२०८३ कार्तिक १२

यी १६ सांसद, जो १० भन्दा बढी प्रतिनिधिसभा बैठकमा उपस्थित भएनन्




काठमाडौं । १० वा सोभन्दा बढी प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका सांसदहरूको सूचना सभाले स्वीकृत गरेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेस गरेका थिए । उक्त सूचना बहुमतले स्वीकृत गरेको छ ।


Advertisement


उपस्थित नहुने सांसदहरूमा दुर्लभ थापा, मनोरमा शेरचन, विनोद चौधरी रहेका छन् । यस्तै, चन्द्र भण्डारी, विनाकुमारी थनैत, वर्षमान पुन, आशा विक रहेका छन् ।



अनुपस्थित हुनेहरुमा डा. नारायण खड्का, जीवन परियार, विष्णुकुमार कार्की, धवल शमशेर जवरा, किशोरसिंह राठोर, ज्ञानबहादुर शाही, सपना राजभण्डारी, चन्दा चौधरी, एलपी सवा लिम्बू रहेका छन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap