नेपालले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने
नेपाली राष्ट्रिय फुटबल टिमले आगामी महिना काठमाडौंमा भारतको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
काठमाडौको दशरथ रंगशालामा भदौं १७ र २० गते मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।
Advertisement
गत साउन १५ गते बसेको एन्फा कार्यसमिति बैठकले साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय पुरुष टोलीसंग मैत्रीपूर्ण खेल खेल्नको लागि पत्रचार भईरहेकाले आवश्यकता अनुसार राष्ट्रिय टिमले मैत्रीपूर्ण खेलको आयोजना तथा सहभागी गर्ने निर्णय गरेको थियो।
भारतलाई आमन्त्रण गरेर घरेलु मैदानमा मैत्रीपूर्ण फुटबल खेल्न चाहेको भन्दै एन्फाले सोही अनुसार नेपालले भारतलाईनै नेपालमा बोलाएर मैत्रीपूर्ण फुटबल खेल्न लागिएको बताएको छ।
दुबै टोली साफ...









