मुख्यमन्त्री थापाले भोलि विश्वासको मत लिँदै, १० करोड ‘अफरको अनैतिक हल्ला चलाइयो’
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भोलि (सोमबार) विश्वासको मत लिने भएका छन् ।
गएको साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।
आज (आइतबार) विश्वासको मत लिन थापाले शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । तर, उपसभामुख सिर्जना दनुवारले सोमबारका लागि समय तोकिदिएकी थिइन् ।
गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ ।
उपसभामुख दनुवार बैठकमा अनुपस्थित हुने भन्ने कुरा आफूहरूले कल्पना नगरेको कोसी प्रदेशसभामा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की बताउँछन् ।
“उहाँ उपसभामुखज्यूले नै विश्वासको मत लिने समय तोक्नुभएकोले अन...









