२०८३ कार्तिक ३०

उपसभामुख काठमाडौं उडेपछि कोशीमा सत्ता गठनबन्धनको आकस्मिक बैठक




कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौं उडेपछी विराटनगरमा सत्ता गठबन्धनको आकस्मिक बैठक बसेको छ।


Advertisement


बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार ८ बजेकै यति एअरलाइन्सको फ्लाइटबाट काठमाडौं उडेपछि मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरूको आकस्मिक बैठक बसेको हो।

बैठक विराटनगरको एक होटलमा बसिरहेको छ।



मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने कार्यसूची थियो। उनलाई विश्वासको मत पुग्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरमग्दुर प्रयास गरिरहेको छ।

उपसभामुखको अनुपस्थितिमा प्रदेश सभा बैठक चलाउने जिम्मा ज्येष्ठ सदस्यलाई रहने भएपनि एमालेका सात ज्येष्ठ सदस्यहरूले यसअघि नै बिदा लिइसकेका छन्।

प्रदेशसभाको बैठक अनिश्चित बनेपछि सत्ता गठबन्धन छलफलमा जुटेका हुन्। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap