२०८३ बैशाख २०

Author: Senior Editor Nima

समाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक जारी

राजनीति
समाजवादी मोर्चाको बैठक जारी छ। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेपछि बैठक सुरू भएको हो। यसअघि बैठक आइतबारका लागि तय भएको थियो । तर मोर्चाको घटक एकीकृत समाजवादीको पोलिटब्युरो बैठक चलिरहेकाले बैठक आज बिहानका लागि सारिएको थियो। बैठकमा सदनको गतिरोध, सातै प्रदेशमा मोर्चाले गर्ने भनिएको कार्यक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ। मोर्चाको गत असार ३० गते बसेको बैठकले ४–४ महिनामा नेतृत्व फेरिने, मोर्चाको सदस्य सचिव एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल रहने निर्णय गरेको थियो। अहिले मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन्। नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको ...
घरमै बुनिन्छ मौलिक पोसाक

घरमै बुनिन्छ मौलिक पोसाक

कभर स्टोरी, देश, समाचार
गुम्बामा हुने पूजा, कार्जे तथा सार्वजनिक कार्यक्रममा परम्परागत पोसाकै लगाउँछन् चुमवासी गोरखा — चीनसँग सीमा जोडिएको चुमनुव्री गाउँपालिका–७ छेकम्पारस्थित निले गाउँका प्रायः घरमा कपडा बुन्ने तान छन् । घरायसी कामबाट फुर्सद मिलेका बेला स्थानीय महिला तानमा आफ्ना कपडा तयार पार्न बसिहाल्छन् । यहाँका बासिन्दाआफ्ना लागि सकेसम्म आफैंले बुनेका कपडा लगाउँछन् । चुमनुव्री–७ की पेमा भुटी लामा फुर्सदमा खाली बस्दिनन् । उनको परिश्रमबाट बनेका आकर्षक पाङ्देनको चर्चा छिमेकी गाउँमा पनि हुने गर्छ । पाङ्देन विभिन्न रङ दिइएको रुमाल आकारको कपडा हो । ३५ वर्षीया पेमाले डेढदेखि दुई दिनमा पाङ्देन तयार पारिसक्छिन् । ‘काठमाडौंबाट धागो ल्याएर घरकै तानमा बुन्छौं,’ उनले भनिन्, ‘हाम्रो गाउँका धेरैजसोले घरमै बुनेका कपडा लगाउँछन्, कोही कोहीमात्र बजारबाट किनेर लगाउँछन् ।’ परम्परागत तानमा आफैंले तयार पारेका कपडा लग...
सदनको अवरोध खुलाउन प्रधानमन्त्रीले पुनः बोलाए शीर्ष नेताको बैठक

सदनको अवरोध खुलाउन प्रधानमन्त्रीले पुनः बोलाए शीर्ष नेताको बैठक

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठक बोलाएका छन् । संसद्‌मा जारी अवरोधका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले अपराह्न ४ बजेका लागि शीर्ष नेताको बैठक बोलाएका हुन् ।  प्रधानमन्त्रीले हिजो बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका थिए । ओली उपस्थित नभएपछि आज पुनः बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  साउन १० गतेयता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरोध गर्दै आएको छ । ब्रेक–सु मा राखेर भित्र्याइएको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको छ । त्यसमा सरकारले असहमति राख्दै नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा सीआईबीमार्फत नै अनुसन्धान अघि बढाउने भन्दै राज्यका निकायमाथि अविश्वास नगर्न गृहन्त्रीले आग्रह गरेका छन् । ...
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ आज हुँदै

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ आज हुँदै

राजनीति
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले आज छलफलका लागि बोलाएको छ ।  समितिले आजै श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्दै छ ।  उजुरीकर्तासँग बिहान साढे १० बजे र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तोकिएको छ । श्रेष्ठविरुद्ध इमेलबाट तीनवटा उजुरी परेका छन् ।  आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनीविरुद्धका उजुरी खोलिएको थियो ।  गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यसअघि, साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकबाट सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो । समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्...
मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

राजनीति
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन् । साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिन थापाले शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ । ...
वक्ता बाहेकलाई मञ्चमा नलैजाने एमाले निर्णय लुम्बिनीबाट कार्यान्वयन हुन्छ: सचिव अर्याल

वक्ता बाहेकलाई मञ्चमा नलैजाने एमाले निर्णय लुम्बिनीबाट कार्यान्वयन हुन्छ: सचिव अर्याल

राजनीति
नेकपा (एमाले) की सचिव पद्मा अर्यालले कार्यक्रमको मञ्चमा वक्ताबाहेकलाई अतिथि आसन ग्रहण नगराउने पार्टीको निर्णय लुम्बिनी प्रदेशको अधिवेशनबाट कार्यान्वयनमा जाने बताएकी छन्। एमाले लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेकी अर्यालले प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीसहित आधा दर्जनभन्दा बढी पदाधिकारी सहभागी हुने भए पनि पदाधिकारी सबैको आसन मञ्चमा नभई प्रतिनिधिको लहरमै रहने बताएकी हुन्। ‘पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष केपी ओलीसहित आधा दर्जनभन्दा बढी पदाधिकारी सहभागी हुनुहुन्छ तर उहाँहरू सबै प्रतिनिधिकै लहरमा बस्नुहुन्छ,’ अर्यालले भनिन्। एमालेले अब हरेक कार्यक्रममा आसन ग्रहण नगराउने र वक्तालाई मात्र मञ्चमा उपस्थित गराउने निर्णय गरिसकेको र यो निर्णयको कार्यान्वयन लुम्बिनीबाटै हुने उनले उल्लेख गरिन्। अन्य प्रदेशभन्दा पहिले हुन लागेको लुम्बिनी प्रदेशको अधिवेशनले सिंगो प...
रवि लामिछानेले भेटे राष्ट्रपति पौडेल 

रवि लामिछानेले भेटे राष्ट्रपति पौडेल 

राजनीति
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आइतबार बेलुका राष्ट्रपति निवास शीतलनिवासमा भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि राजनीतिक दलका नेताहरुसँग पछिल्ला दिनमा छलफल गर्दै आएका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी गरेका थिए ।  पौडेलले मंगलबार बिहान साढे ८ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि बोलाएका छन् । ...
हामी भ्रष्टाचार विरोधी हौँ, एकीकृत समाजवादीको महत्त्व झन् बढ्दै छ : माधव नेपाल

हामी भ्रष्टाचार विरोधी हौँ, एकीकृत समाजवादीको महत्त्व झन् बढ्दै छ : माधव नेपाल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफूहरू सधैँ भ्रष्टाचारको विरुद्धमा रहेको बताएका छन् । आजदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले सरकारलाई पनि भ्रष्टाचारविरोधी अभियानलाई निरन्तर अगाडि बढाउन आग्रह गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष नेपालले पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको बताएका छन् । उनले एकीकृत समाजवादीको महत्त्व दिन प्रतिदिन बढिरहेको पनि दाबी गरे । "नेकपा (एकीकृत समाजवादी) समयको माग हो । यसको महत्त्व दिनदिनै बढिरहेको छ । यो नै कम्युनिस्ट विचारधाराभित्रको उत्तम विकल्प हो । पार्टी सधैँ राष्ट्रियताको रक्षा र सम्बर्धन गर्न जनजीविकाका लागि संघर्ष गर्न समाजवादको धेय पूरा गर्न र जनतालाई सुशासन  प्रदान गर्न लागि नै रहने छ," नेपालको भनाइ उद्धृत गर्दै खतिवडाले भने । आज पहिलो दिन २६ जनाले धारणा राखेका छन् । बैठक...
सत्ताबाहिर बस्नुपर्दा एमाले छट्पटिएको छ : पुन 

सत्ताबाहिर बस्नुपर्दा एमाले छट्पटिएको छ : पुन 

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासपचिव वर्षमान पुन अनन्तले प्रमुख प्रतिपक्षी एमाले सत्ता बाहिर बस्नु परेका कारण छट्पटाएको टिप्पणी गरेका छन् ।  पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै पुनले लगातार तीन वर्ष सत्ता बाहिर बस्नुपर्दा एमाले छट्पटिएको बताए ।  एमालेले जे सुकै विषयमा अवरुद्ध गरेर जनताको आवाज बुलन्द गर्ने थलो संसदलाई बन्दी बनाउनुको कारण सोही छटपटीको अभिव्यक्ति भएको उनको भनाइ थियो । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकारले सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यका लागि चालेका कदममा यो वा त्यो नाममा विरोध गरेर एमालेले आफूलाई जनताको नजरमा गिराउने काम गरेको आरोप पुनले लगाए । पुनले निःशर्त संसदको अवरोध हटाएर लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न एमाले नेतृत्वलाई आग्रह गरे । सुन तस्करी प्रकरण...
राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक, संसद्को गतिरोधबारे चासो 

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक, संसद्को गतिरोधबारे चासो 

राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन् । तर स्रोतले दिएको जानकारीअनुसार भने पौडेलले संसद्को गतिरोधप्रति सुरुदेखि नै चासो राख्दै आएका छन् । यसअघि पनि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए । राष्ट्रपति पौडेलले आइतबार बेलुका रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका छन् । ...