२०८३ बैशाख २१

Author: Senior Editor Nima

ओलम्पिक पदक तालिकामा चीनको फराकिलो अग्रता, अमेरिकालाई पछ्याउँदै जापान

ओलम्पिक पदक तालिकामा चीनको फराकिलो अग्रता, अमेरिकालाई पछ्याउँदै जापान

खेलकुद
जापानमा जारी ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा एसियाली मुलुक चीनले फरकाकिलो अग्रता कायमै राखेको छ। टोकियोमा जारि ओलम्पिकको १२ औं दिनको खेल सकिँदासम्म कुल २४३ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ६० राष्ट्रले स्वर्ण पदक जितेका छन् । Advertisement बुधबारसम्म पदक तालिकामा चीनले आफ्नो फराकिलो अग्रता कायमै राखेको छ। उसले ३२ स्वर्ण, २२ रजत, १६ कास्यसहित कुल ७० पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्यसहित ७९ पदक जितेको छ। तेस्रो स्थानमा रहेको घरेलु टोली जापानले २१  स्वर्ण, ७ रजत र १२ कास्यसहित  कुल ४० पदक जितेर अमेरिकालाई पछ्याइरहेको छ। १५ स्वर्ण, १८ रजत र  १५ कास्यसहित ४८ पदक जितेर बेलायत चौथो स्थानमा रहँदा समान १५ स्वर्ण, ४ रजत र १७ कास्यसहित कुल ३६ पदकसहित अष...
गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बन्छ: गृहमन्त्री खाण

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बन्छ: गृहमन्त्री खाण

राजनीति
गृहमन्त्री बालकृष्ण खाणले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण सम्पन्न हुने बताएका छन्। Advertisement रूपन्देही-काठमाडौं सम्पर्क समाजसँग बुधबार गृह मन्त्रालयमा खाणले उक्त कुरा बताएका हुन्। ‘गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हामी छिटोभन्दा छिटो निर्माण सम्पन्न गराउँछौं,’ गृहमन्त्री खाणले भने। साथै उनले उद्योगीलाई जलविद्युतलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए। गृहजिल्ला रूपन्देहीमा रहेको नेपाल ग्यास उद्योग, तिलोत्तमा बहुमुखी सहकारी संस्था, सिदार्थ गौतम बुद्ध क्याम्पस, होटेल एभरेस्ट ग्रुप, रिलायन्स फाइन्यान्सलगायतका पदाधिकारीसँग गृहमन्त्रीले छलफल गरेका थिए। खाणलाई गृहमन्त्री भएकोमा उनीहरूले बधाई पनि दिएका छन्। कोरोनाका बेला संघसंस्थाले जिल्लामा गरेका सहयोगप्रति गृहमन्त्री खाणले धन्यबाद दिएका थिए। ...
राष्ट्रपतिका लागि नारायणहिटी ताकेको सरकार किन प्रहरी एकेडेमी हटाउने निर्णयमा?

राष्ट्रपतिका लागि नारायणहिटी ताकेको सरकार किन प्रहरी एकेडेमी हटाउने निर्णयमा?

देश, राजनीति
चार-पाँच वर्षयता राष्ट्रपति कार्यालयले सरकारसँग माग गर्दै आएको छ, शीतल निवासलाई सुविधासम्पन्न बनाइयोस्। नयाँ सरकार गठनपछि राष्ट्रपति कार्यालयबाट आउने यो माग अझ बढेको थियो। यसैलाई सम्बोधन गर्न सरकारले गत जेठ ९ गते एउटा कार्यदल गठन गर्यो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको नेतृत्वमा गठन भएको चार सदस्यीय कार्यदलमा राष्ट्रपति कार्यालयका सचिव, गृहसचिव र भवन विभागका महानिर्देशक थिए। सरकारले उक्त कार्यदललाई राष्ट्रपति कार्यालय शीतल निवासबाट सार्न सकिने उपयुक्त ठाउँ खोज्न निर्देशन दियो।  कार्यदलले प्रमुख विकल्पका रूपमा नारायणहिटी दरबार रोजेको थियो। जहाँ अत्याधुनिक सुविधासम्पन्न कार्यालय, अन्य भौतिक संरचना तथा खुला जमिन थियो। Advertisement यसबीच राष्ट्रपतिको आवागमन र जीवनशैलीमा ‘राजसी ठाँट’ देखिएको जनगु...
झलनाथ खनालले गरे दिल्लीमा मिर्गौला प्रत्यारोपण

झलनाथ खनालले गरे दिल्लीमा मिर्गौला प्रत्यारोपण

राजनीति, स्वास्थ्य
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको छ। Advertisement उनको केही समय अघि दिल्लीको एपोलो अस्पतालमा नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो। बुधबार सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनको सचिवालयले जनाएको छ। ‘अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनु हुनेछ’, उनका स्वकीय सचिव कृष्ण भट्टराईले भने। स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते उनलाई दिल्ली लगिएको थियो। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो। ...
क्यानले ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १९ जनालाई बन्द प्रशिक्षणमा बोलायो

क्यानले ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १९ जनालाई बन्द प्रशिक्षणमा बोलायो

खेलकुद
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग खेल्न १९ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ। ओमानमा हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपालले ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोव, पवन सर्राफ र रोहितकुमार पौडेललाई बन्द प्रशिक्षणमा बोलाएको हो। युवा तीव्र गतिका बलर गुलशन झा पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका हुन्।  Advertisement घोषणा टोलीमा अन्य भने पुरानै नाम छन् । युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले टोलीमा पूनरागमन गरेका छन् । अन्तिम २० सदस्य टोलीमा पारस खड्का पनि नाम छ । तर पारसले ने...
नवराज सिलवालले भने- जबर्जस्ती कुलमान बाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्न खोजिँदैछ

नवराज सिलवालले भने- जबर्जस्ती कुलमान बाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्न खोजिँदैछ

देश, समाचार
नेकपा एमालेका सांसद नवराज सिलवालले नेपाल विद्युत प्राधिकरण कुलमान घिसिङबाहेक अरूले हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको बताएका छन् । Advertisement सिलवालले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। ‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन । तर, जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जबर्जस्त प्रयोग गरिँदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ,’ सिलवालले भनेका छन्। मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तयारी थाल्न निर्देर्शन दिएका थिए। ...
बाढी र पहिरो छिचोल्दै मनाङ र मुस्ताङमा पूर्ण खोप, स्थानीयले यसरी पाए खोप

बाढी र पहिरो छिचोल्दै मनाङ र मुस्ताङमा पूर्ण खोप, स्थानीयले यसरी पाए खोप

समाचार, स्वास्थ्य
भ्याक्सिन लगाएको कार्ड देखाउँदै मनाङका स्थानीयबासी। पहिरोको बाटो काठको भर्‍याङ चढेर छिचोल्दै गरेका युवाले पिँठ्युमा भ्याक्सिन बोकेका छन्।   सदरमुकाम चामेबाट नासों गाउँपालिका जान उनले यस्तो धेरै ठाउँमा यस्तै भर्‍याङ चढ्नुपर्‍यो। काठको फलेक बिच्छ्याएर बनाएको पुल तर्नुपर्‍यो। बाढी र पहिरो जाँदाजाँदै हत्केलामा ज्यान राखेर मनाङका स्वास्थ्यकर्मीले जिल्लाका सबै नागरिकलाई कोरोनाविरूद्धको भ्याक्सिन लगाइदिए। मुस्ताङको छाक्ताङ खोला उर्लिंदा साना न ठूला कुनै पनि सवारी तर्न सक्ने अवस्था थिएन।  Advertisement थासाङ गाउँपालिका–४ लेतेस्थित प्राथकमिक स्वास्थ्य केन्द्र पुगेको खोप लिन टुकुचे र कोवाङका स्वास्थ्यकर्मी पुगे। खोप अभियानको योजना अनुसार असार १ गते बिहान फलामको डण्डीको सहायताले टुकुचे स्वास्थ्य चौकीका अहेब सविन खत्री र कोबाङ स्वास्थ्य चौकीका स्वास्थ्य...
कांग्रेस उपसभापति निधि र इयूका राजदूत डिप्रेबीच भेटघाट

कांग्रेस उपसभापति निधि र इयूका राजदूत डिप्रेबीच भेटघाट

देश, समाचार
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेबीच मंगलबार भेटवार्ता भएको छ। Advertisement उपसभापति निधिलाई भेट्न राजदूत डिप्रे आज निधि निवास नयाँ बानेश्वर पुगेकी थिइन्। उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको उपसभापति निधिको सचिवालयले जानकारी दिएको छ।  राजदूत डिप्रेले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा इयूका तर्फबाट सहयोग गर्ने बताएकी थिइन्। साथै वैकल्पिक ऊर्जा, जलवायु परिवर्तनलगायत विषयमा इयूले गर्न चाहेको सहयोगबारे पनि कुराकानी भएको छ। भेटमा नेपालको विकासमा इयूले गर्दै आएको सहयोगबारे निधिले चर्चा र धन्यबाद दिएका थिए। ...
ओलम्पिकमा चीनको अग्रता कायमै, अमेरिकालाई जापानले पछ्याउँदै

ओलम्पिकमा चीनको अग्रता कायमै, अमेरिकालाई जापानले पछ्याउँदै

खेलकुद
जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' मा एसियाली मुलुक चीनको अग्रता कायमै छ। टोकियोमा जारि ओलम्पिकको दशौँ दिनको खेल सकिँदा कुल २०० स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन्। Advertisement ओलम्पिकको दशौँ दिनसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ। चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो। चीनले २९ स्वर्ण, १७ रजत र १६ कास्यसहित कुल ६२ पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ कास्यसहित कुल ६४ पदक जितेको छ ।   तेस्रो स्थानमा रहेको घरेलु टोली जापानले १७ स्वर्ण, ६ रजत र १० कास्यसहित कुल ३३ पदक जितेको छ। अष्ट्रेलिया १४ स्वर्ण, ४ रजत र १५ कास्यसहित कुल ३३ पदक जितेर चौंथो स्थानमा रहँदा रसियन ओलम्पि...
विवादित ठाउँमा पुरानै क्रियाशीलबाट अधिवेशन गर्न पौडेल पक्षको माग

विवादित ठाउँमा पुरानै क्रियाशीलबाट अधिवेशन गर्न पौडेल पक्षको माग

देश, राजनीति
क्रियाशील सदस्यता विवादित रहेका वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट नयाँ अधिवेशन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग गरेको छ। मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीमा बसेको बैठकले क्रियाशीलबारे देखा परेका विवाद छिटो टुंग्याउन नेतृत्वसँग माग गरेको छ। Advertisement यस्तै समयमै महाधिवेशनको प्रक्रिया थाल्न पनि पौडेल पक्षको माग छ। बैठकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री रामशरण महत र अर्जुननरसिंह केसी र मिनेन्द्र रिजाललगायत नेता उपस्थित थिए। आजको बैठकमा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू पनि सहभागी थिए। बैठकपछि पूर्वसहमहामन्त्री केसीले विवादित ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट नयाँ अधिवेशन गर्नुपर्ने बताए। यस्तै वडालगायत चार तहबाट आएका क्रियाशीललाई मात्रै स...