२०८१ जेष्ठ ५

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बन्छ: गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण सम्पन्न हुने बताएका छन्।


Advertisement


रूपन्देही-काठमाडौं सम्पर्क समाजसँग बुधबार गृह मन्त्रालयमा खाणले उक्त कुरा बताएका हुन्।

‘गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हामी छिटोभन्दा छिटो निर्माण सम्पन्न गराउँछौं,’ गृहमन्त्री खाणले भने।

साथै उनले उद्योगीलाई जलविद्युतलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए।

गृहजिल्ला रूपन्देहीमा रहेको नेपाल ग्यास उद्योग, तिलोत्तमा बहुमुखी सहकारी संस्था, सिदार्थ गौतम बुद्ध क्याम्पस, होटेल एभरेस्ट ग्रुप, रिलायन्स फाइन्यान्सलगायतका पदाधिकारीसँग गृहमन्त्रीले छलफल गरेका थिए।

खाणलाई गृहमन्त्री भएकोमा उनीहरूले बधाई पनि दिएका छन्।

कोरोनाका बेला संघसंस्थाले जिल्लामा गरेका सहयोगप्रति गृहमन्त्री खाणले धन्यबाद दिएका थिए।

Copy link
Powered by Social Snap