२०८३ बैशाख २०

Author: Senior Editor Nima

शपथलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले गरे पदभार ग्रहण

शपथलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले गरे पदभार ग्रहण

राजनीति
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनीयताको शपथ लिएपछि श्रेष्ठले सर्वोच्च अदालत पुगेर आजै पदभार ग्रहण गरेका हुन् ।  उनी हिजो मात्र प्रध्यानन्यायाधीश नियुक्त भएका थिए । श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट हिजै अनुमोदित भएका थिए । उनले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । ...
एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक सुरु

एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक सुरु

राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा बैठक बसेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । दुवै प्रतिवेदनमाथि छलफलपछि पारित गरिनेछ ।  बैठक यही भदौ ७ गतेसम्म चल्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।  ...
राष्ट्रपतिको चासो सकारात्मक : प्रधानमन्त्री

राष्ट्रपतिको चासो सकारात्मक : प्रधानमन्त्री

राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने राष्ट्रपतिको ‘पहलकदमी’लाई ‘सकारात्मक’ भनेर टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संसद् बैठक सञ्चालन होस् र राजनीतिक दलहरूबीच समझदारी बनोस् भन्ने राष्ट्रपतिको शुभेच्छा सकारात्मक रहेको बताएका हुन् । “यसमा कसैले विमति राख्नुपर्ने कारण छैन । हामी निरन्तर छलफलमा छौँ,” प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “संसद् सुचारु गर्ने सहमतिको करिबकरिब नजिक पुगेका छौँ । राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु ।” एमालेले भने राष्ट्रपतिको चासो अनुचित भएको भन्दै बैठक बहिष्कार गरेको हो । एमालेबाट जारी संसद्को अवरोध अन्त्यका लागि राजनीतिक दललाई जिम्मेवार हुन सम्झाउन सोमबार बिहान राष्ट्रपतिले डाकेको बैठकमा एमाले नेता अनुप...
राष्ट्रियसभा बैठकको समय सारियो

राष्ट्रियसभा बैठकको समय सारियो

राजनीति
काठमाडौं । राष्ट्रियसभा बैठकको समय सारिएको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने भएको हो । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा सारिएको उल्लेख छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ । विगत एक महिनादेखि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण संघीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।  ...
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित, नेम्वाङ भन्छन्– जानकारी भएन 

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित, नेम्वाङ भन्छन्– जानकारी भएन 

राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले भने अनुपस्थित रहेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई छलफलका लागि बोलाएका थिए । सबै दलको सहभागिता भए पनि एमाले भने अनुपस्थित छ । नेकपा एमालेका एक नेताले दिएको जानकारीअनुसार राष्ट्रपतिले बोलाएको छलफलप्रति एमालेको विमति छ । “हिजो बेलुकी नै लगभग टुंगिएको छ,” एमाले दलका उपनेता सुवास नेम्वाङले भने, “प्रधानमन्त्रीकै पहलमा लगातार बैठक भइरहेको छ । प्रधानमन्त्रीकै सल्लाहमा राख्ने हो क्यारे । राष्ट्रपतिले कताबाट राख्नुभयो थाहा भएन ।” नेम्वाङले बैठकबारे आफूहरुलाई जानकारी नभएको बताए । साउन १० गतेदेखि लगातार संसद् बैठक अवरुद्ध भइरहेको छ ।  ...
प्रदेश सरकारले नागरिकले अनुभूति हुनेगरी काम गर्नुपर्छः प्रधानमन्त्री

प्रदेश सरकारले नागरिकले अनुभूति हुनेगरी काम गर्नुपर्छः प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रदेश सरकारहरूले नागरिकलाई अनुभूति हुनेगरी काम गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कर्णालीको गरिबी अन्त्यका लागि केन्द्र सरकार तत्परताका साथ लागेको बताए। ‘कर्णालीको गरिबी र भूगोलका बारेमा म जानकार छु, कर्णालीमा बसेर जनयुद्धको नेतृत्व गरेको याद अहिले पनि ताजै छ,’ उनले भने, ‘कर्णाली जस्ता पछाडि परेका नागरिकलाई परिवर्तन महसुस गराउन संघीय सरकार गम्भीर रूपमा लाग्नेछ।’ उनले आफ्नो मुख्य प्राथमिकतामा कर्णाली र सुदूरपश्चिमको समृद्धि रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले प्रदेश सरकारको समृद्धि अभियानमा केन्द्र सरकारले साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। कर्णाली करिडोर, कर्णाली राजमार्ग लगायतका ठूला सडक परियोजना केन्द्र सरकारको प्राथमिक...
मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रदेशसभा बैठक अन्योलमा

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रदेशसभा बैठक अन्योलमा

राजनीति
मोरङ — सभामुखको जिम्मेवारीमा समेत रहेकी उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै काठमाडौं गएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रदेशसभाको बैठक सोमबार अनयोलमा परेको छ । मुख्यमन्त्री थापाले शुक्रबार विश्वासको मत लिने सूचना दिएपछि उपसभामुख दनुवारले सोमबार दिउँसो १ बजे छलफलका लागि प्रदेशसभामा पेस गर्न समय तोकेर बिरामीको बहाना बनाइ अनुपस्थित भएको गठबन्धन दलको आरोप छ । उपसभामुख दनुवारले आफैंले सोमबार बिहान बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक अध्यक्षता गर्ने व्यक्तिको अभावमा बस्न नसकेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । उनले उपस्थित कार्य व्यवस्था समिति सदस्यहरूको बैठकले कानुनी परामर्श गरेर कसको अध्यक्षतामा बस्ने सल्लाह गरेर अपराह्न १२ः१५ बजे पुनः बैठक बस्ने निर्णय भएको उनले बताए । उपसभामुख दनुवारले सभामुख र उपसभामुख अनुपस्थित भएको ...
राष्ट्रियसभा अध्यक्षले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

राष्ट्रियसभा अध्यक्षले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

राजनीति
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनेछन् ।  बैठक संसद्को जारी गतिरोध अन्त्यका विषयमा केन्द्रित हुने बताइएको छ । दिउँसो १ बजे अध्यक्ष तिमिल्सिनाको कार्यकक्ष सिंहदरबारमा बैठक बस्नेछ ।  राष्ट्रियसभाको बैठक भदौ ५ गते (भोलि) दिउँसो १ बजेका लागि बोलाइएको छ ।  ...
समाजवादी मोर्चाले भदौ ८ देखि प्रदेशस्तरमा घोषणासभा गर्ने

समाजवादी मोर्चाले भदौ ८ देखि प्रदेशस्तरमा घोषणासभा गर्ने

राजनीति
काठमाडौं । चारदलीय समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणासभाको आयोजना गर्ने भएको छ । सोमबार बिहान नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकबाट यही भदौ ८ गतेदेखि प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताए । भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको उनले जानकारी दिए । “छलफल राम्रो भयो । तरंगमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो, के हो ? भन्ने थियो,” उनले भने, “हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणासभा गर्ने निर्णय गरेका छौँ । भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ ।” यस्तै, एकीकृत समाजवादीका नेता प्रमेश हमालले भदौ...
उपसभामुख काठमाडौं उडेपछि कोशीमा सत्ता गठनबन्धनको आकस्मिक बैठक

उपसभामुख काठमाडौं उडेपछि कोशीमा सत्ता गठनबन्धनको आकस्मिक बैठक

राजनीति
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौं उडेपछी विराटनगरमा सत्ता गठबन्धनको आकस्मिक बैठक बसेको छ। बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार ८ बजेकै यति एअरलाइन्सको फ्लाइटबाट काठमाडौं उडेपछि मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरूको आकस्मिक बैठक बसेको हो। बैठक विराटनगरको एक होटलमा बसिरहेको छ। मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने कार्यसूची थियो। उनलाई विश्वासको मत पुग्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरमग्दुर प्रयास गरिरहेको छ। उपसभामुखको अनुपस्थितिमा प्रदेश सभा बैठक चलाउने जिम्मा ज्येष्ठ सदस्यलाई रहने भएपनि एमालेका सात ज्येष्ठ सदस्यहरूले यसअघि नै बिदा लिइसकेका छन्। प्रदेशसभाको बैठक अनिश्चित बनेपछि सत्ता गठबन्धन छलफलमा जुटेका हुन्।  ...