खेलाडी बिदाइमा मन्त्रीले भने– क्यानको निर्णय सबैले मान्नुपर्छ
काठमाडौं । अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजका लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
Advertisement
नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत पदाधिकारीले बिदाइ गरे । त्यसक्रममा मन्त्री गहतराजले खेलाडीलाई दबाबविहीन भएर खेल्न आग्रह गरे ।
उनले सरकारले नेपाली क्रिकेटलाई चिन्दा क्यानलाई चिन्ने भएकाले क्यानको निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे । पछिल्लोपटक क्रिकेटमा देखिएको विवादलाई आफूहरू नै मिलेर समाधान गर्ने र त्यसमा खेलाडीले ध्यान नदिन उनले आग्रह गरे ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लिग–२ मा अझै ...









