२०८३ बैशाख २०

Author: Senior Editor Nima

कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह

कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह

राजनीति
काठमाडौँ — नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् । शनिबार काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै नेता सिंहले २०४६ को परिवर्तन आएकोमा खुसी नभएका तत्वहरू अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताएका हुन् ।  पार्टीलाई विधिअनुसार चलाउनुपर्ने उल्लेख गर्दै नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसाबले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए । ‘केही गरेर कांग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुसी नभएका तत्वहरु त छन् । तिनीहरूले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहको छन् । कांग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, कां...
कांग्रेसको अबको लक्ष्य नै आर्थिक समृद्धि हो: महत

कांग्रेसको अबको लक्ष्य नै आर्थिक समृद्धि हो: महत

राजनीति
काठमाडौँ — कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले कांग्रेसको अबको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने रहेको बताएका छन् । उनले देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने र त्यसमा हरेक नागरिकको पहुँच पुर्‍याउनेमा कांग्रेस केन्द्रित रहेको बताए । कांग्रेसको काठमाडौं क्षेत्र नं ३  (ख) को प्रदेश सम्मेलनमा प्रवक्ता महतले विचार र सिद्धान्तका हिसाबले कांग्रेस अहिले सही ठाउँमा रहेको बताए ।  'हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्‍याउने हो,' उनले भने, 'समृद्धि केही व्यक्तिमा सीमित हुनुभएन । समृद्धि हासिल गर्न हामीले पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।’ उनले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गरे । 'य...
नेतृत्व वर्गमा अझै केन्द्रिकृत मानसिकता छ : विमलेन्द्र निधि

नेतृत्व वर्गमा अझै केन्द्रिकृत मानसिकता छ : विमलेन्द्र निधि

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन् । शनिबार काठमाडौंमा कांग्रेस स्व. नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भए पनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताए । अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दा पनि कांग्रेसका नेताहरुले नमानेको भन्दै आपत्ति उनले जनाए । अवशिष्ट अधिकार सार्वभौम जनतामा निहीत हुनुपर्ने उनको भनाइ छ । “अवशिष्ट अधिकार भनेको त सार्वभौम सत्ता जसमा निहीत हुन्छ, त्यो निहीत अधिकारको तह जनतामा हुन्छ । त्यसैले तल्लो निकायमा हुनुपर्छ भनेर लेख्नुपर्छ भन्ने उहाँ (प्रदीप गिरि), म पनि,” उनले भने,...
संसद् अवरोध नियमसंगत होइन, एमालेले ‘जस्टिफाई’ गर्नुपर्छ : सुवास नेम्वाङ

संसद् अवरोध नियमसंगत होइन, एमालेले ‘जस्टिफाई’ गर्नुपर्छ : सुवास नेम्वाङ

राजनीति
काठमाडौं । पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् अवरोध नियमसंगत नभएको बताएका छन् । उनले संसद्मा भएको अवरोध ‘जस्टिफाई’ हुनुपर्ने बताए । धुलिखेलमा भएको संसद्–सञ्चार सम्बन्ध विषयक कार्यक्रममा नेम्वाङले संसदीय अभ्यासमा संसद्् अवरोध देखिँदै आएको बताए । “मेरो प्रस्ट मान्यता छ । संसद्मा अवरोध नियमसंगत हैन । संविधान र नियमसंगत हैन । स्पष्ट छ,” उनले भने, “राजनीतिक दलले अवरोध गर्छन् । भारतमा आँखा झिम्काउनेदेखि ‘फ्लाइङ किस’सम्मको बिबाद हुँदो रहेछ । हाम्रोमा पनि अवरोध हुने कुरा छ ।” उनले संविधान निर्माणताका अवरोध नगरौँ भनेर आफूले छलफल गराएको स्मरण गरे । त्यतिबेला संविधानसभा अवरोध नहुने, व्यवस्थापिकामा चाहिँ अवरोध हुने गरेको उनले सम्झिए । भने, “त्यो बेला सोफा नफुटेको त हैनन्, गलबन्दी लगाएर साथीभाइहरू उडेर नआएको हैन । खुर्सानीको धुलोसम्मको कुरा आयो ।”...
कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउन लाग्छु : महामन्त्री थापा

कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउन लाग्छु : महामन्त्री थापा

राजनीति
मङ्गलबारे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ सङ्गठन तथा शुभेच्छुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन् । इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृ तथा शुभेच्छुक संस्था भएकाले यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । केही शुभेच्छुक संस्थाको जिल्ला तथा केन्द्रीय महाधिवेशन भइसके पनि भ्रातृ सङ्गठनहरुको महाधिवेशन गराउन पार्टीले पहल गर्नुपर्ने उनको भनाइ छ । यसमा आफ्ना तर्फबाट आफू लाग्ने र आफ्नो ठाउँबाट सबै लाग्न जरुरी रहेको उनको भनाइ छ । कांग्रेस विधानअनुरुप चलेमा र अवसरको सदुपयोग गरेर अगाडि बढ्न सके अझ धेरै ठूला एवम् थुप्रै अवसर आउने उनको भनाइ छ । उनले कांग्रेस आफैँ सक्षम भएका कारणले पनि आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्ने बताए । कांग्रेसका नेतृत्वमा जि...
सभामुखको गुनासो– सदन नचल्नु राम्रो भएन, प्रधानमन्त्रीको आश्वासन– खुलाउन भूमिका खेल्छु

सभामुखको गुनासो– सदन नचल्नु राम्रो भएन, प्रधानमन्त्रीको आश्वासन– खुलाउन भूमिका खेल्छु

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित छलफल गरेका छन् । शुक्रबार बिहान बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल भएको हो । छलफलमा सभामुख घिमिरेले बैठक अवरुद्ध हुनु राम्रो नभएको गुनासो गरेका थिए । प्राकृतिक विपत्तिलगायत धेरै विषयमा सांसदले बोल्न खोजेको तर बैठक सञ्चालनमा व्यवधान हुँदा सम्भव नभएको बताएका थिए । बैठक सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष गम्भीर हुनुपर्नेमा उनले जोड दिएका थिए । “सदन नचल्नु राम्रो भएन । माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायत धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ, दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन,” सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै उनको सचिवालय स्रोतले भन्यो, “आमजनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्...
कोसी प्रदेशसभाको बैठक बस्दै

कोसी प्रदेशसभाको बैठक बस्दै

राजनीति
विराटनगर । कोसी प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यही भदौ १० गतेभित्र तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रदेशसभाबाट पारित गराउनुपर्ने बाध्यता छ । तर, वर्तमान प्रदेश सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । यस्तै, मुख्यमन्त्री उद्धव थापाले भदौ १४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्नेछ । गएको असार १५ गते अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । त्यस दिन तत्कालीन मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बसेको थियो । तर, सरकारले विश्वासको मत पाएको थिएन । - ...
आज दुईवटा संसदीय समितिको बैठक बस्दै

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

राजनीति
काठमाडौं । आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजेबाट बस्दै छ । बैठकमा जलवायु परिवर्तन र यसले पुर्‍याएको असर र प्रभावबारे छलफल हुने छ ।  सुक्खा ग्रस्त क्षेत्र, बाढी पहिरो, डेंगी प्रकोपलगायतको न्यूनीकरणमा सरकारको तयारी र विश्व जलवायु सम्मेलन(कोप २८) मा नेपालको सहभागिता सम्बन्धमा भएको तयारीका बारेमा पनि बैठकमा छलफल हुने छ । त्यस्तै, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण विधि सम्बन्धमा विज्ञबाट जानकारी लिने कार्यसूचि रहेको छ । ...
मधेस प्रदेश : दोस्रो अधिवेशन आह्वान गर्न ढिलाइ

मधेस प्रदेश : दोस्रो अधिवेशन आह्वान गर्न ढिलाइ

राजनीति, समाचार
धनुषा । मधेस प्रदेश प्रदेशसभाको पहिलो अधिवेशन सकिएको एक महिना भए पनि हालसम्म प्रदेशसभाको दोस्रो अधिवेशनको आह्वान गरिएको छैन । गत असार ३१ मा मधेस प्रदेशसभाको पहिलो अधिवेशन सकिएको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गर्नुपर्ने प्रवधान छ । प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार आएपछि अहिलेसम्म विभिन्न पाँचवटा विधेयक प्रदेशसभामा पेस गरिएको छ । प्रदेशसभाका अनुसार सरकारले प्रदेश खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश बालिका संरक्षण विधेयक, प्रदेश बाल अधिकार संशोधन ऐन, स्थानीय सेवा गठन सम्बन्धमा र सेवाका शर्त व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सवारी यातायात व्यवस्था गर्न बनेको विधेयक प्रदेश सरकारले सभामा पेस गरेको छ । यी विधेयक उपर प्रदेशसभामा टेबुल भई समान्य छलफल पश्चात सम्बन्धित समितिमा पठाइएको प्...
छिट्टै चीन जाँदै छु, नयाँ कार्यक्रम आउँछन् : प्रधानमन्त्री

छिट्टै चीन जाँदै छु, नयाँ कार्यक्रम आउँछन् : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै चीन भ्रमणमा जान लागेको बताएका छन् । बिहीबार रामेछापमा २०औँ दोरम्बा हत्याकाण्ड दिवसमा आयोजित कार्यक्रममा उनले नयाँ कार्यक्रमहरु आउने विश्वास व्यक्त गरे । “म छिट्टै चीनमा जाँदै छु । चीनमा गएर नेपालको कृषि विकासमा, भौतिक पूर्वाधारको विकासमा, व्यापार विकासमा नयाँ कार्यक्रमहरु आउने विश्वास मैले लिएको छु,” उनले भने । उनले सरकारले गेम चेन्जर आयोजनाहरु अघि बढाएको पनि सुनाए । त्यस्तै, उनले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए । सहिद परिवारलाई आर्थिक परिपूरण, उनीहरुलाई जागिरेको व्यवस्था गर्ने ऐन सदनमा भएको बताए । उक्त ऐन पारित हुनेबित्तिकै प्रकिया अघि बढ्ने उनको भनाइ छ । दिवस र सहिद घोषणा गरेर नपुग्ने भन्दै नयाँ जीवन दिइने उनको भनाइ छ । ...