


नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेबीच मंगलबार भेटवार्ता भएको छ।
Advertisement



उपसभापति निधिलाई भेट्न राजदूत डिप्रे आज निधि निवास नयाँ बानेश्वर पुगेकी थिइन्। उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको उपसभापति निधिको सचिवालयले जानकारी दिएको छ।

राजदूत डिप्रेले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा इयूका तर्फबाट सहयोग गर्ने बताएकी थिइन्। साथै वैकल्पिक ऊर्जा, जलवायु परिवर्तनलगायत विषयमा इयूले गर्न चाहेको सहयोगबारे पनि कुराकानी भएको छ।
भेटमा नेपालको विकासमा इयूले गर्दै आएको सहयोगबारे निधिले चर्चा र धन्यबाद दिएका थिए।





