२०८३ बैशाख २५

Author: Senior Editor Nima

निर्मला पन्तको बलात्कारी र हत्यारालाई पक्राउ गरेरै छाड्छौं : प्रधानमन्त्री

निर्मला पन्तको बलात्कारी र हत्यारालाई पक्राउ गरेरै छाड्छौं : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । Advertisement चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने बताएका छन् । बलात्कार जस्तो अपराधीलाई क्षमा दिन नसकिने भन्दै उनले ढिलो चाँडो अपराधीलाई कानूनी कठघरमा उभ्भाइने उल्लेख गरे । प्रधानमन्त्री देउवाले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको बताए ।संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्मा...
रुपन्देहीका नगर उपप्रमुखको साझा प्रतिबद्धता : महिलालाई आयमा जोड्छौँ

रुपन्देहीका नगर उपप्रमुखको साझा प्रतिबद्धता : महिलालाई आयमा जोड्छौँ

राजनीति
बुटवल । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा रुपन्देहीका सबै नगरमा महिला उपप्रमुख विजयी भएका छन् । रुपन्देहीमा १ उपमहानगरसहित ६ नगरपालिका छन् । रुपन्देहीको एकमात्र उपमहानगर बुटवलमा साबित्रादेवी अर्याल उपप्रमुखमा विजयी भएकी छिन् । तीन नगरपालिकामा उपमेयर दोहोरिएका छन् । तिलोत्तमा, देबदह र सैनामैना नगरपालिकामा अघिल्लो स्थानीय तहमा उपप्रमुख जितेका नै दोहोरिएका छन् । तिलोत्तमामा जागेश्वरीदेवी चौधरी, देबदहमा विद्यालक्ष्मी गुरुङ र सैनामैनामा बिना राना विजयी भएकी छन् । यस्तै सिद्धार्थनगर नगरपालिकामा उमा अधिकारी र लुम्बिनी सांस्कृतिक नगरपालिकामा कल्पना हरिजन विजयी भएकी छन् । Advertisement उनीहरूले निर्वाचित भएसँगै महिलाहरूको क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने प्रतिक्रिया दिएका छन् । प्रमुख वा उपप्रमुखमा महिला उठाउनुपर्ने ब्यवस्था कार्यान्वयन नभए पनि आफूहर...
मुख्यमन्त्री राई र एमाले संसदीय दलका नेता आचार्यबीच सदनमा चर्काचर्की

मुख्यमन्त्री राई र एमाले संसदीय दलका नेता आचार्यबीच सदनमा चर्काचर्की

राजनीति
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सदनमा शुभकामना दिने बेलामै आलोचना गर्नुभन्दा यसलाई सच्याउन पर्ने बताएका छन् । एमालेका संसदीय दलका नेता भीम आचार्यले सरकारले कामै गर्न नसकेको भन्दै निकै आलोचना र टिकाटिप्पणी गरेपछि जवाफमा मुख्यमन्त्री पनि खरो ढंगमा सदनमा प्रस्तुत भए । एक समय नेकपा एमालेमा छँदा दुवै नेता एउटै समूहमा थिए । अहिले राई नेकपा एसतिर लागेर कांग्रेससँग गठबन्धन गरी मुख्यमन्त्री बनेका छन् ।  Advertisement प्रदेश नं एकको दशौँ तथा बजेट अधिवेशन सोमबार शुरु भएको छ । राईले हिजो एमाले नेतृत्वको सरकारले गरेका गलत कामको कारण आर्थिक समस्या निम्तिएको सुनाए । भने, पहिले शुरु भएका बहुवर्षीय आयोजनामा बजेट सुनिश्चित गरिदिएका छौँ । सदनमा आलोचना गर्नै परे बरु कार्यविधि नै बनाउनुपर्ने भन्दै राईले राजनीतिक दलकै कमजोरीका कारण बालेनहरू उदाए...
बालेन र सुनीताले लिए नेपाल भाषामा शपथ

बालेन र सुनीताले लिए नेपाल भाषामा शपथ

राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले दुई भाषामा शपथ लिएका छन् । सोमबार शपथ ग्रहण गर्दै बालेनले नेपाली र नेपाल दुबै भाषामा सपथ लिएका हुन् ।  Advertisement सोमबार राष्ट्रियसभा गृहमा निर्वाचन अधिकृतले नवनिर्वाचित मेयर बालेनलाई शपथ ग्रहण गराएका हुन् । बालेनलगायत नवनिर्वाचित उपमेयर सुनीता डंगोलले पनि नेपाल भाषामा सपथ लिएकी हुन् । उनलाई नवनिर्वाचित मेयर बालेनले शपथ ग्रहण गराएका हुन् ।  सोमबार बिहान राष्ट्रियसभा गृहमा काठमाडौंका मेयर, उपेयमरदेखि सबै वडा अध्यक्ष र सदस्यहरुले शपथ ग्रहण लिएका छन् । उनीहरुले आजै कार्यभार सम्हाल्ने तयारी गरिरहेका छन् । ...
कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने मेयरको घोषणा

कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने मेयरको घोषणा

खेलकुद
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र आफ्नो नगरलाई खेलकुद नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।  Advertisement १५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रूपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे ।  “कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निकै ठूलो रहने गर्छ । विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,” मेयर कार्कीले भने, “खेलकुद कुनै पनि समाजको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि महत्वपूर्ण माध्यम हो । हामीले पनि खेलकुदको माध्यमबाट सुसंस्कृत कागेश्वरी मनोहरा बनाउने अभियान थालेका छौँ ।” मेयर कार्कीले संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नगरभरी नै...
तारा एयरको बेपत्ता जहाज खोजी कार्य आजलाई स्थगित, भोलि बिहानैबाट फेरि खोजी सुरु गरिने 

तारा एयरको बेपत्ता जहाज खोजी कार्य आजलाई स्थगित, भोलि बिहानैबाट फेरि खोजी सुरु गरिने 

देश, समाचार
काठमाडौं । पोखराबाट जोमसोमतर्फ जाँदै गर्दा अवतरणको तीन मिनेट अघि बेपत्ता भएको जहाज बेलुकासम्म पनि फेला नपरेपछि भोलि बिहानसम्मका लागि खोजी कार्य स्थगित गरिएको छ । Advertisement नेपाली सेनाका प्रवक्ता रथी नारायण सिलवालले दिएको जानकारीअनुसार तारा एयरको बेपत्ता जहाज खोजीमा जुटेको टोली अहिले जहाँ पुगेका छ त्यहीँ रहनेछ । बिहानबाट मात्रै खोजी पुनः सुरु गर्नेछ । “खोजी कार्य आजका लागि रोकेका छौँ । भोलि बिहानबाट सुरु गर्नेछौँ,” उनले भनेका छन्, “टोली जहाँ पुगेको छ त्यहीँ रोकिनेछ ।” बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको जहाज अहिलेसम्म फेला पर्न सकेको छैन । मुस्ताङको मानापाथी हिमालको फेदीमा जहाज भेटिएको स्थानीयले बताएको भन्दै नेपाली सेनाको ६५ जनाको टोली पैदलै त्यसतर्फ प्रस्थान गरेको छ ।  बाटोमा रहेको नेपाली सेनाको टोली आज त्यहीँ रहनेछ...
बाबुराम भट्टराईले वृद्धभत्ता नलिने 

बाबुराम भट्टराईले वृद्धभत्ता नलिने 

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन् । Advertisement आज ससंद्मा अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै उनले ६८ वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गरिएकोप्रति असन्तुष्टि जनाए । “म पनि ६८ वर्ष पुग्दै छु । घटाउन आवश्यक थिएन । सामाजिक सुरक्षाभन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनुपर्थ्यो,” उनले भने, “यो पुरानै ढंगले आयो । वृद्धभत्ता मैले पनि पाउने भएँ । जनतामा बोझ थोपर्न चाहन्नँ । म नलिने घोषणा गर्न चाहन्छु ।” ...
तारा एयरको सम्पर्कविहीन जहाज खोज्न गृहमन्त्रीको निर्देशन

तारा एयरको सम्पर्कविहीन जहाज खोज्न गृहमन्त्रीको निर्देशन

राजनीति
कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। Advertisement कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तीव्रता दिन गृहमन्त्रीले निर्देशन दिएका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहिन बनेको थियो। लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी उनले बताए। मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको ...
नेशनल प्याब्सनको पुर्ब प्राथमिक शिक्षक तालिम सम्पन्न

नेशनल प्याब्सनको पुर्ब प्राथमिक शिक्षक तालिम सम्पन्न

शिक्षा
नेशनल प्याब्सन काठमाडौ जिल्ला समिति तालिम बिभागबाट पुर्ब प्राथमिक तहको शिक्षक तालिम आयोजना भयो । उक्त कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डब हमालको प्रमुख आतिथ्यतामा ग्यालेक्सी पब्लिक स्कुलको सभाहलमा आयोजना भयो। Advertisement नेपालको राजधानी काठमाडौको ७० बिध्यालयका २५७ जना शिक्षकहरुको सहभागितामा स्मार्ट माईण्डका प्रमुख परशुराम एस निरौलाले एक्काइसौं शताब्दीमा कक्षा कोठामा बिध्यार्थीहरुको रुचिलाई सम्बोधन हुने किसिमको प्रभाबकारी शिक्षण सिकाई बिधि केन्द्रित तालिम प्रदान गर्नुभयो । ५ पाँच घण्टा सम्म संचालन भएको तालिमका २५७ जना शिक्षकहरुलाई समापन समारोहका प्रमुख अतिथि नेशनल प्याब्सन केन्द्रिय समितिका सह अध्यक्ष सुबास न्यौपानेले प्रमाण पत्र बितरण गर्नुभयो । तालिम बिभाग प्रमुख तथा नेशनल प्याब्सन काठमाण्डौका उपाध्यक्ष होम बहादुर ( मनोज)...
मन्त्रिपरिषद्बाट बजेट पारित

मन्त्रिपरिषद्बाट बजेट पारित

राजनीति
काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट पारित गरेको छ ।  Advertisement आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले जानकारी दिए । आज संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट प्रस्तुत गरिँदै छ । अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् । बैठकले अर्थमन्त्री शर्मालाई बजेट प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको छ । ...