२०८३ बैशाख २१

Author: Senior Editor Nima

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिइसकेको छु: प्रधानमन्त्री देउवा

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिइसकेको छु: प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीलाई अत्यावश्यक स्थितिमा उद्धार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएका छन्। Advertisement आफूले आइतबार उक्त निर्देशन दिइसकेको प्रधानमन्त्री देउवाको भनाइ छ। अफगानिस्तानमा रहेका नेपालको स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन गरिसकेको प्रधानमन्त्री देउवाको भनाइ छ। ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,’ प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै भनेका छन्, ‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो l सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछl’ ...
अमेरिकाले ८३ अर्ब डलर खर्चेको अफगान सेना तालिबानसामू कसरी भयो निरीह?

अमेरिकाले ८३ अर्ब डलर खर्चेको अफगान सेना तालिबानसामू कसरी भयो निरीह?

विदेश / एन.आर.एन, समाचार
अहिले संसारभरिको ध्यान अफगानिस्तानमा छ। दक्षिण र मध्य एसिया जोड्ने भूपरिवेष्ठित मुलुक अफगानिस्तानमा मुस्लिम अतिवादी समूह तालिबानले सत्ता कब्जा गरेका छन्। २० वर्षअघि  अमेरिकाले काबुलबाट धपाएका तालिबानहरू अमेरिकी र  नाटो  सैनिकले अफगानिस्तान छोडेपछि फेरि काबुल फर्किन्छन् भन्नेमा कसैलाई द्वुविधा थिएन। अमेरिकी सेना फर्किएको ६ महिनाभित्र राष्ट्रपति असरफ घानीको सरकार ढल्ने धेरै विश्लेषकले बताएका थिए। तालिबानलाई काबुलको राष्ट्रपति कार्यालय छिर्न ६ महिना लागेन न त सबै अमेरिकी सैनिक नै फिर्ता हुनु पर्‍यो। हजारौं अमेरिकी सैनिक काबुलमा तैनाथ हुँदाहुँदै तालिबान लडाकु र कमाण्डर आइतबार साँझ राष्ट्रपति कार्यालयमा छिरे। फोटो खिचे र राष्ट्रपतिको कुर्सीमा बसेर कुरान पढे। तालिबानहरूले राष्ट्रपति कार्यालयमा डेरा जमाउनुअघि नै राष्ट्रपति घानी देश छोडेर हिँडिसकेका थिए।  तालिबानह...
जब तालिबानहरू अफगान राष्ट्रपति कार्यालय छिरे (तस्बिरहरू)

जब तालिबानहरू अफगान राष्ट्रपति कार्यालय छिरे (तस्बिरहरू)

विदेश / एन.आर.एन, समाचार
विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ। झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्।  Advertisement आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका थिए। तर राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा छिरेका हुन्।  तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका थिए। https://twitter.com/ragipsoylu/status/1426980668270055424?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1426980668270055424%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2Fpolitics%2F246247 राष्ट्रपति कार्यालयमा तालिबान लडाकु पसेसँगै अफगानिस्तानमा अमेरिकास...
इपिएल खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढ्यो

इपिएल खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढ्यो

खेलकुद
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढेको छ।  इपिएलले सिजन २०२१ का लागि खेलाडीको तलब बढाउन फ्रेन्चाइज टिमसँग सहमती भएको जनाएको छ।  Advertisement चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ।  प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्। जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन्। चौथो संस्करण विश्वको १५० देशमा प्रत्यक्ष प्रशारण हुनेछ भने लिगमा शाहिद अफ्रिदी, शोयब मलिक, कार्लोस ब्राथवेट जस्ता खेलाडीहरु पनि खेल्ने हुँदा लिगको लोकप्रियता बढ्ने विश्वास आयोजकले लिएको छ।  अफ्रिदी काठमाडौँ किंग्स-११...
भदौ १८ मै वडा अधिवेशन गरेपछि पार्टी वैधानिकतामा प्रश्न उठ्दैन: रामचन्द्र पौडेल

भदौ १८ मै वडा अधिवेशन गरेपछि पार्टी वैधानिकतामा प्रश्न उठ्दैन: रामचन्द्र पौडेल

राजनीति
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ १८ गते वडा अधिवेशन गरेपछि पार्टी वैधानिकताबारे समस्या नआउने बताएका छन्। कांग्रेसले छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने कार्यतालिका ल्याएको छ। Advertisement तर कांग्रेसको विधान र संविधानको व्यवस्थाअनुसार सभापति शेरबहादुर देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ। चार वर्ष नियमित कार्यकाल सकेपछि सभापति देउवाले विधानअनुसार एक वर्ष र संविधानअनुसार थप छ महिना गरी कूल पाँच वर्ष छ महिनाको कार्यकाल पुर्‍याएका थिए, जुन भदौ २३ गते सकिँदैछ। यसअघि वरिष्ठ नेता पौडेलले नै पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आफूपक्षका नेताहरूसँग बैठक गरेपछि भदौ २३ पछि अहिलेको कार्यसमिति नरहने अभिव्यक्ति दिएका थिए। ...
केटीएम सिटीको एन्फा सोरूम दरबारमार्गमा

केटीएम सिटीको एन्फा सोरूम दरबारमार्गमा

खेलकुद
राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक संस्था केटीएम सिटीले एन्फा सोरूम दरबारमार्गमा सञ्चालनमा ल्याएको छ। Advertisement अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्र मान सिंहले आइतबार एक कार्यक्रमका बीच सोरूमको उद्घाटन गरेका हुन्। सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी तथा खेल सामाग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ। पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेन्डरमा केटीएम सिटीले सर्वाधिक रकम बोलकबोल गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टिमको जर्सी र खेल सामाग्रीको आधिकारिक प्रायोजक गर्ने सम्झौता गरेको थियो । सम्झौता पश्चात केटीएम सिटीले पहिलो पटक एन्फा सोरुम सञ्चालनमा ल्याएको हो । उद्घाटन पछि एन्फा अध्यक्ष शेर्पाले केटीएम सिटीसँगको सहकार्यले फुटबलको व्...
स्वतन्त्रता दिवसमा प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षीलाई बधाई

स्वतन्त्रता दिवसमा प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षीलाई बधाई

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन्। Advertisement आइतबार प्रधानमन्त्री देउवाले ट्विटरमार्फत् मोदीलाई बधाई तथा शुभकामना दिएका हुन्। उनले लेखेका छन्,'भारतको ७५ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई बधाई! उत्तरोत्तर प्रगति र समृद्धिको लागि शुभकामना।' On the occasion of the 75th Independence Day of #India, Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India. Best wishes for the continued progress and prosperity. https://twitter.com/SherBDeuba/status/1426793183732588546 तत्कालीन ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको उपलक्ष्य...
कप्तान रूटको शानदार पारिमा इंग्ल्यान्डलाई भारतमाथि २७ रनको अग्रता

कप्तान रूटको शानदार पारिमा इंग्ल्यान्डलाई भारतमाथि २७ रनको अग्रता

खेलकुद
इंग्ल्याण्डका कप्तान जो रूटको उत्कृष्ट ब्याटिङमा भारत विरूद्ध जारी दोस्रो टेस्टको पहिलो इनिंग्समा घरेलु टोलीले २७ रनको अग्रता हाँसिल गरेको छ। ११९/३ को अवस्थाबाट दिनको सुरुवात गरेको इंग्ल्यान्डले तेस्रो दिनको समाप्तिमा थप ७ विकेट गुमाउँदै ३९१ रन बनायो। Advertisement इंग्ल्यान्डको लागि कप्तान जो रूटले करियरको २२ औं टेस्ट शतक बनाउने क्रममा अविजित १८० रन बनाए। ३२१ बल खेलेका उनले १८ चौका प्रहार गरे। यो सँगै उनले टेस्ट क्रिकेटमा ९ हजार रन पुरा गरेका छन्। रूट इंग्ल्यान्डको लागि ९ हजार रन पुरा गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन्। रुट भन्दा बढी इंग्ल्यान्डको लागि एलेस्टर कुकले १२,४७२ रन बनाएका छन्। रूटले चौथो विकेटको लागि जोनी बेयरस्टोसँग १११ रन, पाँचौ विकेटको लागि जोस बटलरसँग ५४ रन तथा छैठौं विकेटको लागि मोईन अलिसँग ५८ रनको साझेदारी गरे। दशौँ विकेटको ला...
कांग्रेसले थप्यो ९ भातृ संघको म्याद, खुलाएन कानुनी आधार

कांग्रेसले थप्यो ९ भातृ संघको म्याद, खुलाएन कानुनी आधार

राजनीति
नेपाली कांग्रेसले ९ वटा भातृ संघहरूको म्याद फेरि थप्ने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भातृ संघहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको छ। म्याद सकिएका भातृ संघसंस्थाको अधिवेशन गराउनुपर्नेमा कांग्रेसले पटकपटक म्याद थप गर्दै आएको छ। Advertisement यसपटक कुन विधान र कानुनअनुसार ती भातृ संघसंस्थाका म्याद थपियो भन्नेबारे कांग्रेस केन्द्रीय समितिको शनिबारको निर्णय मौन छ। नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको म्याद छ महिना थप गरिएको हो। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदावधी सकिएको मितिले भातृ संस्थालाई छ महिना म्याद थप गर्ने निर्णय भएको छ।...
पारसलाई प्रधानमन्त्री देउवाको शुभकामना- जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्

पारसलाई प्रधानमन्त्री देउवाको शुभकामना- जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्

खेलकुद
हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। Advertisement शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले पारसलाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद दिएका छन्। साथ, देउवाले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भनेर पारसलाई शुभकामना समेत दिएका छन्। https://twitter.com/SherBDeuba/status/1426454785067163649?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1426454785067163649%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2Fsports%2Fcricket%2F246118 ...