नेपालमा हुने एसियाली शारीरिक सुगठन प्रतियोगितामा २५ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने
नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा हुने ५५औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स प्रतियोगिता भदौं १५ गतेबाट काठमाडौंमा हुने भएको छ।
नेपालमा पहिलो पटक अहिले सम्मकै ठुलो रहेको प्रतियोगितामा एसियाली राष्ट्रका २५ मुलुककाले प्रतिस्पर्धामा सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो। दरवारमार्गस्थित याक एण्ड यती होटलमा करिव ३०० खेलाडीहरुले पुरुषतर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन्।
सात दिनसम्म संचालन हुने प्रतियोगिताको पहिलो दिन १५ गते प्रतिस्पर्धी सवै देशका खेलाडी तथा अफिसियलहरु काठमाण्डौ आईपुग्ने र दर्ता कार्य हुनेछ। दोश्रो दिन १६ गते मेनेजर्स मिटिङ्ग, निर्णायक मिटिङ्ग, डोपिङ्ग सेमिनार तथा एसियाली कंग्रेसको आयोजना हुनेछ। यस्तै तेश्रो दिन १७ गते खेलाडीहरुको तौल तथा हाईट मेजरमेन्ट र उमेर सम...









