२०८३ बैशाख २५

Author: Senior Editor Nima

कान्तिपुर हाफ म्याराथन जेठ तेस्रो साता

कान्तिपुर हाफ म्याराथन जेठ तेस्रो साता

खेलकुद
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सले आयोजना गर्ने कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करण जेठ २१ गते हुने भएको छ ।  म्याराथनमा यसपटक ४ हजार धावकले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा तीन विधामा धावकले प्रतिस्पर्धा गर्नेछन् । २१.१ किलोमिटरको हाफ म्याराथन, ५ किलोमिटरको कर्पोरेट म्याराथन र ह्विलचियर गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ ।  हाफ म्याराथनको महिला र पुरुष स्पर्धाका विजेताले १ लाख रुपैयाँ पुरस्कार जित्नेछन् । उपविजेताले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौँथो हुनेले २० हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । Advertisement कान्तिपुर पब्लिकेसन्सले पहिलो सात संस्करण आफ्नो वार्षिकोत्सवको दिन फागुन ७ गते आयोजना गर्दै आएको थियो । तर, आठौँ संस...
बालेन साह परिवर्तनको संकेत हो, रेशम चौधरी अपराधी होइनन् : महतो

बालेन साह परिवर्तनको संकेत हो, रेशम चौधरी अपराधी होइनन् : महतो

राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले काठमाडौंका जनताले परिवर्तन चाहेर बालेन शाह लाई जिताएको बताएका छन् ।  Advertisement शुक्रबार संसद्मा नीति तथा कार्यक्रममा बोल्दै उनले बालेनको जित अरू केही नभएर परिवर्तनको संकेत भएको जिकिर गरे । उनले पार्टीका पूर्व सहकर्मी रेशम चौधरीलाई पनि जनताले अपराधी होइन भन्दा भन्दै सरकारले जेलमा राखेको र अहिले टिकापुरका र कैलालीका जनताले मतदान गरेर उनको पार्टीलाई जिताएको बताए ।  “पापको घडा भरिसकेको छ । त्यो नेपालमा फुटिसकेको छ । परिवर्तन हुन्छ यो देशमा,” उनले भने,“राष्ट्रिय मुक्ति क्रान्ति हुन्छ यो देशमा । कसैले रोक्न सक्दैन । बेलैमा सद्बुद्धि आओस् ।” ...
बाजुराका प्रजिअसहित दुईजना डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

बाजुराका प्रजिअसहित दुईजना डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

राजनीति
काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको सम्पूर्ण मतदान रद्द गर्ने निर्णय गरेको छ । वैशाख ३० गते भएको मतदानमा बाजुराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरेको भन्दै आयोगले यस्तो निर्णय गरेको हो ।  Advertisement आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दिपक विष्टलाई तीन दिनभित्र जिम्मेवारीबाट हटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।  सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकोले उनीहरूलाई तीन दिनभित्र हटाउन निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ...
फूल रोपेर पदभार ग्रहण, ‘सिम्बोल अफ पोखरा’का लागि दुई लाख

फूल रोपेर पदभार ग्रहण, ‘सिम्बोल अफ पोखरा’का लागि दुई लाख

राजनीति
पोखरा । पोखराका १५औँ नगर प्रमुख धनराज आचार्यले बिहीबार पदभार ग्रहण गरेका छन । पोखरा सभागृहमा सपथ लिएलगत्तै उनले उपप्रमुखसहित वडाध्यक्ष र सदस्यहरू सबैलाई फूल रोप्ने कार्यमा सहभागी हुन आग्रह गरेका थिए । पोखरा वडा नम्बर ७ मा रहेको पुष्पलाल पार्कमा पुगेर माल्यार्पण गरे । पोखराको जिरोकिमीदेखि लेकसाइड सडकखण्डको बुलौदी खोलादेखि हल्लनचोकसम्मको डिभाइरको बिचमा पोखराका १६७ जनप्रतिनिधि नै फूल रोप्न पुगेका थिए । Advertisement पोखरा पर्यटकीय सहर भएकाले फूलैफूलको सहरका रूपमा चिनाउन ‘सिम्बोलिक’ रूपमा फूल रोपिएको उनीहरूले बताएका छन् । “पोखरा विश्वकै सुन्दर सहर हो । फूल भनेको सुन्दरताको प्रतीक हो । म पोखरालाई पोखरालाई फूलैफूलको सहर बनाउँछु,” आचार्यले भने । पोखरालाई हरित सहर बनाउने उनले बताए । तीन निर्णयपदभार ग्रहणलगत्तै प्रमुख आचार्यले तीनवटा निर...
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ मा

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ मा

राजनीति
हेटौँडा । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम जेठ १६ गते प्रस्तुत गर्ने भएको छ । प्रदेश सभा सचिवालय हेटौँडामा आज सम्पन्न कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।  Advertisement जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । त्यही दिन बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने तथा जेठ १७ गते त्यसमाथि छलफल हुने कार्यसूची तय भएको हो । जेठ १८ गते छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने सचिवालयले जनाएको छ । बैठकमा संसद् सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको पाँच अध्य...
राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने

राजनीति
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पेट्रोलियम पदार्थको विकल्पका रूपमा विद्युत्को प्रयोग बढाउन सरकारको ध्यान हुनुपर्ने सुझाव दिइन् । उनले नेपालमा पहिलादेखि सञ्चालनमा आएका उद्योग, कलकारखाना पुनः सञ्चालन गर्नुपर्ने र कृषिजन्य उत्पादनमा वृद्धि गर्नुपर्ने सुझाव दिइन् । Advertisement नेकपा (माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले सरकारको नीति तथा कार्यक्रममा रैथाने, परम्परागत पेसालाई आधुनिकीकरण गर्दै व्यवस्थित गर्न विदेशबाट ल्याइने कच्चापदार्थमा कर छुट दिइनुपर्ने सुझाव दिए । उनले नेपालका परम्परागत स...
नाडाल, जोकोभिच र जोरेभ तेस्रो चरणमा

नाडाल, जोकोभिच र जोरेभ तेस्रो चरणमा

खेलकुद
काठमाडौं । राफेल नाडालले बुधबार राति ग्रान्ड स्लाममा ३००औं जित निकाल्ने क्रममा कोरेन्टिन मौटेटलाई ३–० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाएका छन् । नाडालसँगै विश्व नम्बर एक नोभाक जोकोभिच र एलेक्जेन्डर जेरेभले पनि तेस्रो चरणमा स्थान बनाउन सफल भए । Advertisement सबैभन्दा धेरै २१ ग्रान्डस्लाम उपाधि जितेका नाडालले फ्रेन्च ओपनमा १३ उपाधि जितिसकेका छन् । स्पेनका ३५ वर्षे नाडालले फ्रान्सका २३ वर्षे मौटेटलाई ६–३, ६–१, ६–४ को स्कोरमा हराएका हुन् । नाडी र खुट्टाको चोटका कारण नाडालको तयारीमा असर पुगेको थियो । तर, पहिलो दुई चरणको प्रदर्शन हेर्दा नाडाल १४औं उपाधि जितका लागि बलियो दाबेदार देखिएका छन् । “तयारी राम्रो हुन नसकेकाले यस्तो राम्रो हुन्छ भन्ने लागेको थिएन । तर, राम्रो भइरहेको छ । तथापि, प्रत्येक दिन मलाई स्वास्थ्यको चिन्ता हुन्छ,”...
भीम रावलको प्रश्न– ‘व्याख्यात्मक घोषणा’ के भयो ?

भीम रावलको प्रश्न– ‘व्याख्यात्मक घोषणा’ के भयो ?

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा पारित गर्दा संसद्मा भनिएको ‘व्याख्यात्मक घोषणा’को विषयमा अमेरिकाले लिखित धारणा नदिएसम्म परियोजना अघि नबढाउन माग गरेका छन् । Advertisement बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले व्याख्यात्मक घोषणाको विषयमा अमेरिकाबाट लिखित धारणा नआएको भन्दै संसद्लाई जानकारी गराउनुपर्ने बताए । यस्तै, नेपाल–भारतबीचको ईपीजी प्रतिवेदनका विषयमा गठबन्धन सरकारको धारणा के हो ? भन्दै उनले भारतीय प्रधानमन्त्रीसँग कुरा राख्न किन नसकेको ? भन्दै प्रश्न गरे । सांसद रावलले देश अत्यन्त कमजोर भएको र निर्णय गर्ने अधिकार बाह्य शक्तिलाई दिइएको भन्दै परराष्ट्र नीतिमा प्रश्न उठाए । “अमेरिकी सहायक विदेशमन्त्री जो तिब्बत मामिला हेर्छिन्, उनल...
पृथ्वीसुब्बालाई एमालेकै कार्यकर्ताले भने– अन्तर्घाती होसियार !

पृथ्वीसुब्बालाई एमालेकै कार्यकर्ताले भने– अन्तर्घाती होसियार !

राजनीति
पोखरा । गुट र 'अन्तर्घात'ले अहिले पोखरामा एमालेभित्र खैलाबैला छ । भिडियोदेखि अडियो काण्डसम्ममा कास्कीका केन्द्रीय नेता तथा संगठन विभाग प्रमुख खगराज अधिकारी र प्रचार विभाग प्रमुख तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधरले एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । पोखराको प्रमुखमा दीपक पौडेलले टिकट पाउने भएपछि सार्वजनिक भएको औँठी चोरीको भिडियोदेखि कृष्णबहादुर थापाले टिकट पाएपछि सार्वजनिक भएको अडियो काण्डले पोखराको एमालेमा कसरी गुरुङ र अधिकारीको शक्तिसंघर्ष चलिरहेछ भन्ने प्रष्ट पार्छ । यी दुई नेताहरूकै मनमुटावका कारण पोखराको प्रमुखमा एमालेलाई हराइएको हो भनेर भन्न एमालेकै कार्यकर्ता हिचकिचाउँदैनन् । एमालेभित्रको सांगठिनक अराजकता बढेको छ भनेर स्वयम् एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले स्वीकार गरेका छन् । Advertisement न्यौपानेले भने...
कप्तान सन्दीपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन 

कप्तान सन्दीपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन 

खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ ।  राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी लगायत युवा क्रिकेटरहरू सुनिल धमला, भीम सार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो । यसअघि नै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो । सम्झौतापछि खेलाडीहरूले खेल्ने सबैखाले प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन् ।  Advertisement बुधबार काठमाडौंमा आयोजित कार्यक्रम माझ ज्यापका संस्थापक सीईओ भव्य भारध्वज र क्रिकेटरहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता बापत एक वर्षको लागि ज्यापले अनुबन्धित क्रिकेटरहरूलाई सम्पूर्ण क...