२०८३ बैशाख १७

Author: Senior Editor Nima

माओवादीको विशेष रुपान्तरण अभियान आजदेखि सुरु हुँदै

माओवादीको विशेष रुपान्तरण अभियान आजदेखि सुरु हुँदै

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दै छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्ने माओवादीले जनाएको छ । मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ । गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।   अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प...
अमेरिकी सिनेटर होलेन काठमाडौंमा

अमेरिकी सिनेटर होलेन काठमाडौंमा

देश, समाचार
अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन्। अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य-सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रबार नेपाल आइपुगेका हुन्। काठमाडौंस्थित अमेरिकी राजदूतावासले भ्रमणका क्रममा सिनेटर होलेनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जानकारी दिएको छ। ...
माओवादीले भन्यो- कम्तीमा २५ लाख मतदातासँग अन्तर्क्रिया गर्नेछौं

माओवादीले भन्यो- कम्तीमा २५ लाख मतदातासँग अन्तर्क्रिया गर्नेछौं

राजनीति
जनतासँग माओवादी विशेष रूपान्तरण कार्यक्रममा २५ लाख मतदातासँग अन्तर्क्रिया गर्ने नेकपा माओवादीले जनाएको छ। घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नारासहित शनिबारदेखि सुरू हुने अभियानमा माओवादीका अध्यक्षदेखि साधारण सदस्यसम्म जनताको घर दैलोमा खटिनेछन्। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासम्म पुग्ने बताए। २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीले २८ लाख मत पाएको थियो। तिनै मतदाताहरूलाई लक्षित गरेर अभियानमा खटिने माओवादीले जनाएको छ। यस्तै, अभियानमा माओवादी नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरूले कम्तीमा एक/एक वटा उत्पादन र उद्धमसँग सम्बन्धित कार्यक्रम पनि सञ्चालन गर्नेछन्। तीन चरणमा सञ्चालन हुने अभियानमा बैठक,भेला, प्रशिक्षण, तालिम तथा जनप्रदर्शन र जनसंघर्षका कार्यक्रमहरू हु...
प्रधानमन्त्रीले चीन भ्रमणका बेला चुच्चे नक्साबारे कुरा उठाउने

प्रधानमन्त्रीले चीन भ्रमणका बेला चुच्चे नक्साबारे कुरा उठाउने

देश, राजनीति, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चीनले जारी गरेको नयाँ नक्साबारे चीन भ्रमणकै बेला कुरा उठाउने भएका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा उठाउने बताए। उनले यस विषयलाई कूटनीतिक पहलबाटै टुंगो लगाउनुपर्ने जानकारी पनि दिए। ‘पहिलो कुरा त चीनले जारी गरेको नक्साको सन्दर्भमा किन त्यस्तो हुन गयो, किन विचार पुर्याइएन? त्यति महत्वपूर्ण विषयलाई त्यहाँ समेटिएन। यसको बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ,’ सापकोटाले भने, ‘चीनसँग कुरा गरिसकेपछि कूटनीतिक पहलकदमी बढाउनुपर्छ भन्ने कुरा पनि छ। प्रधानमन्ती चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा हुन्छ।’ गत मंगलबार चीनले आफ्नो देशको नक्सा सार्वजनिक गरेको थियो। उक्त नयाँ नक्सामा नेपालले २०७७ जेठ महिनामा जा...
चीनले नक्सामा नेपालको भूभाग भारतमा देखाएकोबारे बोल्यो परराष्ट्र मन्त्रालय

चीनले नक्सामा नेपालको भूभाग भारतमा देखाएकोबारे बोल्यो परराष्ट्र मन्त्रालय

देश, समाचार
चीनले हालै सार्वजनिक गरेको नक्साबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। गत अगष्ट २८ मा चीनले नेपालको भूभाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।  सो विषयबारे प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ- सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ। यसका साथै मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ। ...
सन्देश सभामा समाजवादी मोर्चाका नेताहरूले दिएका आ–आफ्ना सन्देश 

सन्देश सभामा समाजवादी मोर्चाका नेताहरूले दिएका आ–आफ्ना सन्देश 

राजनीति
सरकारमा आबद्ध तीन दल र सकार बाहिर रहेको विप्लव नेतृत्वको नेकपा मिलेर बनेको समाजवादी मोर्चाले देशव्यापी सन्देश सभा गरिरहेको छ। सन्देश सभामा मोर्चामा आबद्ध शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन्। उनीहरूका सम्बोधनले मोर्चाका साझा धारणाबाहेक अन्य धेरै विषयमा पनि संकेत गरिरहेका छन्।  मोर्चाले शुक्रबार पोखरामा सन्देश सभा आयोजना गरेको थियो। सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का आफ्नै सन्देश थिए। प्रचण्डका जस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि आ–आफ्नो सन्देश दिए। मोर्चा आबद्ध जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएनन्। उनका ठाउँमा सोही पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाले सम्बोधन गरे। मोर्चाले बनाएका साझा अवधारणाका विषयमा उनीहरूका धारणा...
रोशन सापकोटा भए राप्रपानिकट पानस बेलायत अध्यक्ष

रोशन सापकोटा भए राप्रपानिकट पानस बेलायत अध्यक्ष

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रवासी नेपाली एकता समाज (पानस) को बेलायत अध्यक्ष रोशन सापकोटा चयन भएका छन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार पानस अध्यक्षमा सर्वसम्मत रूपमा सापकोटा चयन भएका हुन्। पानसको उपाध्यक्षमा उपाध्यक्षमा सोनाम शेर्पा र शर्मिला लामा तथा महासचिवमा रमेश शाही ठकुरी चयन भएका छन्। सचिवमा गीता गिरी, संगठन विभागमा डेबिड थापा र भुपाल कार्की, प्राविधिकतर्फ राकेश शाह चयन भएका छन्। सदस्यमा रामप्रवेश यादव, मिठुलाल बिक, सुरेन्द्र बम, शैलेश श्रेष्ठ, दीपक खड्का, कुमार गुरुङ र सुरज श्रेष्ठ चयन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। साथै भेलाले एक के श्रेष्ठ, मीरा राणा, नन्दकुमारी गुरुङ र प्रेमबहादुर गुरुङलाई सल्लाहकार चयन गरेको छ। ...
जलवायु परिवर्तनका असरको क्षतिपूर्ति लिन सबैले पहल गरौं: मन्त्री महतो

जलवायु परिवर्तनका असरको क्षतिपूर्ति लिन सबैले पहल गरौं: मन्त्री महतो

राजनीति
वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनले पुर्‍याएको असरको क्षतिपूर्ति लिन सबैले पहल गर्नुपर्ने बताएका छन्। आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै र नेपाल सरकारले जलवायु परिवर्तनबाट मुलुकमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्ने उनले बताए। नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथै संस्थाले शुक्रबार काठमाडौंमा गरेको जलवायुसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री महतोले भने, ‘कोप २८ मा धेरै उपलब्धि हासिल गर्न सकिने गरी सरकारले तयारी गरिरहेको छ।’ उनले नेपालका हिमालमा जलवायु परिवर्तनले पुर्‍याएका असरबारे पनि कोप २८ मा जानकारी गराइने बताए। जलवायु परिवर्तनको मुख्य जोखिममा महिला र बालबालिका बढी प्रभावित रहेको पाइएको उनको भनाइ छ। कार्यक्रममा यूएन वुमन नेपालका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज्ले नेपाल सरकारले समावेशीताका लागि चाल...
रास्वपा सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सभापति लामिछाने र राजदूत श्रीवास्तवबीच भेटघाट भएको रास्वपाले जनाएको छ। भेटघाटको क्रममा: रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानु पर्ने विषय सभापति लामिछानेले राखेको रास्वपाले जनाएको छ। भेटवार्तामा रास्वपाका महामन्त्री डा. मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र सांसद मनिष झालगायत पनि थिए। ...
कार्यकर्तालाई माधव नेपालको निर्देशन : एकीकृत समाजवादीलाई बलियो बनाउनू

कार्यकर्तालाई माधव नेपालको निर्देशन : एकीकृत समाजवादीलाई बलियो बनाउनू

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए । पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन उनको आग्रह थियो । एकीकृत समाजवादी माओवादीमा विलय हुने प्रचार भएको भन्दै उनले मन मिल्ने पार्टीहरुका बीचमा एकता गर्न समाजवादी मोर्चाभित्र रोक नलगाइएको बताए । संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आवद्ध पार्टीका सबैलाई उनले आग्रह गरे । आपसमा खुट्टा नतानी काम गर्न निर्देशन दिँदै उनले काम गर्न सके काम गर्न र काम गर्न नसके बाटो छोड्न पनि आग्रह गरे । “राम्रा मान्छेलाई अगाडि बढाउने कुरामा हामी कुनै सम...