


कोशीका मुख्यमन्त्री उद्वव थापाले आफुलाइ विश्वासको मत माग्दै मुख्य विपक्षी नेकपा एमाले र राप्रपालाई आइतबार पत्राचार गरेका छन्।
Advertisement


सोमबार मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
त्यसको अघिल्लो दिन आइतबार मुख्यमन्त्री थापाले दुई विपक्षी दललाई पत्राचार गरेका हुन।

‘हामीलाई आज विश्वासको मत माग्दै मुख्यमन्त्रीले पत्र पठाउनु भएको छ,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने।
एमालेले विश्वासको मत दिने सम्भावना न्यून रहेको उनले बताए।
प्रदेश सभामा काङ्ग्रेस २९, माओवादी १३, एकीकृत समाजवादी ४ र जसपा १ गरि सत्ता पक्षसग ४७ मत छ। विपक्षमा एमालेको ४० (उपसभामुखसहित) र राप्रपाको ६ गरी ४६ मत छ।






