२०८३ बैशाख १९

Author: Senior Editor Nima

स्वास्थ्य परीक्षण गरेर शितल निवास फर्किए राष्ट्रपति पौडेल

स्वास्थ्य परीक्षण गरेर शितल निवास फर्किए राष्ट्रपति पौडेल

राजनीति
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गरेर शितल निवास फर्किएका छन्। राष्ट्रपति पौडेलले आइतबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षण गराएका हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षण गरी शितल निवास फर्किइसकेको जानकारी दिए। ‘उहाँ फलोअपका लागि जानुभएको थियो, फर्किसक्नुभयो,’ उनले भने। राष्ट्रपति पौडेलले मुटु परीक्षण गरेका हुन्। राष्ट्रपति पौडेल गत असार २ गते सेन्टरमा भर्ना भई असार १३ गते डिस्चार्ज भएका थिए। राष्ट्रपति पौडेलको मुटुको धड्कन अस्थिर भएपछि त्यसबेला अस्पताल भर्ना गरिएको थियो। राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकरसमेत राखिएको थियो। ...
विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री थापाले पठाए एमाले र राप्रपालाई पत्र

विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री थापाले पठाए एमाले र राप्रपालाई पत्र

राजनीति
कोशीका मुख्यमन्त्री उद्वव थापाले आफुलाइ विश्वासको मत माग्दै मुख्य विपक्षी नेकपा  एमाले र राप्रपालाई आइतबार पत्राचार गरेका छन्। सोमबार मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। त्यसको अघिल्लो दिन आइतबार मुख्यमन्त्री थापाले दुई विपक्षी दललाई पत्राचार गरेका हुन। 'हामीलाई आज विश्वासको मत माग्दै मुख्यमन्त्रीले पत्र पठाउनु भएको छ,' एमाले प्रमुख सचेतक  रेवतीरमण भण्डारीले भने। एमालेले विश्वासको मत दिने सम्भावना न्यून रहेको उनले बताए। प्रदेश सभामा काङ्ग्रेस २९, माओवादी १३, एकीकृत समाजवादी ४ र जसपा १ गरि सत्ता पक्षसग ४७ मत छ। विपक्षमा एमालेको ४० (उपसभामुखसहित)  र राप्रपाको ६ गरी ४६ मत छ। ...
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ भोलि

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ भोलि

राजनीति
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ (भोलि) सोमबारदेखि सुरू हुने भएको छ। आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइका लागि सोमबार बिहान साढे ११ बजे बोलाउने निर्णय गरेको हो। सोमबार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाइ गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए। श्रेष्ठविरूद्ध ३ वटा उजुरी परेका छन्। समितिका ज्येष्ठ सदस्य राणाले उजुरीकर्ताको उजुरीमाथि छलफल गरेलगत्तै प्रस्तावित प्रधानन्यायाधीशको पनि संसदीय सुनुवाइ गर्ने समिति सचिवालयको कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताए। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका व...
कोसीकी उपसभामुख अनुपस्थित भए कसरी सञ्चालन हुन्छ प्रदेशसभा बैठक ?

कोसीकी उपसभामुख अनुपस्थित भए कसरी सञ्चालन हुन्छ प्रदेशसभा बैठक ?

राजनीति
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भोलि (सोमबार) विश्वासको मत लिने तयारी गरेको छ ।   थापाले यस बारेको सूचना शुक्रबार नै प्रदेशसभामा दर्ता गराइसकेका छन् । आइतबारलाई मागिएको समय उपसभामुख सिर्जना दनुवारले फेरबदल गरी सोमबार तोकेकी छन् । दनुवार एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । ‘यदि बैठकमा उपसभामुख दनुवार अनुपस्थित भए सभा कसरी सञ्चालन हुन्छ ?’ गठबन्धनको रणनीतिलाई असफल पार्ने र सत्तामा पुनः पुग्ने एमालेको प्रयासबीच कोसीसभामा सोमबार बैठकको अध्यक्षता कसले गर्ला भन्ने विभिन्न ‘खेलहरू’ भइरहेका छन् । सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ भएपनि उनीहरूको अनुपस्थितिमा हुने सभाको कारबाहीबारे कोसी प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) मा स्पष्ट उल्लेख छ । नियमावलीको नियम ११ को उपनियम १ मा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्ध...
प्रधानमन्त्रीले बोलाएको ७ दलको बैठक सिंहदरबारमा जारी

प्रधानमन्त्रीले बोलाएको ७ दलको बैठक सिंहदरबारमा जारी

राजनीति
सिंहदरबारमा ७ दलको बैठक सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको बैठकमा राष्ट्रिय मान्यताप्राप्त ७ दलका नेताहरू सहभागी छन्। संसदको गतिरोध अन्त्य गर्न, विभिन्न विधेयक र देश तथा जनताका दैनिक समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले ७ दललाई बैठकमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएको छ।  प्रधानमन्त्रीसहित बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दल उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्। साथै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर ...
लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ : प्रधानमन्त्री

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । आइतबार १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नबाट रोक्न आयोगका सचिव फेरेको भ्रम फैलाइएको भन्दै उनले आफूले त्यस्तो कार्य नगरेको स्पष्ट पारे । उनले आफू प्रधानमन्त्री भएयता सूचनाको हकका बारेमा धेरै काम गरेको उल्लेख गरे । “म दोस्रोपटक प्रधानमन्त्री हुँदा सूचनाको हकसम्बन्धी र सूचना आयोगसम्बन्धी मैले के गरेँ ? वर्गीकरणसम्बन्धी कुरामा मैले के गरेँ ? लाल आयोगको प्रतिवदनसम्बन्धी कुरा उठेको छ र अर्को सचिव झिकेको कुरा छ, म त्यस खालका प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा म सुरुदेखि नै छु र यो मेरो पालामा अदालत गएको होइन, अब के गर्ने भन्ने कुरा म ध्यान दिनेछु । सचिव झिकिएको मेरो पा...
सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतकले भने : संसद् अवरोध तत्काल खुल्लाजस्तो देखिँदैन

सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतकले भने : संसद् अवरोध तत्काल खुल्लाजस्तो देखिँदैन

राजनीति
काठमाडौँ — सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउनका लागि भनेर संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग आइतबार छलफल गरेका छन् । छलफलबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने संसद्को अवरोध खुल्ने छाँट नदेखिएको बताएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकबाट बाहिरिने क्रममा रास्वपाका प्रमुख सचेतक परियारले संसद् खुल्ने आशाका साथ प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा जान लागेको बताए । उनले भने, 'पछिल्ला गतिविधिहरू हेर्दा तत्काल फुक्लाजस्तो देखिँदैन । सबै राजनीतिक पार्टीहरूले आफ्ना विचार संसद्‌मा राख्न पाउनेछन् भन्ने आशाका साथ प्रधानमन्त्रीले बोलाएको बैठकमा जाँदै छु ।' सभामुखले बोलाएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, कांग्रेसका मुख्य सचेतक रमेश लेखक, माओव...
सभामुखसँगको छलफलपछि एमालेले भन्यो– सदन प्रधानमन्त्रीसँग कुरा मिल्यो भने मात्र खुल्छ

सभामुखसँगको छलफलपछि एमालेले भन्यो– सदन प्रधानमन्त्रीसँग कुरा मिल्यो भने मात्र खुल्छ

राजनीति
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाको अवरोध खुल्न आधार नभेटिएको बताएको छ । सदनको अवरोध खुलाउने विषयमा छलफलका लागि सभामुखले राखेको प्रमुख सचेतकहरूसँगको छलफलपछि एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो जानकारी गराएका हुन् । “सदन सरकारको अकर्मण्यताले अवरोध भएको हो । हाम्रो अडान कायमै छ,” सभामुखसँगको छलफलबाट बाहिरिने क्रममा प्रमुख सचेतक गिरीले भने, “बैठक प्रधानमन्त्रीसँगको छलफलपछि चल्ने/नचल्ने थाहा हुन्छ ।” उनले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने आफ्नो पार्टीको माग कायमै रहेको बताए । ...
लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ : प्रधानमन्त्री

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ : प्रधानमन्त्री

राजनीति
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् । आइतबार १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नबाट रोक्न आयोगका सचिव फेरेको भ्रम फैलाइएको भन्दै आफूले सचिव नफेरिएको बताए । उनले आफू प्रधानमन्त्री भएयता सूचनाको हकबारे धेरै कामहरू गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले सार्वजनिक ओहोदामा रहेका हरेक व्यक्तिको सम्पत्तिसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन पनि कानुनी व्यवस्था गर्न जरूरी रहेको बताए । उनले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहारजस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षणसम्बन्धी कानुनी व्यवस्था गर्न जरूरी भइसकेको उल्ले...
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, संसद्को गतिरोध अन्त्यबारे छलफल हुने

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, संसद्को गतिरोध अन्त्यबारे छलफल हुने

राजनीति
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका हुन् । आइतबार मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालले अवरुद्ध संसद् खुलाउने विषयमा राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग छलफलका लागि आह्वान गरेको जानकारी दिए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन् । प्रधानमन्त्री दाहालले शनिबार मात्रै पन...