२०८१ बैशाख ८

सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक सुरू

काठमाडौँ — सत्तारुढ गठबन्धनको बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारै ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठकअघि सत्तारुढ दलहरूका तर्फबाट साझा धारणा बनाउने विषयमा छलफल गर्न गठबन्धनको बैठक बसेको हो ।


Advertisement


बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित छन् ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केही ढिला भएपछि नेपाल प्रधानमन्त्रीलाई भेटेर अर्को बैठकका लागि बाहिरिएका हुन् ।

सरकारका क्रियाकलाप, संसद् सुचारू गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । तर, बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने सहभागी नहुने जनाइसकेको छ । सर्वदलीय बैठक बालुवाटारमै ४ बजेपछि बस्दैछ । नेकपा एमालेको निरन्तरको अवरोधका कारण स‌ंसद चल्न सकेको छैन ।

Copy link
Powered by Social Snap