२०८१ बैशाख २२

ओलम्पिक पदक तालिकामा चीनको फराकिलो अग्रता, अमेरिकालाई पछ्याउँदै जापान

जापानमा जारी ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा एसियाली मुलुक चीनले फरकाकिलो अग्रता कायमै राखेको छ।

टोकियोमा जारि ओलम्पिकको १२ औं दिनको खेल सकिँदासम्म कुल २४३ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ६० राष्ट्रले स्वर्ण पदक जितेका छन् ।


Advertisement


बुधबारसम्म पदक तालिकामा चीनले आफ्नो फराकिलो अग्रता कायमै राखेको छ। उसले ३२ स्वर्ण, २२ रजत, १६ कास्यसहित कुल ७० पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्यसहित ७९ पदक जितेको छ।

तेस्रो स्थानमा रहेको घरेलु टोली जापानले २१  स्वर्ण, ७ रजत र १२ कास्यसहित  कुल ४० पदक जितेर अमेरिकालाई पछ्याइरहेको छ।

१५ स्वर्ण, १८ रजत र  १५ कास्यसहित ४८ पदक जितेर बेलायत चौथो स्थानमा रहँदा समान १५ स्वर्ण, ४ रजत र १७ कास्यसहित कुल ३६ पदकसहित अष्ट्रेलिया पाँचौ स्थानमा झरेको छ।

यस्तै १४ स्वर्ण, २१ रजत र १८ कास्यसहित कुल ५३ पदक जितेको रसियन ओलम्पिक टिम छैठौं स्थानमा छ।

जर्मनी ८ स्वर्ण, ८ रजत र १६ कास्यसहित कुल ३२ पदकसहित सातौं स्थानमा छ।

फ्रान्स, इटाली,  न्युजिल्याण्ड, नेदरल्यान्ड्स र दक्षिण कोरियाले समान ६/६ स्वर्ण हात पारेका छन् ।

यस्तै क्यूवाले ५ स्र्ण जित्दा  हंगेरी, क्यानडा, ब्राजिल,  चेक रिपब्लिकले ४/४ स्वर्ण तथा स्विट्जरल्यान्ड, पोल्याण्ड र क्रोएसियाले ३/३ स्वर्ण पदक हात परेका छन् ।

२ स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, जमैका, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन् ।

त्यस्तै २७ राष्ट्रले १/१ स्वर्ण पटक जितेका छन्।

दक्षिण एसियाली मुलुक भारतले १ रजत २ कास्य पदक जितेको छ। हालसम्म कुल ८५ राष्ट्रले पदक जितेका छन्।

Copy link
Powered by Social Snap