२०८३ बैशाख २५

Author: Senior Editor Nima

सिंहदरबार ताक्दैछन् ‘स्वतन्त्र’ : रञ्जु दर्शनादेखि सुमन सायमीसम्मको तयारी 

सिंहदरबार ताक्दैछन् ‘स्वतन्त्र’ : रञ्जु दर्शनादेखि सुमन सायमीसम्मको तयारी 

राजनीति
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति अहिलेसम्म घोषणा भइसकेको छैन । निर्वाचन आयोग र सत्ता गठबन्धनका दलहरुको तयारी हेर्दा आगामी मंसिरमा चुनाव हुनसक्छ भनेर अनुमान मात्र गर्न सकिन्छ । तर, काठमाडौंमा भने स्वतन्त्रदेखि साना दलका युवाहरुले धमाधम उमेदवारी घोषणा गर्न थालेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् उमेदवारी घोषणा गर्दै चुनावी प्रचारसमेत थालिसकेका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवार बालेन साहको विजयसँगै स्वतन्त्र उमेदवारी दिनेहरुको जोस बढेको छ ।  उमेदवारी घोषणा गर्नेमा स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्ररुपमा मेयरमा उमेदवारी दिएका सुमन सायमी, अघिल्लो स्थानीय तह निर्वाचनमा मेयरमै विवेकशील साझा पार्टीबाट उमेदवारी दिएकी रञ्जु दर्शना, विवेकशीलकै नेता पुकार बमदेखि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुसी यमीसमेत छन...
राष्ट्रियसभामा चार प्रतिवेदन पेस

राष्ट्रियसभामा चार प्रतिवेदन पेस

राजनीति
काठमाडाैं । राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गरेका हुन् ।  राष्ट्रियसभाको अर्को वैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ । ...
इम्बोस्ड नम्बरप्लेटमा ‘अनियमितता’ छानबिनको माग गर्दै अख्तियारमा उजुरी

इम्बोस्ड नम्बरप्लेटमा ‘अनियमितता’ छानबिनको माग गर्दै अख्तियारमा उजुरी

देश, समाचार
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बरप्लेटमा भएको ‘अनियमितता’का विषयमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । बुधबार युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का दिइएको भन्दै अख्तियारमा उजुरी दर्ता गराएको हो । संघले इम्बोस्ड नम्बरप्लेटको अनियमिततामा संलग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरेको छ । यस्तै, इम्बोस्ड नम्बरप्लेटमा देवनागरी लिपिमा नराख्नुको कारण र नागरिकमाथि इम्बोस्ड नम्बर राख्न दिइएको दबाबका विषयमा पनि अख्तियारलाई जानकारी गराएको छ । युवा संघका अध्यक्ष किरण पौडेलले इम्बोस्ड नम्बरप्लेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए । उनले सुरक्षाका लागि इम्बोस्ड नम्बरप्लेट राख्नुपर्ने भए त्यसको भार नागरिकमा थोपर्न नहुने उल्लेख गरे । इम्बोस्ड नम्बरप्...
मधेस प्रदेश सांसदको प्रश्न– पूरा नहुँदै योजना किन अलपत्र पर्छ ?

मधेस प्रदेश सांसदको प्रश्न– पूरा नहुँदै योजना किन अलपत्र पर्छ ?

राजनीति
जनकपुरधाम । मधेस प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल भइरहेको हो । बुधबार सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले सरकारसँग जवाफ माग्दै संशोधन प्रस्ताव दर्ता गराएका छन् । विगतको नीति तथा कार्यक्रममा राखिएको निर्वाचन क्षेत्र कार्यक्रम हटाइएको विषयमा उनले जवाफ मागेका हुन् । “चालु आर्थिक वर्षमा राखिएको निर्वाचन क्षेत्र कार्यक्रम यस वर्ष राखिएको छैन । कुन कारणले राखिएको छैन ?,” उनले भने, “हामी नीति तथा कार्यक्रममा राख्ने गर्छौँ र पूरा नहुँदै बिर्सिँदै जान्छौँ । प्रदेश प्रवेशद्वारको योजना सुरुको वर्षदेखि राख्दै आएका छौँ । तर, अहिलेसम्म हामीले बनाउन सकेनौँ । किन अलपत्र छ ?” ...
कांग्रेस नेता पौडेलको आह्वान– फोहोरलाई अर्थोपार्जन र समृद्धिसँग जोडौँ 

कांग्रेस नेता पौडेलको आह्वान– फोहोरलाई अर्थोपार्जन र समृद्धिसँग जोडौँ 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौंको फोहर व्यवस्थापनमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । घाँटीको समस्याका कारण ‘भ्वाइस रेस्ट’ मा बसेका नेता पौडेलले सामाजिक सञ्चालमार्फत फोहोरले वातावरणीय प्रदूषणमा पार्ने प्रभावबाट कोही पनि मुक्त हुन नसक्ने भन्दै महानगरको फोहोरको समस्या सबैको साझा भएको बताएका हुन् ।  “स्थानीयवासीसँग भएका सम्झौताहरू पालना गर्न र उनीहरूको माग र समस्याहरूको समाधान गर्नुपर्छ,” पौडेलले फेसबुकमा लेखेका छन्– “फोहर व्यावस्थापनमा जसले जहाँबाट जति सकिन्छ सहयोग गरौँ । फोहरको प्रकृति हेरेर वर्गीकरण गरौँ । यो हाम्रा लागि हामीले गर्नुपर्ने काम हो । त्यसैगरी, फोहर व्यावस्थापन स्थलका स्थानीयहरूको माग र समस्याहरूको समाधान गरौँ । उहाँहरूसँगका सम्झौताहरू पालना गरौँ ।”  नेता पौडेलले फोहोर माथिको राजनीति र अर्थशास्त्र प...
एक गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन

एक गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन

राजनीति
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचित भएका एक गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न निर्देशन दिएको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोगसहितका निकायलाई पत्र लेखेर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला उनीहरू जनप्रतिनिधिमा चुनिएको भन्दै स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न भनेको छ ।  कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्याय, मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी, अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावल र नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारी अख्तियारको निलम्बनमा परेका छन् । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन रहेको अख...
काठमाडौंको कार्यपालिका निर्वाचन : कांग्रेस, एकीकृत समाजवादी र माओवादीका उमेदवार विजयी

काठमाडौंको कार्यपालिका निर्वाचन : कांग्रेस, एकीकृत समाजवादी र माओवादीका उमेदवार विजयी

राजनीति
काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । आज राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट नगरकार्यपालिकाको महिला सदस्य पदमा कांग्रेसका उमेदवारहरू मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा (एकीकृ समाजवादी)की मैयाँलक्ष्मी महर्जन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।  उनीहरूले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गरिन् ।  यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट कांग्रेका बिनोद अछामी र महेश नेपाली तथा माओवादी केन्द्रका अनिता कार्की ढोली निर्वाचित भए । उनीहरूले क्रमशः ९८, ९७ र ९५ मत प्राप्त गरे । निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान गरिएको थियो । गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौं महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको न...
वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठक सम्पन्न

वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठक सम्पन्न

राजनीति
काठमाडौं । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ मा व्यवस्था भएको पुनरावलोकन समितिको रिक्त रहेको सदस्य पदमा काभ्रेकी सम्झना हुमागाईंको नाम सिफारिस गरेको छ । आज बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले स्थानीय तहबाट कार्यान्वयन भएका आयोजनाका बाँकी दायित्व व्यवस्थापन गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । त्यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश स्वास्थ्य सेवा नियमावली संशोधन, प्रदेश व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी नियमावली संशोधनलगायत निर्णय गरेको छ । ...
स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा पेस हुने 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा पेस हुने 

समाचार, स्वास्थ्य
काठमाडौं । सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।  आज बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । योसँगै औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेस हुने भएको छ ।  त्यस्तै, मानव अंग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश २०७९ पनि स्वीकृत गर्ने आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।  ...
पार्टीभित्रकै ‘चिप्लेकिरा’ले बदनाम गरे : पर्यटन मन्त्री आले

पार्टीभित्रकै ‘चिप्लेकिरा’ले बदनाम गरे : पर्यटन मन्त्री आले

राजनीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री आलेले  पार्टीभित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाए । उनले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरुलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे । मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तर्वार्ता दिइरहेकोप्रति आपत्ति जनाए । मन्त्री आलेले आफू मन्त्री रहुन्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । मन्त्री आलेले भने, “मैले मेरो पार्टीको आदरणीय ने...