण मुक्त भई घर फर्केको प्रतिभाको भनाई छ। प्रतिमा सुर्खेतकै ग्रामिण क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा कार्यरत रहदाँ गाउँमा उनी सबैको प्रिय डाक्टर बनिन्। सरकारी स्वास्थ्य सेवा राम्रोसँग प्रवाह हुन नसकेको भनेर आरोप लगाउनेहरूलाई प्रतिमाले सरकारी स्वास्थ्य संस्थाबाट निजीको भन्दा प्रभावकारी रुपमा काम ग...
कोरोना महामारीबीच २६८ गर्भवतीले ज्यान गुमाए

कोरोना महामारीबीच २६८ गर्भवतीले ज्यान गुमाए

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ असार, काठमाडौं । २०७६ सालको चैतदेखि ०७८ सालको जेठसम्म विभिन्न कारणले २६८ जना गर्भवतीले ज्यान गुमाएका छन् । ०७७ सालको चैतदेखि ०७८ को जेठसम्म मात्रै ४५ जना गर्भवतीले ज्यान गुमाएको परीवार कल्याण महाशाखाले जनाएको छ । Advertisement महाशाखाको अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट ३३ जना गर्भवतीको ज्यान गएको छ । महाशाखामा आएको तथ्यांकहरु मध्ये अस्पतालमा भर्ना भएपछि ज्यान गुमाउने संख्या रहेको मातृ तथा शिशु स्वास्थ्य शाखा प्रमुख डा.पुन्य गौतमले जानकारी दिइन् । उनले भनिन् ‘ढिलो गरी अस्पताल भर्ना हुँदा बचाउन नसकिएको देखिएको छ ।’ महाशाखाले जनाए अनुसार अत्यधिक रक्तश्राव, बच्चा जन्माउन नसकेको कारण भन्दा ‘नन अब्सटेट्रिक कन्डिसन’ अन्य स्वास्थ्य समस्याको कारण ज्यान गुमाउने गर्भवतीहरुको संख्या बढी छ । समुदायमा नै ज्यान गुमाउने गर्भवतीको ज्यान जानुको कारण स्पष्ट नआ...
बागलुङमा दुई जना कोरोना संक्रमितको मृत्यु

बागलुङमा दुई जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ असार, बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो । ६८ वर्षीयको मंगलबार बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । Advertisement कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना भएका बडिगाड–२ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । यस्तै उपचारकै क्रममा ज्यान गुमाउनुभएका बागलुङ–२ का पुरुषमा भने आजै कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाको लक्षण देखिएपछि उनको सोमबार साँझ मात्रै स्वाबको नमुना संकलन गरिएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५२ पुगेको जनाइएको छ । ज...
ललितपुरमा दुई हजार ५०० जनालाई  कोभिशिल्डको दोस्रो डोज लगाइँदै

ललितपुरमा दुई हजार ५०० जनालाई कोभिशिल्डको दोस्रो डोज लगाइँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ असार, काठमाडौं । ललितपुर महागरपालिकामा कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइने भएको छ । बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको हो । यसअघि पहिलो डोज लगाएका ७० वर्षमाथिका दुई हजार २२० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी दुई हजार ५०० जनाले खोप लगाउन पाउनेछन् । Advertisement खोप लगाउनेले सम्बन्धित वडा कार्यालयको सिफारिस, पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्रसमेत लिएर उपस्थित हुनु पर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । खोप लगाउनका लागि लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कुल, महानगरपालिकाको प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, बालकुमारी स्कुल, कार्यविनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैबु स्वास्थ्य चौकीमा केन्द्र तोकिएको छ ...