२०८३ बैशाख २०

Author: Senior Editor Nima

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि तत्काल पहल गर्छु : उपप्रधानमन्त्री खड्का

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि तत्काल पहल गर्छु : उपप्रधानमन्त्री खड्का

देश, राजनीति, समाचार
भैरहवा — उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल हुन नसक्नुको समस्या पत्ता लगाइ समाधानका लागि तत्काल पहल गरिने बताएका छन् । भैरहवामा शनिबार आयोजित नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री खड्काले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल बनाउनु पर्ने विषय चौतर्फी उठेको बताए । ‘म यहाँबाट राजधानी पुग्नासाथ यस बारेमा प्रधानमन्त्रीसमक्ष कुरा राख्ने छु,’ खड्काले भने, ‘उचित तरिकाले कसरी समस्या समाधान गर्न सकिन्छ ? समाधानको बाटोमा चाँडै अघि बढिने छ ।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सफल रुपमा संचालनका लागि श्रम स्वीकृति, भिसा र काठमाडौंमा रहेका ठूला ट्राभल एजेन्सी लगायतका सरोकार राख्ने विषयमा तत्कालै छलफल सहितको निकास निकालिने उनले बताए । बर्सेनि किसानले बेहोर...
समाजवादी मोर्चाको बैठक भोलि

समाजवादी मोर्चाको बैठक भोलि

राजनीति
काठमाडौं । चारदलीय समाजवादी मोर्चाको बैठक भोलि बस्ने भएको छ । काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । भोलि साँझ ६ बजे समाजवादी मोर्चाको बैठक बस्ने एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । पछिल्लो समय उक्त मोर्चा निष्क्रियजस्तै देखिएको छ । मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । ...
सुशासनका काम गर्दा सरकारमै रहेका र प्रतिपक्षी दल चिढिए : पुन

सुशासनका काम गर्दा सरकारमै रहेका र प्रतिपक्षी दल चिढिए : पुन

राजनीति
काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुशासनका लागि काम गर्दा बेलाबेला सरकारमै रहेका र प्रतिपक्षी दल चिढिने गरेको बताएका छन् । सरकारले सुशासनका पक्षमा कदम चाल्दा जनताले भने साथ दिइरहेको पुनको भनाइ थियो ।  उपत्यका विशेष प्रदेश समितिको बैठकमा शनिबार पुनले सुशासनका लागि काम गर्दा कहिले प्रतिपक्ष र कहिले सरकारमै सहकार्य गरिरहेका रानजीतिक दलहरू माओवादी केन्द्रसँग चिढिने गरेको पुनको भनाइ थियो । ‘सरकारले सुशासनका लागि काम गर्दा कहिले सरकारमा भएको त कहिले प्रतिपक्षमा रहेका दल चिढिने अवस्था देखियो,' उनले भने । राष्ट्रिय मुद्दाहरूमा प्रमुख प्रतिपक्षीसहितका दलसँग हातेमालो गरेर अघि बढ्ने नीतिमा सरकार रहेको पुनले बताए । प्रतिनिधिसभाका विषयगत समितिमा बहुमत र अल्पमतका आधारमा सभापति चुन्ने परम्परा भए पनि सबैलाई मिलाएर लैजानका लागि नै प्रतिपक्षी एमाल...
संसद् अवरोध संविधान र नियमसंगत छैन : नेम्वाङ

संसद् अवरोध संविधान र नियमसंगत छैन : नेम्वाङ

राजनीति
काठमाडौँ — प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संघीय संसद्मा भइरहेको अवरोध संविधान र नियमसंगत नभएको बताएका छन् । संसदीय व्यवस्थामा अवरोध गर्नु संविधान र नियमसँग मेल नखाने बताएका हुन् । राजनीतिक दलहरूले संसद्मा अवरोध गर्ने कुराको औचित्य पुष्टि गर्नुपर्ने उनको भनाइ थियो । संघीय संसद् सचिवालयले आयोजना गरेको ‘संसद् र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा नेम्वाङले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध हुने व्यवस्था संविधान र नियममा उल्लेख नभएको भनाइ थियो । 'संसद् अवरोध नियमसंगत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको औचित्य पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो,' उनले भने । प्रतिपक्षले संसद्मा सशक्तरूपमा कुरा राखि...
संसद्को अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : चन्द

संसद्को अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : चन्द

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहलकदमी लिनुपर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसद्‌मा जारी अवरोध हटाउन ढिलाइ गर्न नहुनेमा उनले जोड दिए । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री प्रचण्डले संसद्को अवरोध हटाउने अभिव्यक्ति दिएको उल्लेख गरे । छिट्टै संसद् बैठक सञ्चालन हुने विश्वास समेत व्यक्त गरे । “...गभरमेन्ट र अपोजिसनले बसेको त्यो कुरा मिलाउनुपर्छ । कुरा पनि चलिराख्या छ क्यारे ! अब यो, प्रधानमन्त्रीजीले लिडर अफ अपोजिसनसँग छलफल गराएर यसको सोलुसन निकाल्छु भन्नुभएको थियो, निकाल्नुहोला,” उनले भने ...
कांग्रेसले गरेका महत्त्वपूर्ण कामको प्रचार भएन : डा. महत

कांग्रेसले गरेका महत्त्वपूर्ण कामको प्रचार भएन : डा. महत

राजनीति
काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई सम्पन्न बनाउनु भएको बताएका छन् । शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ (२) को प्रदेश सम्मेलनमा उनले यस्तो बताएका हुन् । संगठित रूपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य साबित गराउने खतरा विद्यमान रहेको उनले औँल्याए । सरकारले गरेका सही कुराको प्रचार गर्नुपर्नेमा उनले जोड दिए । नयाँ पार्टीहरूले गरेका साना कुराको धेरै प्रचार हुने र कांग्रेसले गरेका धेरै महत्त्वपूर्ण कामको प्रचार हुन नसकेको भन्दै उनले गुनासो गरे । उनले सीमित साधनस्रोतका कारण सबै स्थानमा बजेट विनियोजन गर्न नसकिएको बताए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालादेखि नै अव्यवस्थित बजेट विनियोजन गर्दा अहिले समस्या देखिएको तर्क उनले गरे । ...
एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ । काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । भोलि र पर्सि एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै छ । यही भदौ ५ गतेदेखि केन्द्रीय कमिटीको बैठक सुरु हुँदै छ । त्यसैको तयारीका लागि सचिवालय बैठक बसेको पार्टीको प्रचार विभागले जानकारी गराएको छ । ...
उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री

उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री

राजनीति
कास्की । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनकाण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्‍याएर यसको नेटवर्कको पहिचान गरी  दोषीमाथि कारबाही गरिने बताएका छन् । राज्यको व्यावसायिक, पेसागत रूपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरूले काम गरिरहेकाले सुनकाण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले उल्लेख गरे । शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुनकाण्डको सीआईबीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरू पत्ता लाग्ने र उनीहरूलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे । उनले भने, “यसअघि यस्तै काण्डमा संसद्बाट समिति बनाइएयो, समितिको  रिपोर्ट आयो, सिद्धियो । अर्को एकपटक केपी ओली प्रधानमन्त्री भएका बेला ३३ किलो सुनकाण्डका लागि छानबिन समिति बनाइयो, समि...
संसद् अवरोधको कारक सरकार : बर्तौला

संसद् अवरोधको कारक सरकार : बर्तौला

राजनीति
काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले संसद्‌मा उठाइएको विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाए । संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएकामा उनले जोड दिए । जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्ष दलले संसद् अवरोध गर्‍यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप पनि उनले लगाए । प्रतिपक्षले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने उनले उल्लेख गरे । तर, सरकार संविधान र संसदीय मूल्य–मान्यताविपरीत अगाडि बढेकाले संसद् अवरोध गरिएको उनले बताए । ६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि एमालेले संसद्‌मा उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले त्यसप्रति कुनै चासो नदिनु कहीँ न कहीँ संलग्नताको शंका उत्पन्न भएको उनले बताए ...
भोलिदेखि संसदको अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड

भोलिदेखि संसदको अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि संसदको अवरोध हट्ने बताएका छन्। स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने बताएका हुन्। संसदको अवरोध हटाउने विषयमा आज साँझसम्म प्रयास बढाउने उनले बताए। अवरोध हटाउन आफूले विगतदेखि नै भरमग्दुर प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। यसका लागि राष्ट्रपति, सभामुख र गठबन्धनमा पनि छलफल भएको उनले बताए। ‘हिजोमात्रै बालुवाटारमा सभामुखसँग छलफल गरेँ। आज बेलुकासम्म प्रयास बढाउँदै छौं । आशा गरिएको छ भोलि खुल्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। साउन २९ गते बसेको प्रतिनिधि सभा बैठकमा एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गते बस्नेगरी त्यस दिनको बैठक स्थगित गरेका थिए। त्रिभुवन विमानस्थलब...