२०८१ बैशाख ११

४०० वटा अक्सिजन सिलिन्डर चीनबाट नेपाल ल्याइयो

सरकारले चीनबाट ४०० वटा अक्सिजन सिलिन्डर ल्याएको छ। नेपाल एयरलाइन्सको जहाजबाट मंगलबार बेइजिङबाट सिलिन्डर नेपाल ल्याइएको हो । 

कोरोनाभाइरसका कारण देशभर अक्सिजनको हाहाकार भएपनि त्यसको पूर्ति गर्नका लागि चीनबाट अक्सिजन सिलिन्डर ल्याइएको हो । 


Advertisement


यस्तै चीनबाट १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर समेत ल्याइएको छ । 

सरकारले चीनको अनुदानमा २० हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउने बताइएको छ ।  

२० हजार सिलिन्डरमध्ये २ हजार विमानबाट र बाँकी सडक मार्ग हुँदै नेपाल लाइनेछ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap