२०८१ जेष्ठ ५

प्रदेश सरकारले नागरिकले अनुभूति हुनेगरी काम गर्नुपर्छः प्रधानमन्त्री




प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश सरकारहरूले नागरिकलाई अनुभूति हुनेगरी काम गर्नुपर्ने बताएका छन्।

कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कर्णालीको गरिबी अन्त्यका लागि केन्द्र सरकार तत्परताका साथ लागेको बताए।


Advertisement


‘कर्णालीको गरिबी र भूगोलका बारेमा म जानकार छु, कर्णालीमा बसेर जनयुद्धको नेतृत्व गरेको याद अहिले पनि ताजै छ,’ उनले भने, ‘कर्णाली जस्ता पछाडि परेका नागरिकलाई परिवर्तन महसुस गराउन संघीय सरकार गम्भीर रूपमा लाग्नेछ।’

उनले आफ्नो मुख्य प्राथमिकतामा कर्णाली र सुदूरपश्चिमको समृद्धि रहेको बताएका छन्।



प्रधानमन्त्री प्रचण्डले प्रदेश सरकारको समृद्धि अभियानमा केन्द्र सरकारले साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

कर्णाली करिडोर, कर्णाली राजमार्ग लगायतका ठूला सडक परियोजना केन्द्र सरकारको प्राथमिकतामा परेको उनले चीन सरकारको भ्रमणका क्रममा यसलाई थप प्राथमिकतामा राख्नेगरी आफूले समन्वय गर्ने बताए।

Copy link
Powered by Social Snap