सत्ता समीकरणको लागि लूम्बिनी प्रदेशमा काँग्रेसले बनायो कार्यदल
बुटवल । सर्वोच्च अदालतले सत्तासीन ‘नेकपा’लाई पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्काइ दिएपछि प्रदेशमा हलचल सुरु भएको छ । अदालतको निर्णयले एमाले र माओवादी बन्नुपर्ने अवस्था आएपछि एमाले नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत दिनुपर्ने भएको छ ।
सरकारमा सम्मिलित माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार पोखरेललाई जोगाउन तीन आवश्यक छ । योसँगै लुम्बिनी प्रदेशमा सत्ता समीकरणको खेल सुरु भएको छ । लुम्बिनी प्रदेशको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सत्ता समीकरण लगायतका विषयमा अरु दलसँग छलफल गर्न आज कार्यदल गठन गरेको छ ।
काँग्रेस प्रदेश सभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो । फागुन २३ गते आएको नेकपा सम्बन्धी निर्णयबाट उत्पन्न परिस्थितिबारे दलहरूसँग छलफल गर्न कार्यदल बनाइएको नेपाली काँग्रेसका लु...









