२०८३ बैशाख १७

Author: Senior Editor Nima

सभामुखको प्रश्न : संसदीय समितिका निर्देशन सरकार किन मान्दैन ?

सभामुखको प्रश्न : संसदीय समितिका निर्देशन सरकार किन मान्दैन ?

राजनीति
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशनहरु सरकारले प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको भन्दै प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्ने बताए । उनले सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ? भन्दै प्रश्न गरे । संसद् जनताप्रति उत्तरदायी हुन जरुरी रहेको भन्दै उनले जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी रहेको बताए । विधायिका संस्थामा सांसदहरुले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने पनि उनले बताए । सभामुख घिमिरेले देश समृद्ध बनाउन र राष्ट्रको उन्नति गर्न सांसद र संसद् क्रियाशील बन्नुपर्ने बताए । देशको पछौटेपन अन्त्य गर्न आर्थिक रुपमा सबल बन्नुपर्ने बताउँदै उनले संसद्लाई सोझै जनताप्रति उत्तरदायी संस्था बनाउन अझै न...
हेटौँडा–काठमाडौं सडक पुससम्म निर्माण हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा–काठमाडौं सडक पुससम्म निर्माण हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

राजनीति
हेटौँडा । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताएका छन् । हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने उनले दाबी गरे । प्रदेश राजधानी र सङ्घीय राजधानी काठमाडौंसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकखण्ड पहिरोको उच्च जोखिममा छ । जसका कारण सामान्य वर्षामा समेत पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । मुख्यमन्त्री जम्मकट्टेलले निर्माणमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए । उनले समयमा नै काम सम्पन्न गराउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरिसकिएको बताए । ...
एमसीसीका नाममा देशको स्वाभिमान र स्वतन्त्रताविरुद्ध कुनै सर्तहरू मान्य हुँदैन : झलनाथ खनाल

एमसीसीका नाममा देशको स्वाभिमान र स्वतन्त्रताविरुद्ध कुनै सर्तहरू मान्य हुँदैन : झलनाथ खनाल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसीका नाममा राष्ट्रहित विपरीतको कुनै पनि सर्तहरू मान्य नहुने बताएका छन् । शुक्रबार विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा खनालले खुल्लारूपमा अमेरिकाले गर्ने सहयोग लिन कुनै समस्या नहुने तर एमसीसीका नाममा देशको स्वाभिमान र स्वतन्त्रताविरुद्ध कुनै सर्तहरू मान्य नहुने बताएका हुन् । उनले एमसीसी सम्झौतामा दर्जनौ असमान सर्तहरू रहेको जिकीर गरे । एमसीसीको व्याख्यात्मक घोषणा दलहरूको लाज ढाक्ने ठाँउ मात्रै रहेको र यसको कुनै कानुनी हैसियत नरहेको उनको भनाइ छ । त्यस्तै, खनालले अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रबिन्दु चीन घेर्ने भएकाले त्यसका लागि नेपाललाई आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाएको तर्क गरे । ...
नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छ : सभामुख घिमिरे

नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छ : सभामुख घिमिरे

राजनीति
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरूको सूचीमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताएका छन् । नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसै अनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको पनि बताए । शुक्रबार ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लागिगुँरास फूलको बिरुवा रोपेपछि उनले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भएपनि त्यसलाई अगाडि बढाउनेगरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताए । उनले भने, "संसारको सुन्दर मुलुकहरूमा सबभन्दा अगाडि नेपाल हुनसक्छ । तर, त्यही ढंगको अध्ययन गर्ने, हेर्ने, विश्लेषण गर्ने भइरहेको छैन । अहिले महालक्ष्मी नगरपालिकाले यो क्षेत्रलाई एउटा पर्यटनको हिसाबले आकर्षक क्षेत्रको रूपमा विकास गर्ने जे सुरुवात गरेको छ । यो राष्ट्रकै हितको लागि, र...
माधव नेपाल निर्दोष सावित भए, अब प्रश्न उठाउने ठाउँ रहेन : प्रधानमन्त्री

माधव नेपाल निर्दोष सावित भए, अब प्रश्न उठाउने ठाउँ रहेन : प्रधानमन्त्री

राजनीति
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निर्दोष रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले शुक्रबार पोखरामा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै माधव नेपाललाई सीआईबीले निर्दोष सावित गरेको बताए । “माधवजीको बारेमा पनि धेरै प्रश्नहरू उठे, के हो ? कसो हो ? भनिराखे,” प्रचण्डले भने, “पहिलोचोटि अहिले उहाँ निर्दोष हो भन्ने सावित भयो ।” निर्दोष सावित भइसकेपछि अब प्रश्न उठाउने ठाउँ नै नरहेको उनले बताए । नेपाल निर्दोष सावित भएपछि आफ्नो पनि टेन्सन हटेको प्रचण्डले बताए । “औपचारिक ढंगले सावित भयो, अब प्रश्न उठाउने ठाउँ रहेन । किनभने सीआईबीले अन्ततः के हो के हो भनेर बयान त लियो । बयान लिएर निर्दोष सावित गरेर मुद्दा चलाउन नपर्ने भनेर लि...
विद्युत् विधेयक छिट्टै संसद्‌मा पेस हुन्छ : ऊर्जामन्त्री बस्नेत

विद्युत् विधेयक छिट्टै संसद्‌मा पेस हुन्छ : ऊर्जामन्त्री बस्नेत

राजनीति
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक छिट्टै संसद्‌मा पेस गर्ने बताएका छन् । मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसद्‌मा पेस हुने बताएका हुन् । ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसद्‌मा पेस गर्न लागेको मन्त्री बस्नेतको भनाइ थियो । उनले सो विधेयक चालु संसद् अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । त्यसका लागि सांसदहरूसँग औपचारिक/अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए । उनले भने, "पार्लियामेण्टमा हामी दर्ता गर्दैछौँ । क्याविनेटले पार्लियामेण्टमा दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टै अब हामी विद्युत्...
कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबारलाई सारियो

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबारलाई सारियो

देश, राजनीति, समाचार
काठमाडौं । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार (भदौ १७ गते)लाई सारिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आज इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आइतबारको लागि सारिएको हो । शुक्रबार कोसी सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको थियो । रिटको प्रारम्भिक सुनुवाइको बेला आफूले धारणा राखिसकेको बताउँदै न्यायाधीश खतिवडाले शुक्रबार सुनुवाइ गर्न अस्वीकार गरेका थिए । ...
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उद्घाटन भोलि बिहान ९ बजे

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उद्घाटन भोलि बिहान ९ बजे

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को शनिबार उद्घाटन हुने भएको छ । माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानको उद्घाटन भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरिने बताए । भर्चुअल माध्यमबाट अभियानको उद्घाटन हुनेछ । उद्घाटनपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चन्द्रागिरि नगरपालिका-२ मा पुग्नेछन् । दिउँसो १ बजे उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । रुपान्तरण अभियान तीन चरणमा चलाइने छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, दोस्रो चरणमा अन्तरक्रिया, तेस्रोमा खुल्ला सभा र जनसभा हुने सापकोटाले जानकारी दिए ।अभियानका क्रममा सबै जनतालाई भेटिने जानकारी दिए । “अन्तर हृदयदेखि नै जनतालाई सम्मान गर्नेछौँ,” उनले भने , “हाम्रो तागत भनेको जनता हो । जनतामा जानु...
राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते न्युयोर्क जाँदै प्रधानमन्त्री प्रचण्ड 

राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते न्युयोर्क जाँदै प्रधानमन्त्री प्रचण्ड 

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने भएका छन् ।  राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।  राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्नेछन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ६ गतेबाट सुरु हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।  एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपत...
कोसी प्रदेश सरकारविरुद्धको रिट खतिवडा र माथेमाको इजलासमा

कोसी प्रदेश सरकारविरुद्धको रिट खतिवडा र माथेमाको इजलासमा

देश, राजनीति, समाचार
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको छ । यही भदौ ६ गते नेकपा (एमाले) कोसी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ । नेपाली कांगेस संसदीय दलका नेता उद्धवकुमार थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो । सोही दिन ईश्वरप्रसाद खतिवडाको इजलासले आजका लागि पेसी तोकेको थियो । रिटलाई अग्राधिकार प्रदान गरिएको छ । आज पनि खतिवडासहितको इजलासमा रिट परेको हो । ...