२०८२ मंसिर २४

कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता

कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राबीच शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।


Advertisement


प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।


यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ।

Copy link