२०८३ कार्तिक १२

सभामुखको गुनासो– सदन नचल्नु राम्रो भएन, प्रधानमन्त्रीको आश्वासन– खुलाउन भूमिका खेल्छु




काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित छलफल गरेका छन् । शुक्रबार बिहान बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल भएको हो ।

छलफलमा सभामुख घिमिरेले बैठक अवरुद्ध हुनु राम्रो नभएको गुनासो गरेका थिए । प्राकृतिक विपत्तिलगायत धेरै विषयमा सांसदले बोल्न खोजेको तर बैठक सञ्चालनमा व्यवधान हुँदा सम्भव नभएको बताएका थिए ।


Advertisement


बैठक सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष गम्भीर हुनुपर्नेमा उनले जोड दिएका थिए ।

“सदन नचल्नु राम्रो भएन । माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायत धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ, दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन,” सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै उनको सचिवालय स्रोतले भन्यो, “आमजनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।”

संसदीय समितिको सभापति चयन नभएको विषयमा पनि उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।



“समितिको नेतृत्व चयन हुन सकेको छैन । संसद्मा कानुन निर्माण भएनन् भन्ने गुनासो छ,” उनले छलफलका क्रममा भनेका थिए, “सभामुखको रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु, तर परिणाम निस्किन सकेन । शीर्ष नेताहरू नै घण्टौँ बस्दा पनि सहमति भएन ।”

जवाफमा प्रधानमन्त्री प्रचण्डले संसद् बैठक सञ्चालनका लागि आफूले भूमिका खेल्ने बताएका थिए ।

“म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उक्त स्रोतले भन्यो, “म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।” 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap