२०८३ कार्तिक ३०

प्रधानमन्त्रीले चीन भ्रमणका बेला चुच्चे नक्साबारे कुरा उठाउने




प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनले जारी गरेको नयाँ नक्साबारे चीन भ्रमणकै बेला कुरा उठाउने भएका छन्।


Advertisement


शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा उठाउने बताए।

उनले यस विषयलाई कूटनीतिक पहलबाटै टुंगो लगाउनुपर्ने जानकारी पनि दिए।



‘पहिलो कुरा त चीनले जारी गरेको नक्साको सन्दर्भमा किन त्यस्तो हुन गयो, किन विचार पुर्याइएन? त्यति महत्वपूर्ण विषयलाई त्यहाँ समेटिएन। यसको बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ,’ सापकोटाले भने, ‘चीनसँग कुरा गरिसकेपछि कूटनीतिक पहलकदमी बढाउनुपर्छ भन्ने कुरा पनि छ। प्रधानमन्ती चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा हुन्छ।’

गत मंगलबार चीनले आफ्नो देशको नक्सा सार्वजनिक गरेको थियो। उक्त नयाँ नक्सामा नेपालले २०७७ जेठ महिनामा जारी गरेको चुच्चे नक्सा समेटिएको छैन।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जानै लाग्दा चीन सरकारबाट जारी भएको नक्सामा नेपालको नयाँ नक्सा नभएपछि त्यसबारे कुरा उठाउनुपर्ने माग जनस्तरबाट उठेको छ। यद्यपि सरकार भने यो विषयमा अहिलेसम्म मौन छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap