२०८३ बैशाख २०

Author: Senior Editor Nima

सर्वोच्चको आदेशपछि प्रतिनिधिसभा विघटनपछि हटाइएका मन्त्रीहरूको पद के हुन्छ?

सर्वोच्चको आदेशपछि प्रतिनिधिसभा विघटनपछि हटाइएका मन्त्रीहरूको पद के हुन्छ?

देश, राजनीति
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषदलाई काम नगर्न आदेश दिएको छ। यो आदेशसँगै उनले पछिल्लोपटक थप गरेका २० मन्त्रीको पद गएको छ। प्रतिनिधिसभा विघटनअघि नै नियुक्त भएको भएर ओली मन्त्रीपरिषदमा अब अर्थमन्त्री विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ, वसन्तकुमार नेम्वाङ, र लीलानाथ श्रेष्ठ गरि पाँच मन्त्रीमात्र बाँकी रहे।  न्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संविधानको धारा ७७ को (३) लाई समातेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई मान्यता नदिएको हो। Advertisement उक्त इजलासले भनेको छ, ‘प्रतिनिधिसभा विघटन भएको विशेष परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे-जुन अवस्थाको मन्त्रिपरिषद् छ, त्यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनी स्पष्ट र...
बन्द हुँदै सिनेमा हलहरू, पहिलो लकडाउनयता अर्ब डेढ अर्ब लगानी फ्रिज

बन्द हुँदै सिनेमा हलहरू, पहिलो लकडाउनयता अर्ब डेढ अर्ब लगानी फ्रिज

अर्थतन्त्र, नेपाली चलचित्र, मनोरञ्जन / कला
झन्डै दुई महिना लामो लकडाउन अब खुकुलो बन्दैछ। तर अघिल्लो लकडाउनमाजस्तै, यसपालि पनि सिनेमा हल खुल्न कति समय लाग्छ, निश्चित छैन। यो अनिश्चितताले हलव्यवसायी, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकलाई अत्याएको छ। सिनेमा उद्योग पुरानो अवस्थामा कहिले फर्किने हो भन्ने चिन्ताले गाँजेको छ।  चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार अहिले देशभरबाट सिनेमा हल बन्द भएको खबर आइरहेको छ। कोरोना लकडाउनकै कारण पूर्वी नेपालको बिर्तामोड, गाईघाटदेखि पश्चिमको दाङसम्म सिनेमा हलहरू बन्द भएका छन्। यसमा काठमाडौं, बनेपा र भक्तपुरका सिनेमा हल पनि पर्छन्।   'लकडाउनका कारण यस अवधिमा ठ्याक्कै कति वटा सिनेमा हल बन्द भए यकिन तथ्य संकलन गर्दैछौं,' प्रधानले भने, 'कम्तीमा पन्ध्रदेखि बीस वटा हल बन्द भएको हुनुपर्छ।' महामारीबाट बच्न राज्यबाट नीतिगत सुधार, सहुलियत र साथ नपाए आगा...
सञ्चय कोषको बचत सामाजिक सुरक्षामा सारिने डरले जागिर छाड्दै बैंकका पुराना कर्मचारी

सञ्चय कोषको बचत सामाजिक सुरक्षामा सारिने डरले जागिर छाड्दै बैंकका पुराना कर्मचारी

अर्थतन्त्र, बैँक/ बीमा
सामाजिक सुरक्षा कोषको त्रासले बैंकका पुराना कर्मचारीहरू जागिर छाड्न थालेका छन्। केहीले जागिर छाडिसकेका छन् भने केही छाड्ने तरखरमा छन्। नबिल बैंक मानव संशाधन व्यवस्थापन प्रमुख रोशन कोइरालाका अनुसार बैंकमा आवद्ध करिब आधा दर्जन पुराना कर्मचारीले राजीनामा दिइसकेका छन्।  'सञ्चय कोषमा भएको आफ्नो रकम सामाजिक सुरक्षा कोषमा सार्नुपर्ने डरले उहाँहरूले राजीनामा दिनुभएको हुन सक्छ,' कोइरालाले भने। एभरेष्ट बैंकबाट पनि केही कर्मचारीले राजीनामा दिएको निकट स्रोतले जनाएको छ। Advertisement 'पुराना केही कर्मचारीले राजीनामा दिनुभएको छ। अरू खास कारण होइन, सञ्चय कोषमा भएको रकम झिकेर आफैंले सुरक्षित राख्न खोज्नुभएको हो। सामाजिक सुरक्षा कोषमा त्यो रकम सारिने हो कि भन्ने डर उहाँहरूमा देखियो,' स्रोतले भन्यो। अरू केही बैंकमा पनि यस्तै अवस्था छ। लामो अवधिसम्म काम गरेको क...
जातका आधारमा कोठा नदिएको आरोपमा घरबेटीलाई तीन दिन थुनामा राखेर अनुसन्धान हुँदै

जातका आधारमा कोठा नदिएको आरोपमा घरबेटीलाई तीन दिन थुनामा राखेर अनुसन्धान हुँदै

देश, समाचार
टेलिभिजन कार्यक्रम  प्रस्तोता रूपा सुनारलाई थरका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी बरमहलकी घरबेटीका पतिले आफूहरूको सोच विभेद गर्ने नभएको बताएका छन्। ती घरबेटीलाई प्रहरीले जातीय भेदभाव विरूद्धको कानुनअनुसार तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंको अनुमति पाएको छ। अदालतले दिएको तीन दिन मंगलबार पूरा हुँदैछ। उनका श्रीमानले भने कुनै पनि प्रकारको भेदभाव गर्ने आफूहरूको नियत नभएको बताए। काभ्रेका उनीहरूको बबरमहलमा चार तले घर छ। Advertisement उनको घरको तल्लो फ्ल्याटका कोठा भाडाका लागि राखिन्थ्यो। तर पछिल्लो समय कोरोनाको कारण कसैलाई राखिएको थिएन। यसअघि कसैलाई कोठामा राख्नै परेमा पनि डेरामा आउनेहरूसँग श्रीमान आफैं भेट्थे। कुरा गर्थे। यसपालि भने उनकी श्रीमतीले कोठा हेर्न आउने अर्थात् रूपासँग कुरा गरेकी थिइन्। उनका अ...
अमेरिकाले थप साढे ५ करोड डोज खोप बाँड्ने, नेपालले सोझै नपाउने

अमेरिकाले थप साढे ५ करोड डोज खोप बाँड्ने, नेपालले सोझै नपाउने

देश, समाचार
संयुक्त राज्य अमेरिकाले थप साढे ५ करोड डोज खोप संसारका विभिन्न मुलुकलाई बाँड्ने भएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले सोमबार खोप बाँड्ने विस्तृत विवरण सार्वजनिक गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने बाँकी २५ प्रतिशत सोझै सम्बन्धित मुलुकलाई दिनेछ। पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइनेछ। Advertisement नेपाल अमेरिकाबाट सोझै खोप पाउने मुलुकको सूचीमा समावेश छैन।  दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई अमेरिकाले सोझै खोप दिने  भएको छ। नेपालले एसियाका लागि छुट्याएको झन्डै १ करोड ६० लाख डोज खोप बाँडनु पर्नेछ। कोभ्याक्सअन्तर्गत उक...
भोलिदेखि टुटल र पठाओ सेवा पनि सञ्चालन

भोलिदेखि टुटल र पठाओ सेवा पनि सञ्चालन

देश, समाचार
राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले भोलि (मंगलबार) देखि सेवा सञ्चालन गर्ने भएका छन्। सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले बताएका छन्। Advertisement आइतबार सरकारले मंगलबारदेखि निजी सवारीलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो। निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सेवा सुरु गर्ने तयारी गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिहं बस्नेतले जानकारी दिए। ‘हामी त्यसबारे नै छलफल गरिरहेका छौँ। सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गर्छौँ,’ वस्नेतले भने। टुटलका सिइओ शिक्षित भट्टले पनि भोलिदेखि टुटलको सेवा सुरु गर्न आवश्यक तयारी पुरा गरिसेकेको बताए। ‘दुई पांग्रे सवारीमा दुई जना चढ्न मिल्ने र ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय गरेकाले सोहीअनुसार तयारी भएक...
सकिएकै हो त सेयर बजारको ‘बुल’, के छ प्राविधिक विश्लेषण?

सकिएकै हो त सेयर बजारको ‘बुल’, के छ प्राविधिक विश्लेषण?

अर्थतन्त्र, शेयर बजार
जेठ ३१ गते सेयर बजारको परिसूचक नेप्से ३०२६ अंकमा पुगेर अहिलेसम्मलाई सर्वाधिक अंकको कीर्तिमानी कायम गर्यो। त्यसयता परिसूचक निरन्तर ओरालो लागेर सोमबार २८३४ अंकमा झरेको छ। बजार अझै घट्ने त्रास लगानीकर्तामा छ। यो बुलको चरण ३०२६ अंकबाटै अन्त्य हुने हो कि भन्ने आशंका समेत बढेको छ।  सामान्यतः बजार उच्चतम विन्दुबाट २० प्रतिशत वा सोभन्दा बढी तल झरेमा बुलको चरण सकिएको मानिन्छ। तर त्यति धेरै अंकले बजार नघट्ने विश्लेषकको भनाइ छ।  सेयर बजारबारे प्राविधिक विश्लेषण गर्दै आएका राजु मुनिकार अहिलेको गिरावटलाई एउटा सुधारका रुपमा लिन्छन्। Advertisement ‘अहिले बजार केही डिप करेक्सनमा देखिएको छ, यसको अर्थ बुल सकिएको होइन’ कुराकानीमा उनले भने ‘विगतमा बुलको अवधि १५–१६ सय दिनसम्म रहने गरेकोमा यो पटक ९ सय दिन मात्रै बितेको छ, अवधिको हिसावले अझै ४० प्रतिशतक...
यो वर्ष सबै खेल जितेको इटालीले गर्‍यो ८२ वर्षअघिको रेकर्ड बराबरी

यो वर्ष सबै खेल जितेको इटालीले गर्‍यो ८२ वर्षअघिको रेकर्ड बराबरी

खेलकुद
युरो २०२० मा इटाली समूह चरणमा सबै खेल जित्दै अन्तिम १६ मा पुग्ने पहिलो टिम बन्यो। आइतबार भएको समूह चरणको अन्तिम खेलमा इटालीले वेल्सलाई पराजित गर्दै समूह चरणकै तीन खेलमा जित निकाल्यो। यो जितसँगै इटालीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित खेल संख्या ३० मा पुर्‍यो। यसअघि इटालीले सन् १९३९ मा पनि अपराजित खेल संख्या ३० खेलसम्म लम्ब्याएको थियो।  Advertisement अब युरो २०२० को नकआउट चरणमा जित हात पारे इटालीको अपराजित खेल संख्या ३१ हुनेछ। जुन उसको नयाँ राष्ट्रिय रेकर्ड बन्नेछ।  ८२ वर्षअघिको रेकर्ड बराबरी गरेको इटालीले युरो २०२० को समूह चरणमा ७ गोल गर्दा कुनै पनि गोल खाएन।  यसअघि इटालीले सन् १९३५ अक्टोबरदेखि १९३९ को जुलाईसम्ममा खेलेका ३० खेलमा हार बेहोरेन।  त्यतिबेला इटालीले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो। यस्तै उस...
युरो कपमा आज चार खेल

युरो कपमा आज चार खेल

खेलकुद
युरो २०२० मा आज राति चार खेल हुँदैछन्। राति ९:४५ बजे समूह 'सी' का अन्तिम दुई खेल हुँदैछन्। रोमानियाको राजधानी बुचारेस्टमा युक्रेन र अस्ट्रियाबीच तथा आम्स्टर्डममा घरेलु टिम नेदरल्यान्ड्स र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुँदैछ। समूह 'सी' मा नेदरल्यान्ड्स लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ। नर्थ म्यासेडोनियालाई पराजित गरे वा बराबरी खेले नेदरल्यान्ड्स समूह विजेता बन्नेछ। म्यासेडोनियालाई भने अन्तिम १६ मा उत्कृष्ट तेस्रो टिम बनेर पुग्न जितको आवश्यकता छ।  यता अस्ट्रिया र युक्रेनबीचको खेलले अन्तिम १६ मा पुग्ने एक टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिमल अन्तिम १६ मा पुग्नेछ। Advertisement खेल बराबरी भएको अवस्थामा पनि दुवै टिमको अंक र गोलअन्तर पनि बराबरी हुनेछ। त्यसैले कार्ड पाएको आधारमा दोस्रो हुने टिमको टुंगो लाग्...
क्रियाशील बाँडेरै सकिएको छैन, देउवालाई लाग्यो महाधिवेशन

क्रियाशील बाँडेरै सकिएको छैन, देउवालाई लाग्यो महाधिवेशन

देश, राजनीति
नेपाली कांग्रेसको अधिवेशनका लागि मतदाता हुन्- क्रियाशील सदस्य। ७७ मध्ये ३ जिल्लामा अझै क्रियाशील वितरण गरिसकिएको छैन। वितरण सकिएका कतिपय क्षेत्रका विवरण पार्टीको केन्द्रीय सफ्टवेयरमा इन्ट्री हुन बाँकी नै छ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सिन्धुपाल्चोक, बारा र सप्तरीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सकिएका छैनन्। केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार गत जेठ १५ गतेसम्म ८ लाख ३ हजार १७ जना क्रियाशीलको विवरण आएको थियो। त्यसपछि सफ्टवेयरमा इन्ट्री गर्न बन्द गरिएको थियो। अहिले फेरि पाँच दिनका लागि भन्दै विवरण इन्ट्री गर्ने समय दिइएको छ। Advertisement कांग्रेसले क्रियाशील सदस्य संख्या १० लाख पुर्‍याउने बताएको छ। जसअनुसार अझै दुई लाख क्रियाशीको विवरण केन्द्रमा आउन बाँकी छ। ‘सिन्धुपाल्चोक, बारा र सप्तरीक...