प्रदेश-१ कांग्रेस संसदीय दलको चुनावमा अमृत अर्याललाई समर्थक र प्रस्तावकले नै मत नदिएपछि …
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको शुक्रबार भएको चुनावको नतिजा पहिलो चरणमा नतिजा नआउने अनुमान कांग्रेस वृत्तमै थियो।
संस्थापन पक्षबाटै दुई जना उम्मेदवार भएको र संस्थापनइतर समूहका उम्मेदवारका पक्षमा बहुमत पुग्ने अवस्था नदेखिएका कारण चुनाव दोस्रो चरणमा जाने अनुमान थियो। तर, नतिजा पहिलो चरणमै आयो। संस्थापन पक्षका कृष्णप्रसाद सिटौलानिकट झापाका उद्धव थापा १८ मत पाएर दलको नेता चुनिए।
शेखर कोइरालानिकट केदार कार्कीले आफ्नो समूहको शतप्रतिशत अर्थात् ९ मत पाएर दोस्रो भए।
संस्थापन पक्षमा पनि सभापति शेरबहादुर देउवानिकट मानिने मोरङका अमृत अर्याल भने आफ्नै समर्थक र प्रस्तावकको मत पाउनबाटै विफल देखिएका छन्।
संसदीय दलको नेताका लागि उम्मेदवारी दिने क्रममा अर्यालको प्रस्तावक डोल्मा तामाङ र समर्थक सुनिताकुमारी चौधरी थिए। समर्थक र प्रस्तावकको मत आएको भए उनले आफूसहितको ३ मत पाउने सम्भाव...









