


हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
Advertisement



शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्।
भेटमा प्रधानमन्त्री देउवाले पारसलाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद दिएका छन्।

साथ, देउवाले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भनेर पारसलाई शुभकामना समेत दिएका छन्।





