२०८३ कार्तिक २९

७४ वर्षपछि फर्किएको ब्रेन्टफोर्डद्वारा प्रिमियर लिगमा शानदार सुरूवात, आर्सनल स्तब्ध

आर्सनललाई हराउँदै नव प्रवेशी ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ। 

लिग अन्तर्गत शुक्रबार भएको सिजन २०२१-२२ को पहिलो खेलमा आर्सनललाई प्रिमियर लिगमा ७४ वर्षपछि फर्किएको ब्रेन्टफर्डले आर्सनलमाथि २–० को जित निकाल्दै लिगमा उत्कृष्ट पुनरागमन गरेको हो।


Advertisement


ब्रेन्टफर्डले घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा गोल गर्दै २-० को जित दर्ता गर्‍यो। पहिलो हाफमा ब्रेन्टफर्डले एकपक्षीय रुपमा दबाब कायम गरेको थियो । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि आर्सनलले पहिलो खेलको हार टार्न सकेन। 

खेलको २२ औं मिनेटमा सर्जी कानोसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

दोस्रो हाफको ७३ औं मिनेटमा क्रिस्टियन नोर्गार्डले गोल गर्दै क्लबको अग्रता दोब्बर पारे। 

घरेलु मैदान ब्रेन्टफोर्ड सामुदायिक रंगशालामा भएको खेलमा ब्रेन्टफोर्डले बलियो टिममाथि शानदार जित निकालेर प्रिमियर लिग यात्रा थालेको हो ।

कोरोना संक्रमणपछि पहिलो पटक पूर्ण क्षमतामा दर्शक प्रवेश गर्न दिइएको खेलमा घरेलु समर्थकले खेलको वातावरण नै फरक बनाएका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap