२०८१ बैशाख २४

सुनचाँदी व्यवसाय धरासायी हुने कागारमा

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले कोभिड–१९ का कारण लामो समय लकडाउन भएपछि व्यापार ठप्प हुँदा धरासायी हुने अवस्थामा पुगेको बताएका छन् । सुनचाँदी व्यवसायलाई सरकारबाट कुनैपनि राहतका कार्यक्रम नआएको, बैंकको किस्ता तथा ब्याज तिर्न समस्या भएको र घरभाडा बुझाउन समस्या भएको र यही अवस्था रहेमा धरासायी हुने अवस्थामा पुग्ने बताएका छन् ।


Advertisement


यस्तै लकडाउन खुलेपछि पनि सुनको भाउमा उच्च वृद्धि हुँदा व्यापार कम भएकाले समस्या उत्पन्न भएको बताएका छन् । हामीले शुक्रबार सुनचाँदी व्यवसायी महासंघको आठौं महाधिवेसन तथा तेस्रो साधारणसभामा सहभागी हुन विभिन्न जिल्लाबाट काठमाडौं आएका सुनचाँदी व्यवसायीहरुलाई कोभिडको कारण सुनचाँदी व्यवसायमा कस्तो प्रभाव परेको छ भनेर सोधेका छौं ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap