२०८३ कार्तिक १२

प्रतिनिधिसभाको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर




काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गरेका छन् । जसमध्ये निर्वतमान मन्त्री अमनलाल मोदीलाई लेखा समितिमा परेका छन् ।


Advertisement


नगिना यादव अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट कानुन समितिमा नाम हेरफेर भएको छ ।

संगिता मण्डल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, सोनु मुर्मु उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, किरणकुमार शाह कानुनबाट महिला तथा सामाजिक मामिला समितिमा हेरफेर भएको छ ।



कानुन समितिमा रहेका डा. शशांक कोइराला अन्तर्राष्ट्रिय सम्बन्ध समिति, रामहरी खतिवडा काुनन समितिबाट राज्यव्यवस्था समिति, रूपमा सोसी चौधरी कानुनबाट कृषि समिति, अब्दुल खान कृषिबाट उद्योग समिति, विमला सुवेदी कृषिबाट कानुन समिति र योगेश गौचत थकाली शिक्षाबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नाम हेरफेर भएको सभामुख घिमिरलेले जानकारी दिए ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap