मर्यादा नमिलेर सरकारमा नगएको होइन, म बाहिरै बसेर पार्टीको काम गर्छु- नेता पुन
काठमाडौं, पुस १७
प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मन्त्री नबन्ने भएका छन्।
पुनले आइतबार सञ्चारकर्मीसँगको भेटमा आफू यसपटक मन्त्री नबन्ने बताएका हुन्।
पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको भन्दै उनले पार्टीको काममा लाग्ने बताए।
पुनले निर्वाचन लगत्तै दोस्रो तहका एमाले नेताहरुसँग वैकल्पिक सत्ता गठबन्धन निर्माणको छलफल अघि बढाएका थिए।
चीनमा उपचार गराएर फर्किएलगत्तै पुन यो गठबन्धन निर्माणमा सक्रिय थिए। तर, आफैंले निर्माण गरेको गठबन्धनमा मन्त्री हुन्न भन्नुको कारणबारे पुनले भने, ‘तीन पटक मन्त्री भइसकेको छु। यसपटक बाहिरै बसेर अध्यक्ष नेतृत्वको सरकारलाई सफल पार्न लाग्छु।’
पुनले आफू मर्यादाक्रम नमिलेर वा ‘हेबिवेट’ मन्त्रालय नपाएका कारण सरकार बाहिरै बस्न लागेको भन्ने भ्रममा नपर्न सम्वद्ध स...









