२०८१ जेष्ठ ७

छिट्टै चीन जाँदै छु, नयाँ कार्यक्रम आउँछन् : प्रधानमन्त्री




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै चीन भ्रमणमा जान लागेको बताएका छन् ।


Advertisement


बिहीबार रामेछापमा २०औँ दोरम्बा हत्याकाण्ड दिवसमा आयोजित कार्यक्रममा उनले नयाँ कार्यक्रमहरु आउने विश्वास व्यक्त गरे ।

“म छिट्टै चीनमा जाँदै छु । चीनमा गएर नेपालको कृषि विकासमा, भौतिक पूर्वाधारको विकासमा, व्यापार विकासमा नयाँ कार्यक्रमहरु आउने विश्वास मैले लिएको छु,” उनले भने ।



उनले सरकारले गेम चेन्जर आयोजनाहरु अघि बढाएको पनि सुनाए ।

त्यस्तै, उनले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए । सहिद परिवारलाई आर्थिक परिपूरण, उनीहरुलाई जागिरेको व्यवस्था गर्ने ऐन सदनमा भएको बताए ।

उक्त ऐन पारित हुनेबित्तिकै प्रकिया अघि बढ्ने उनको भनाइ छ । दिवस र सहिद घोषणा गरेर नपुग्ने भन्दै नयाँ जीवन दिइने उनको भनाइ छ ।

Copy link
Powered by Social Snap